Friday 15 Jestha, 2072 |
Menu

राजनीति

चुनाव गर्ने सर्तमा छलफल गर्न तयार छौं : पौडेल

  • बिहीबार २० असार, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं- नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले आगामी मङ्सिर ४ गतेको संविधान सभाको निर्वाचन सम्पन्न गर्ने सर्तमा रहेर अरू सहमतिका कुराहरु खोज्न नेपाली काँग्रेस तयार रहेको बताएका छन्। नेकपा माओवादीको पोखरामा सम्पन्न केन्द्रीय समितिको बैठकले निर्वाचन बहिष्कार गर्ने गरी गरेको निर्णयप्रति लक्षित गर्दै कार्यबाहक सभापति पौडेलले सो धारणा राखेका हुन्।
“यदि उहाँहरु चुनाव, संविधान सभा र जनताको सार्वभौमसत्ता चाहने कुरामा इमान्दार हुनुहुन्छ भने निर्वाचन सम्पन्न गर्ने गरी अरू कुरा के के मिलाउनुपर्छ हामी छलफल गर्न सक्छौँ,” लोकखबर राष्ट्रिय साप्ताहिकको पाँचौँ वार्षिकोत्सवको आज राजधानीमा उद्घाटन गर्दै कार्यवाहक सभापति पौडेलले भने। 
तर कुरामात्रै गरेर अल्मलाउनु हुँदैन भन्दै उनले अब जनतामाथि कुनै पनि प्रकारको दबाब सह्य नहुने बताए। नेकपा-माओवादीको अन्तिम कुरा केहो त्यसबारे छलफल गरेर टुङ्गोमा पुग्ने पक्षमा रहेको र त्यसका लागि सम्पर्कको प्रयास पनि भइरहेको कार्यबाहक उनले बताए। 
“सकेसम्म सहमति कायम गरेर भोट हालेर संविधान बनाउन पाउने नेपाली जनाताको सबैभन्दा ठूलो अधिकारको पक्षमा उहाँहरु हुनुहन्छ कि हुनुहुन्न त्यसको टुङ्गो लगाउन हामी चाहन्छौं, त्यसका लागि उहाँहरुका सानातिना केही कुरा छन् भने हामी सम्बोधन गर्न तयार छौँ,” कार्यबाहक सभापति पौडेलले भने। 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले चुनावको मिति सर्न नसक्ने गरी यसको प्रक्रियामा नरहेका दलहरुसँग छलफल हुन सक्ने बताउँदै शक्तिपृथकीकरण र लोकतन्त्रमाथि आइपरेको चुनौतीको सामाना गर्न पनि निर्वाचनमा जानैपर्ने धारणा व्यक्त गरे। 
अर्का केन्द्रीय सदस्य मिनेन्द्र रिजालले निर्वाचन, संविधान सभा र लोकतन्त्र नचाहनेहरुको काँग्रेस सहयोगी हुनुहुन्न भन्दै मुलुकमा व्याप्त अन्योल र आशङका समाप्त पार्न पनि तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने धारणा राखे।
प्रधानमन्त्री सरसफाइ अभियानमा

प्रधानमन्त्री सरसफाइ अभियानमा

काठमाडौं-प्रधानमन्त्री सुशील कोइराला भूकम्पबाट क्षति भएको विश्व सम्पदा सूचीमा सूचीकृत बसन्तपुर दरबार क्षेत्रमा भइरहेको सरसफाइ अभियानमा सहभागी भएका छन्।

विपतबारे अध्यादेश ल्याइँदै

काठमाडौं-सरकारले प्रधानमन्त्री मातहत रहने गरी दैवीप्रकोप उद्धारका लागि स्थायी संरचना व्यवस्था गर्न विपत व्यवस्थापनसम्बन्धी अध्यादेश तयारी गरेको छ।

विश्व खाद्यको चामलमा कनिकै कनिका

काठमाडौं-भूकम्पपीडित क्षेत्रमा वितरण गर्न विश्व खाद्य संगठनले पठाएको चामलमा कनिकाको मात्रा अत्यधिक पाइएको छ। खानयोग्य चामलमा २५ प्रतिशत कनिका हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड भए पनि काभ्रे र गोरखामा वितरित चामलमा ३२...

सकारको नेतृत्व लिन एमालेको पहल

काठमाडौं– नेकपा एमालेले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठनका लागि पहल सुरु गर्ने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको बैठकले नयाँ बन्ने राष्ट्रिय सहमति सरकारको नेतृत्व दाबी...

क्रियाशील सदस्यता पठाउन कांग्रेसको ताकेता

काठमाडौं-नेपाली कांग्रेसले शुक्रबारसम्म पनि पार्टीको क्रियाशील सदस्यता नपठाउने जिल्लालाई १३औँ महाधिवेशनमा सहभागी हुन नगराउने भएको छ।

नयाँ संविधान निर्माणसँगै पुनःनिर्माण अघि बढाउनुपर्छ : राष्ट्रपति (पूर्ण पाठसहित)

नयाँ संविधान निर्माणसँगै पुनःनिर्माण अघि बढाउनुपर्छ : राष्ट्रपति (पूर्ण पाठसहित)

काठमाडौं- राष्ट्रपति रामवरण यादवले भूकम्पको विपत्तिलाई सामना गर्दै नयाँ संविधान निर्माण र भत्किएका संरचना पुनःनिर्माण सँगसँगै अघि बढाउनुपर्ने बताएका छन्।

जनताको दुःख मेटाउनुस् : देउवा

सिन्धुली- नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले जनताको दुःखमा साथ दिन कार्यकर्तालाई निर्देशन दिएका छन्। नेपाली कांग्रेसको महाभूकम्प विशेष समितिका संयोजक रहेका देउवा भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न सदरमुकाम सिन्धुलीमाढी...

महानगरपालिकामा तामाङ

महानगरपालिकामा तामाङ

काठमाडौं–संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले काठमाडौं महानगरपालिकाको प्रमुखमा रुद्रसिंह तामाङलाई नियुक्त गरेको छ। मन्त्रालयले बिहीबार तामाङलाई महनागरपालिका प्रमुखको जिम्मेवारी दिएको हो।