5 Poush, 2071 |
Menu

राजनीति

सरकारले बिनासर्त बोलाए वार्तामा बस्छौं : वैद्य

  • आइतबार ३० असार, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं- नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले असन्तुष्ट दललाई सरकारले बिनासर्त वार्तामा बोलाउनुपर्ने बताएका छन्। लेखक तथा नेकपा–माओवादीका वैकल्पिक केन्द्रीय सदस्य कर्णजित बुढाथोकीद्वारा लिखित 'नाटक नै यथार्थमा बदलियो' नामक कृतिको विमोचन गर्दै अध्यक्ष वैद्यले आफ्नो पार्टीले वार्ताका लागि वार्ता टोली गठन गरेको लामो समयसम्म पनि सरकार र चार शक्तिले वार्तामा नबोलाएको गुनासो गरे।
उनले भने, “पछिल्लो पटक सरकार र चार दल लचिलो भए जस्तो गरेपछि वार्ता टोली गठन गरियो तर अहिले सरकार र ती दल वार्ताप्रति गम्भीर देखिएका छैनन्।” साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले पुस्तकले इतिहास, क्रान्ति र साहित्यको सुन्दर संश्लेषणसँगै कर्णालीप्रदेशका क्रान्तिकारी र महान् जनसमुदायको दस वर्षको जनयुद्धको क्रान्तिकारी जीवनलाई प्रतिनिधित्व गरेको जानकारी दिए। लेखक बुढाथोकीले पुस्तकमा जनयुद्धका अविस्मरणीय क्षणलाई समेटिएको बताए।

राप्रपा नेपालको मेची–महाकाली १० दिने रथयात्रा पुस ९ बाट

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले निर्धारित समयमा संविधान जारी गर्न तथा नयाँ संविधानमा हिन्दू राष्ट्र सुनिश्चित गर्न १० दिने मेची–महाकाली सङ्कल्प रथयात्रा चलाउने भएको छ।

१९ दलीय गठबन्धनको निष्कर्ष : अग्रगामी संविधानका लागि लचक

काठमाडौं- एमाओवादी नेतृत्वको १९ दलीय संघीय लोकतान्त्रिक गठबन्धनले तोकिएको मितिमा अग्रगामी संविधान जारी गर्न लचकताकासाथ प्रस्तुत हुने निर्णय गरेको छ। शनिबार एमाओवादी संसदीय दलको कार्यलयमा बसेको मोर्चाको बैठकले संविधानसभाबाट संविधान...

सहमतिमा संविधान जारी गर्न माघ ८ नै चाहिँदैन : भट्टराई

भक्तपुर- संवैधानिक-राजनीतिक संवाद समितिका सभापति एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सहमतिमा संविधान जारी गर्न माघ ८ कै मिति हुनुपर्छ भन्ने नभएको बताएका छन्।

एमाले पर्वतको अध्यक्षमा पदम गिरी

एमाले पर्वतको अध्यक्षमा पदम गिरी

पर्वत- नेकपा(एमाले) पर्वतको अध्यक्षमा केपी शर्मा ओली पक्षीय युवा नेता पदम गिरी निर्वाचित भएका छन्। माधवकुमार नेपाल पक्षका राजु पौडेललाई २७ मतले पछि पार्दै गिरी विजयी भएका हुन्। आज बिहान...

‘नेपालमा धर्मबारे जर्मनीले वकालत गर्दैन'

काठमाडौं-नेपालका लागि जर्मनीका राजदूत माथियास मायरले धर्मपरिवर्तनका पक्षमा जर्मनी वकालत नगर्ने बताएका छन्। धार्मिक स्वतन्त्रताका पक्षमा जर्मनी रहे पनि उनले आफ्नो देश धर्म परिवर्तनको प्रावधान हुनुपर्छ भन्ने पक्षमा नरहेको स्पष्ट...

सत्यनिरुपण ऐन संशोधन गर्न विज्ञको सुझाव

काठमाडौं-सत्यनिरुपण तथा बेपत्ता छानबिन र मेलमिलाप आयोगसम्बन्धी ऐन अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको फैसला र विद्यमान अन्तरिम संविधानको व्यवस्थासँग मेल नखाने भन्दै विज्ञहरुले संशोधन हुनुपर्ने राय दिएका छन्।

प्रधानमन्त्री कोइराला र सत्यार्थीबीच भेट

काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले नोबेल शान्ति पुरस्कार विजेता भारतीय सामाजिक अभियान्ता कैलाश सत्यर्थीसंगको साक्षात्कारबाट आफूलाई ठूलो प्रेरणा मिलेको बताएका छन्। यस वर्षको नोबेल शान्ति पुरस्कार भारतीय सामाजिक अभियान्ता कैलाश सत्यर्थीसँगको...

गृहमन्त्रीले भने: मदिरा सेवन गरेर राजमार्गमा पैदलयात्रा गर्नेलाई कारवाही गर्नु पर्छ

काठमाडौं–गृहमन्त्री वामदेव गौतमले मदिरा सेवन गरी राजमार्गमा हिँड्नेलाई पनि कारवाही गर्नु पर्ने बताएका छन्। मदिरा सवारी चलाउँदा अधिकांश दुर्घटना हुने गरेको तर्क गर्दै मदिरा बिक्री वितरणलाई कडाइ गर्नुपर्ने गौतमको भनाइ...