Tuesday 14 Ashwin, 2071 |
Menu

राजनीति

softworica

'निर्वाचन नसार्ने शर्तमा नेकपा-माओवादीसँग वार्ता हुनसक्छ'

(0 votes)

काठमाडौं - नेपाली कांग्रेसको उपसभापति रामचन्द्र पौडेलले मंसिर ४ गतेको निर्वाचन नसार्ने शर्तमा नेकपा-माओवादीले अघि सारेका मागहरुमा छलफल गर्न सकिने बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले निर्वाचनको कुनै विकल्प नभएको बताए।

'क्रान्तिकारी आवरणमा लोकतन्त्रलाई पछि धकेल्ने काम भइरहेको छ। नेकपा माओवादी निर्वाचन चाहन्छ भने उसले उठाएका जायज मागहरुलाई पूरा गर्न कांग्रेस तत्पर छ,' उनले भने, 'कुरा मात्रै गरेर अल्मल्याउने र जनतालाई धोका दिने काम कसैले गर्न हुँदैन। एकीकृत माओवादी र माओवादीले सबैलाई भ्रममा राखेर जनतालाई धोका दिने काम गरिराखेका छन्।'

वैद्य माओवादीले संवाद जारी राख्ने

काठमाडौं-मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले लिखित सहमति नगरी मिति तोकेर सर्वपक्षीय राजनीतिक सभामा उपस्थिति जनाउने प्रतिबद्धता जाहेर गर्नु गलत भएको स्वीकार गरेको छ।

संविधान बन्न नदिने शक्तिहरु सल्बलाएः ओली

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ ८ भित्र संविधान जारी हुन नदिन विभिन्न शक्तिहरु सल्बलाएको बताउँदै त्यसलाई परास्त गर्न सबैलाई एकजुट हुन आह्वान गरेका छन् ।

प्रस्तावित प्रधान न्यायाधीशले सुन्धारा जग्गाको फैसलामा पक्षपात गरेको आरोप

काठमाडौं—सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश रामकुमारप्रसाद साहलाई प्रधानन्यायाधीशमा नियुक्ति नगर्न माग गर्ने उजुरीकर्ताले संसदीय सुनुवाइ विशेष समितिमा स्पष्टीकरण दिएका छन्।

उपराष्ट्रपति झा ल्हासाबाट फर्के

उपराष्ट्रपति झा ल्हासाबाट फर्के

काठमाडौं—तिब्बतको राजधानी ल्हासामा भएको चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक मेलामा विशेष अतिथिको रुपमा सहभागी भएर उपराष्ट्रपति परमानन्द झा स्वदेश फर्केका छन्।

माघ ८ मा संविधान आउँदैन : भट्टराई

काठमाडौं- संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले माघ ८ भित्र नयाँ संविधान निर्माण हुन नसक्ने बताएका छन्। सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा सभापति भट्टराईले दुई दिनभित्र सहमति भए...

दुगडको पार्टी एमालेमा

दुगडको पार्टी एमालेमा

काठमडौं- उद्योगी मोती दुगडको नेतृत्वमा रहेको नव निर्माण नेपाल पार्टी नेकपा एमालेमा विलय भएको छ। एमाले पार्टी मुख्यालय बल्खुमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार दुगडलाई टीका लगाएर...

वातावरण नबिगार्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्र, लोकतान्त्रिक संविधान निर्माणको राम्रो वातावरण निर्माण भएको बताएका छन्। 

पूर्वाराजासँग मिलेर नयाँ पार्टी खोल्दैछ भन्नेहरुले चंगा उडाएको राम्रो : भट्टराई

काठमाडौं— एमाओवादी नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहसँग मिलेर नयाँ पार्टी खोल्न लागेको भन्ने चर्चालाई 'हल्ला'को संज्ञा दिएका छन्। नयाँ राजनीतिक शक्तिगको वकलात गर्दै आएका भट्टराईले आइतबार...