Monday 3 Kartik, 2071 |
Menu

राजनीति

माओवादी नेताको हत्याका फरार अभियुक्त पक्राउ

(0 votes)

मिथिलेश यादव
सिरहा- एकीकृत माओबादीका जिल्ला नेताको हत्या गरी फरार अभियुक्तलाई केहीबेर अगाडि प्रहरीले पक्राउ गरेका छन्। पक्राउ पर्ने यही जिल्ला रामपुरवीर्ता–५ का रामकिसुन मण्डल छन्।

एमाओवादीका जिल्ला सदस्य सोही ठाउँका वीन्देश्वर महतोमाथि गोली प्रहार गरेको अभियोगमा सिरहा प्रहरीले मण्डललाई मोस्ट वान्टेड सूचिमा राखी खोजी गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर नरेशराज सुवेदीले बताए। ०६८ वैशाख २३ गत्ते माओवादी नेता महतोलाई मण्डलले गोली प्रहार गरी हत्या गरेको सुवेदीले बताए।
हत्यापछि फरार मण्डल भारतमा लुकिछिपी बस्दै आएको सुवेदीले बताए। भारतबाट बुधबार साँझ घर आएको सूचना पाएपछि बिहीबार साँझ उनको घर घेरा हाली पक्राउ गरिएको सुवेदीले बताए।
मण्डलमाथि ०६८ वैशाख १० गत्ते राति कर्जन्हा–९ का परमेश्वर साहको घरमा डकैती गरेको अभियोग छ। साहको घरमा डकैती गरेको अभियोगमा समेत मण्डललाई प्रहरीले खोजी सूचीमा राखेको सुवेदीले बताए।
मण्डललाई हातहतियार तथा खरखजाना, कर्जब्यज्यान र डाका मुद्दामा कारबाही चलाइने सुवेदीले बताए। उनलाई शुक्रवार म्याद थप गराइने उनले बताए।

अमेरिकामा अवैध प्रवेश : वर्षदिनमा ४४८ नेपाली पक्राउ

काठमाडौं- गैरकानुनी तरिकाले अमेरिका प्रवेश गरेको अभियोगमा पक्राउ पर्ने नेपालीको संख्या ह्वात्तै बढेको छ। युएस डिपार्टमेन्ट फर होमल्यान्ड सेक्युरिटीले सार्वजनिक गरेको अमेरिकी आर्थिक वर्ष (सन् २०१३ अक्टोबर १ देखि २०१४...

मंगलबार-बुधबार 'निर्णायक वार्ता'

काठमाडौं- संविधानका विवादित विषयमा सहमति गर्न संवैधानिक–राजनीतिक संवाद समितिले मंगलबार र बुधबार 'निर्णायक वार्ता' गर्ने भएको छ। संविधानसभाले समितिको म्याद अन्तिम एकपटक थप गरिदिएपछि निर्णायक वार्ता हुने भएको हो।

अदालतको फैसला नटेर्ने पक्राउ पर्न थाले

काठमाडौं-सर्वोच्च अदालतले अन्तिम फैसला बेवास्ता गरेर बसेका अभियुक्तलाई पक्राउ गरी कैद तथा जरिवाना असुल गर्न थालेको छ। फैसला कार्यान्वयन निर्देशनालयले १६ जिल्ला अदालतमा आइतबारबाट विशेष अभियान सञ्चालन गरेर अभियुक्त पक्राउ...

जंगल फाँड्दै भारतीयद्वारा नेपाली भूमि अतिक्रमण

नेपालगन्ज– बाँकेको पूर्वी क्षेत्र खासकुश्मा गाविसअन्तर्गत पर्ने नेपाली भूमिमा भारतीय पक्षले जंगल फाँड्दै धमाधम अतिक्रमण गरिरहेका छन्। नेपाली समुदायको उपस्थिति नहुने 'बडवा' र 'भौरा' नाकाको दुई स्थानमा ४० विघाभन्दा बढी...

चुनाव खर्च नबुझाउनेलाई पाँच सय जरिवाना

नेपालगन्ज– संविधानसभा निर्वाचन भएको एक वर्ष पुग्न लाग्दा पनि अधिकांश उम्मेदवारले खर्च विवरण बुझाउन अटेरी गरेका छन्। बाँकेका चार निर्वाचन क्षेत्रका ३२ उम्मेदवारले खर्च विवरण अझै बुझाएका छैनन्। खर्च नबुझाउनेमध्ये...

जातीय प्रदेश बनाइए आन्दोलनको चेतावनी

काठमाडौं—संयुक्त संघर्ष समिति नेपाल २०७१ ले नयाँ संविधानमा जातीयताको आधारमा प्रदेश बनाइए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ। संयुक्त संघर्ष समितिले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाल १२५...

आर्थिक बर्ष ०७१/०७२ को बजेट पारित

काठमाडौं- संसदले आर्थिक बर्ष ०७१/०७२ को बजेट पारित पारित गरेको छ। संसदले  राष्ट्र ऋण उठाउने विधेयक २००७१ र ऋण तथा जमानत विधेयक २०७१ पारित गर्दै बजेट सम्बन्धि सबै विधेयकहरु आइतबार...

संविधान विवाद फेरि समितिमा

काठमाडौं-संविधानका विवादित विषय फेरि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा नपठाई नहुने बाध्यता संविधानसभालाई पर्ने भएको छ।