Thursday 15 Shrawn, 2071 |
Menu

राजनीति

एकल जातीय रुपमा सङ्घीयतामा जानु घातक हुन्छ : पोखरेल

  • शुक्रबार २१ असार, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
त्रिशूली- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले निर्वाचनमा जानका लागि केही सर्त राखेका दललाई बेवास्ता गर्न नहुने बताएका छन्। सदरमुकाम विदुरमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक सरोकारका विषयमा अडिग र सशस्त्र युद्धमा पनि नगएका राजनीतिक दललाई पाखा लगाएर निर्वाचन गर्न खोज्नु मूर्खता हुने बताए। 

“संसद्को निर्वाचनमा कुनै दलविशेषलाई पाखा लगाइए पनि संविधान सभाको निर्वाचनमा कुनै राजनीतिक दललाई पाखा लगाउन मिल्दैन” महासचिव पोखरेलले भने। 'तिमीहरु नआए नआओ, निर्वाचन हुन्छ भएरै छाड्छ भनेर फुर्ती लगाउनु भनेको संविधान सभा नचाहेको जस्तै हो।”
निर्वाचनमा भाग नलिने दलको मागलाई संबोधन गर्न पुनः अर्को सहमति वा सहमति हेरफेर गर्न सकिने बताउँदै नेता पोखरेलले अबको निर्वाचनमा राजनीतिक दलहरुले निर्वाचन प्रणाली, राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र जनताका मौलिक अधिकार र सामाजिक सद्भावको कार्यसूचीमा दलहरुको स्पष्ट धारणा हुनुपर्ने धारणा राखे। 
नेता पोखरेलले मुलुकका कुनै क्षेत्रमा कुनै एक जातिको बहुमत नभएकाले एकल जातीय रुपमा सङ्घीयतामा जानु घातक हुने बताउँदै जातीय सद्भावमा टिकेको राष्ट्रिय एकतालाई मजबुत बनाउन बहुपहिचानसहितको सङ्घीयतामा जानुपर्नेमा जोड दिए। 
सम्झौताअघि 'विशेष' वार्ता

सम्झौताअघि 'विशेष' वार्ता

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग आसन्न नेपाल भ्रमण क्रममा आधा घन्टा 'वान टु वान' (एक्लाएक्लै) भेटवार्ता गर्ने भएका छन्। दुवै देशका प्रधानमन्त्रीले केही समय एक्लाएक्लै कुराकानी गर्न...

खेलकुदमा मन्त्री–सदस्यसचिव द्वन्द्व

काठमाडौं- युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव युवराज लामाको गाउँ एउटै हो। बारा निजगढ–९ का पौडेल र ८ का लामाको घरबीच दुई सय...

सम्वादमा प्रतिवेदन बनाउन उपसमिति

काठमाडौं- संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिले तत्कालीन विवाद समाधान उपसमितिले गरेका निर्णयमाथि छलफल गरी सहमतिको प्रतिवेदन तयार पार्न उपसमिति गठन गरेको छ।

'व्यापार घाटा घटाउन' भारतसँग ऊर्जा सम्झौता

काठमाडौं- धान्नै नसक्ने व्यापार घाटा कम गर्न भारतस“ग ऊर्जा सम्झौता गरिनुपर्ने परराष्ट्र मामलाका जानकारहरुले बताएका छन्। पूर्व परराष्ट्रमन्त्रीसमेत रहिसकेका विभिन्न दलका नेताहरुले बुधबार राजधानीमा आयोजित साक्षात्कारमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई...

जनता समक्ष अदालत अवहेलना विधेयक

काठमाडौं— सरकारले व्यवस्थापिका संसदमा पेस गरेको अदालतको अवहेलनासम्बन्धी विधेयक जनमत लिन सर्वसाधारण कहाँ पठाएको छ। व्यवस्थापिका संसदको बुधबार बसेको बैठकमा कानुनमन्त्री नरहरि आचार्यले अदालतको अवहेलनासम्बन्धी विधेयकलाई जनताको प्रतिक्रियाका लागि प्रचार...

३ इन्जिनियर सहित ४ जनाविरुद्ध भ्रष्ट्राचार मुद्धा

काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको भन्दै मध्यमान्चल सिँचाई डिभिजन नम्वर ५ भरतपुरका तीन जना इन्जिनियर र एक लेखा अधिकृत गरी चार जनाविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा मुद्धा दायर...

विद्युत् प्राधिकारणको कार्यकारी निर्देशक काफ्लेलाई बनाऊ : सर्वोच्च

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मुकेशराज काफ्लेलाई नियुक्त गर्ने सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ। यसअघिका कार्यकारी निर्देशक अर्जुनबहादुर कार्कीलाई असंवैधानिक ठहर गर्दै काफ्लेलाई नियुक्त गर्न सर्वोच्चले बुधबार परमादेश...

जबर्जस्ती चन्दा माग्दैनौं : दलहरू

भोजपुर– यहाँका क्रियाशिल राजनीतिक दलले जबर्जस्ती चन्दा असुली नगर्ने प्रतिबद्धता जनाएका छन्। सात राजनीतिक दलले बुधबार पत्रकार सम्मेलन गर्दै आफू र मातहतका जनवर्गीय संगठनले जबर्जस्ती चन्दा नमाग्ने बताएका हुन्।