Monday 3 Falgun, 2072 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

सहमति, सहकार्य र संविधानसभा निर्वाचनमा जोड

  • शुक्रबार २१ असार, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं- नेपाली का|ग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक गतिरोधको अन्त्यका लागि सहमति र सहकार्य अति आवश्यक रहेको बताएका छन्। 
आज राजधानीमा जीपी कोइराला अध्ययन केन्द्रले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले आगामी मङ्सिर ४ गते संविधानसभाको निर्वाचन हुन नसके राजनीतिको चाबी लिकबाट बाहिर धकेलिने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरे। उनले संविधान सभाबारे सबै दलभित्र एउटै राय बन्नुपर्ने धारणा राखे।

nepalipatro-nagarik
पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको ९०औं जन्मजयन्तीका अवसरमा आयोजित सो कार्यक्रममा श्री पौडेलले पार्टी हारे पनि देश हार्नुहुन्न भन्ने स्व कोइरालाको विचारलाई अनुशरण गर्नु आजको आवश्यकता रहेको औंल्याए। 
कार्यक्रममा एनेकपा (माओवादी)का महासचिव पोष्टबहादुर बोगटीले स्व कोइराला स्पष्ट दृष्टिकोण राख्‍ने जुझारु नेता भएको धारणा राख्दै आगामी मङ्सिर ४ गते हुन लागेको संविधानसभाको निर्वाचनलाई केन्द्रविन्दुमा राखी अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे। 
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले स्व कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर, अटल र दृढ विश्वासी नेता भएको बताउँदै दलहरुले निषेधको राजनीतिलाई त्याग गर्नुपर्ने बताए। 
नेकपा–माओवादीका सचिव देव गुरुङले स्व कोइराला एक राजनेता भएको धारणा व्यक्त गर्दै यथास्थितिमा संविधानसभाको चुनाव सम्भव नभएको तर दलीय सहमति सकारात्मक बन्दै गएमा आफ्नो पार्टी चुनावमा भाग लिन सक्ने राय व्यक्त गरे। 
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का महासचिव जितेन्द्र देवले स्व कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा रहेको बताए। सो कार्यक्रममा नेपाली कांग्रेस काठमाडौंका सभापति भीमसेनदास प्रधान, अध्ययन केन्द्रका अध्यक्ष र कोषाध्यक्ष क्रमशः एन्जिला न्यौपाने र रामप्रसाद अधिकारीले स्व कोइरालाको जीवनीमाथि आ–आफ्नो धारणा राखेका थिए। 
समारोहमा राजधानीका सरकारी तथा निजी विद्यालयबाट सर्वोत्कृष्ट अङ्क प्राप्त गरी प्रवेशिका परीक्षामा उत्तीर्ण छात्रछात्रालाई अभिनन्दनसमेत गरिएको थियो। 

प्रतिक्रिया

सेनको हत्यामा २ माओवादी कार्यकर्ता पक्राउ

कपिलवस्तु–तरुण दल बाणगंगा नगरपालिकाका सभापति राजेश सेनको हत्याको आरोपमा २ जना नेकपा माओबादी बिप्लव समुहका कार्यकर्ता पक्राउ परेका छन्। घटनाको अनुसन्धानकाक्रममा प्रहरीले माअवादीका टुकलाल पुन र सरखु गडेरियालाई पक्राउ गरेको...

सम्बन्ध सुधारमा प्रधानमन्त्रीको भ्रमण केन्द्रित बनाउन विज्ञकाे जोड

काठमाडौं–परराष्ट्रविद्ले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण दुई मुलुकबीच चिसिएको सम्बन्ध सुधारमै सबैभन्दा बढी केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्।

भ्रष्टाचारकाे अाराेपमा डाक्टर भक्तमान श्रेष्ठ विरुद्ध मुद्दा दायर

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

काँग्रेसको महाधिवेशन उद्घाटन खुलामञ्चमा

काठमाडौँ-नेपाली काँग्रेसको १३औँ महाधिवेशनको उद्घाटन समारोह स्थानीय खुलामञ्च र बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ।

सम्बन्ध सुधार गर्न प्रधानमन्त्रीको भारत भ्रमण : नेपाल

रौतहट- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा सुधार ल्याउने बताएका छन्। रौतहटको चन्द्रनिगाहपुरमा आइतबार बाल निकेतन आवासीय उच्च माविको नवनिर्मित...

सरकारले खबर नगरेपछि कार्यदल बैठक अन्योलमा

काठमाडौं–सरकारी पक्षले खबर नगरेपछि मधेसी मोर्चा अन्योलमा परेको छ। शुक्रबार मधेसी मोर्चासहित बसेको प्रमुख तीन दलको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नै मधेसमा माग सम्बोधन गर्न आइतबार कार्यदलको बैठक बस्ने...

भारत भ्रमण भारत–चीन सम्बन्धको सेतु: नेम्वाङ

इलाम– संविधानसभाका पूर्वअध्यक्ष तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणले छिमेकी राष्ट्र चीन र भारतबीच सेतुको काम गर्नुपर्ने बताएका छन्। भारतपछि प्रधानमन्त्री केपी शर्मा ओलीले...

'हडताल–तालाबन्दी सह्य हुँदैन'

'हडताल–तालाबन्दी सह्य हुँदैन'

धरान- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबैको जायज माग सुन्ने र पूरा गर्ने प्रतिबद्धता जनाउँदै शिक्षण र स्वास्थ्य संस्थामा हुने तालाबन्दी सह्य नहुने बताएका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान...