Wednesday 7 Shrawn, 2071 |
Menu

राजनीति

शंभुशरण राष्ट्रपतिका सल्लाहकार नियुक्त

(0 votes)
काठमाडौं – राष्ट्रपति डा. रामवरण यादवले शंभुशरण प्रसाद कायस्थलाई सल्लाहकारमा नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् उनलाई नियुक्ति गरेको जनाएको छ।
प्रवक्ता हरिकुमार श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै कायस्थललाई अर्थ, विकास र प्रशासनका क्षेत्रमा सुझाव र सल्लाह दिन विशेषज्ञ पदमा नियुक्त गरेको उल्लेख गरेका छन्। बिहीबारदेखि नै लागू हुनेगरी कायस्थलाई नियुक्ती गरिएको हो। कायस्थ पूर्व सचिव हुन्।

दुवै पक्ष 'विन-विन' हुनेगरी जलस्रोतमा सहमति हुनुपर्छः राजदूत राय

काठमाडौं— नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपाल र भारत दुवैको 'विन विन सिच्युएसेन' हुने गरी जलस्रोत मामलामा सहमति हुनुपर्ने बताएका छन्। जलस्रोतका क्षेत्रमा यसरी हुने सम्झौताबाट मात्र दुवै देशले...

कसरी खाए स्वास्थ्यका कर्मचारीले दिनमा १० पटक खाजा?

कसरी खाए स्वास्थ्यका कर्मचारीले दिनमा १० पटक खाजा?

काठमाडौं—टेकु स्थित स्वास्थ्य सेवा विभाग अन्तर्गतका विभिन्न महाशाखाहरुमा भएको भ्रष्ट्राचारबारे अख्तियारले छानविन गरेको छ। छानविनको क्रममा एकै दिनको कार्यक्रममा १० पटकसम्म खाजा खाएको नक्कली बिल पेश गरी भ्रष्ट्राचार गरेको फेला...

बिपी सानो देशको ठूलो नेता – वरिष्ठ नेता देउवा

काठमाडौँ- नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बिपी कोइराला सानो देशको ठूलो नेता भएको बताएका छन्।

चुरे जोगाउन पहल हुनुपर्ने नेपालको भनाइ

रौतहट - नेकपा एमालेका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चुरे क्षेत्रको उत्खननले मधेसको भू-भाग मरुभूमि हुने भन्दै मधेस बचाउन चुरे संरक्षणको लागि ध्यान दिनुपर्ने बताएका छन्।

स्थानीय निर्वाचनका लागि गृहमन्त्रीको सुरक्षा निर्देशन

स्थानीय निर्वाचनका लागि गृहमन्त्रीको सुरक्षा निर्देशन

वीरगन्ज- गृहमन्त्री बामदेव गौतमले सुरक्षा अधिकारीलाई स्थानीय निकायको निर्वाचनका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन्। मध्यमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीलाई मंगलबार सम्बोधन गर्दै गृहमन्त्री गौतमले स्थानीय निकायको चुनाव यसैवर्ष गरिने...

वीपी विचार यात्रा सुरू हुँदै

विराटनगर -  वीपी कोइरालाको ३३ औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेसले सुरु गर्न लागेको ‘वीपी विचार यात्रा’ विराटनगरबाट आज सुरु हुँदैछ। जुट मिलको हड्ताली हाटमा काँग्रेसले आयोजना गरेको सभामा कार्यवाहक...

राजनीतिक सभाबारे कार्ययोजना पारित

काठमाडौं- 'जनयुद्धको जगमा जनविद्रोह' कि 'एकीकृत सशस्त्र क्रान्ति' लाई कार्यदिशा मान्ने भन्ने विषयमा सहमति हुन नसक्दा नेकपा–माओवादीको केन्द्रीय समिति बैठक बिनानिष्कर्ष टुंगिएको छ। पार्टी मुख्यालयमा बसेको तीनसाता लामो केन्द्रीय समिति...

कांग्रेसमा नेतृत्व बहस: पौडेल–देउवा दाबेदार, दोस्रो तहका पनि आकांक्षी

काठमाडौं- कांग्रेस सभापति सुशील कोइरालाको स्वास्थ्यमा समस्या देखिएसँगै पार्टीभित्र नयाँ नेतृत्वको बहस सुरु भएको छ। कोइराला आगामी वर्ष हुने १३ औं महाधिवेशनमा स्वास्थ्यका कारण सभापतिका प्रत्याशी नबन्ने अड्कलसहित नेताहरु उनको...