Friday 6 Bhadra, 2071 |
Menu

राजनीति

बैद्यका सबै माग नाजायज : एमाले उपाध्यक्ष गौतम

  • शुक्रबार २१ असार, २०७०
  • देवेन्द्र बस्नेत
  • DISQUS_COMMENTS
(0 votes)
दाङ - नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले बैद्य नेतृत्वको नेकपा-माओवादीले नाजायज माग तेर्स्याएर देशमा फेरी अराजकता निम्त्याउन खोजेको आरोप लगाएका छन्। संविधानसभा निर्वाचनमा सहभागीताका विषयमा माओवादीले राखेका सबै मागहरु अनुचित भएको उनले दाबी गरे। 'विपक्षीहरुले मुलुकमा अराजकता निम्त्याउन खोजेका छन्,' गौतमले प्रेस क्लवले आज तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा भने, ' फेरि देशलाई पछाडि धकेल्न खोज्नु उग्र बामपन्थको पराकाष्ठ हो।'
चुनावको विपक्षमा रहेको नेकपा-माओवादी सहभागी नभएपनि गौतमले मंसिर ४ गते नै संविधानसभाको दोस्रो निर्वाचन हुने ठोकुवा गरे। चुनावको विरोध गर्नेहरु आफैँ समाप्त भएर जाने समेत उनले जिकिर गरे। 
'यो जनतासामु जाने बेला हो, भाग्ने बेला होइन,' गौतमले भने, बैद्य भागे भने उनी आफैँ समाप्त हुन्छन्।' विश्व चुनावी इतिहासमा २५ प्रतिशत मतदाताले भाग लिएमात्रै चुनाव सफल भएको मानिने उदाहरण दिँदै उनले भने, 'बैद्य वा जो सुकै चुनावमा नआएपनि नेपालमा यसपाली भने ९० प्रतिशत भोट खस्छ।' उनले विपक्षीहरुले अघि सारेका मागहरुलाई संवादबाट टुंग्याउनु पर्नेमा भने जोड दिए।

स्थानीय निकायको निर्वाचन संविधान जारी गर्नुभन्दा पहिले नै गर्नुपर्छ – गृहमन्त्री गौतम

काठमाडौँ-उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले स्थानीय निकायको निर्वाचन संविधान जारी हुनुभन्दा पहिले नै गर्नुपर्ने बताएका छन्।

आइसोलेसन वार्ड बनाउन अस्पताललाई निर्देशन

काठमाडौं-सरकारले इबोला भाइरसको सम्भावित जोखिमको पूर्व तयारी गर्न देशभरका अस्पताललाई सरुवा रोगका बिरामी छुट्टै राखेर उपचार गर्न मिल्ने (आइसोलेसन) सुविधायुक्त वार्डको व्यवस्था गर्न निर्देशन दिएको छ।

‘प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणाली'

काठमाडौं-संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिलाई युवा नेताले प्रतिनिधिसभामा प्रत्यक्ष र राष्ट्रियसभामा समानुपातिक निर्वाचन प्रणाली लागु गर्न सुझाव दिएका छन्।

सातबुँदे ‘नाघेकोमा' ओलीको आपत्ति

काठमाडौं-नेकपा (एमाले ) अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनअघि कांग्रेस–एमालेबीच भएको सातबुँदे सहमतिबाट पछि नहट्न प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन्।

‘राष्ट्रि हितविपरीत सम्झौता हुँदैन'

काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले भारतसँग राष्ट्रिय हितविपरीत कुनै पनि खालको सम्झौता नगरिने बताएका छन्।

एमालेमा पुनःसंरचनाबारे छलफल

काठमाडौं– राज्य पुनःसंरचनासहित संविधानका अन्तर्वस्तुमा धारणा बनाउन नेकपा (एमाले) मा छलफल सुरु भएको छ।

विद्यार्थी संगठन कारण देखाउँदै क्याम्पसप्रमुखको राजीनामा

महेन्द्रनगर– विद्यार्थी संगठनहरूले 'अचाक्ली' गर्न थालेको भन्दै सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस सिद्धनाथ बहुमुखीका प्रमुख मुकुन्द कलौनीले राजीनामा दिएका छन्।

बाढी प्रभावितको सबै जिम्मा सरकारले लिनुपर्छ : ज्ञवाली

दाङ- नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले बाढीबाट प्रभावितहरुको व्यवस्थापनको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने बताएका छन्। देशभरि बाढी पहिरोबाट विपद्मान परेका नागरिकहरुको सहज जीवनयापनको जिम्मा सरकारले लिनुपर्ने ज्ञवालीको भनाइ छ।