Monday 6 Ashwin, 2071 |
Menu

राजनीति

softworica

'निर्वाचन क्षेत्रमा धेरै परिवर्तन गर्न आवश्यक छैन'

  • बिहीबार २० असार, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं - कानुन व्यवसायीहरुले यसअघिको निर्वाचन क्षेत्रमा धेरै परिवर्तन गर्न आवश्यक नरहेको सुझाव निर्वाचन क्षेत्र निर्धारण आयोगलाई दिएका छन्। आयोगले आज बानेश्वरमा कानुन व्यवसायीहरुसँग गरेको छलफलमा उनीहरुले अन्तरिम संविधानअनुरुप यसअघिको २०५ निर्वाचन क्षेत्रलाई नचलाई बढेको ३५ क्षेत्रमा पनि थोरै मात्रै परिवर्तन गर्न सुझाव दिएका छन्।
पूर्वमुख्यसचिव एवम् अधिवक्ता तीर्थमान शाक्यले भने, 'अन्तरिम संविधानको धारा ६३, उपधारा ३ अनुरुप यसअघि बढेको ३५ निर्वाचन क्षेत्रमा मात्रै थपघट गर्न सकिन्छ। त्यसबेला २५ जिल्लाका ३५ क्षेत्र थप गरिएकोमा काभ्रेबाहेकका थपिएका जिल्लामा जनसङ्ख्या बढेको देखिएको छ। त्यसैले काभ्रेबाहेकका अन्य जिल्लामा क्षेत्र घटाउन हुँदैन।'

नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले चलाउनै पर्नेबाहेक पहिलेको निर्वाचन क्षेत्रलाईनै यथावत राखेर अगाडि बढ्न सुझाव दिएको जानकारी दिए।

उनले थपिएका ३५ क्षेत्रलाई मात्रै थपघट गर्न सकिने प्रावधान संविधानमा रहेकाले सोहीअनुरुप क्षेत्र निर्धारण गर्दा भूगोल र जनसङ्ख्यालाई बढी चलाउनुपर्ने नदेखिएको भनाइ राखे।

वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, हरिहर दाहाल, सरिताराज भण्डारीलगायत एक दर्जन कानुन व्यवसायी छलफलमा सहभागी थिए।

अस्पतालबाट बाहिरिँदै पूर्वराजाले भने- ठिक भएँ (अपडेट)

काठमाडौं- हृदयघात भएर नर्भिक अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार बिहान डिस्चार्ज भएका छन्। स्वास्थ्यमा सुधार भएकाले उनलाई डिस्चार्ज दिइएको अस्पतालले जनाएको छ।

प्रस्तावित राजदूतहरु संसदीय सुनुवाईमा सर्वसहमतिले पारित

काठमाडौं- संसदीय सुनुवाइ विशेष समितिले राजदूतका लागि सिफारिस गरिएका उम्मेद्वारको नाम सर्वसहमतिले पारित गरेको छ। सुनुवाइ विशेष समितिको आज सिंहदरबारमा बसेक बैठकले तीन नामहरु सर्वसहमतिले पारित गरेको हो।

संसद अवरोधले संविधान निर्माण प्रभावित

काठमाडौं- उच्चस्तरीय राजनीतिक समिति गठनलाई लिएर लगातार व्यवस्थापिका संसद अवरुद्ध हुँदा संविधान निर्माणमा असर परेको छ। 

फेरि तोकियो नेविसंघ महाधिवेशन

काठमाडौं- नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनको मिति छैटौंपटक तोकिएको छ। महामन्त्री प्रकाशमान सिंह नेतृत्वको पार्टी निर्देशक समितिले आइतबार कात्तिक ३० देखि मंसिर २ गतेसम्म महाधिवेशन...

एमालेमा नेपाल-ओली कलह

काठमाडौं- -एमालेको नवौं महाधिवेशन सकिनेबित्तिकै भूमिसुधार मन्त्रालयले जिल्ला–जिल्लामा सुकुम्बासी आयोग गठन गर्योो। नेपाली कांग्रेसले उक्त आयोगमा 'एमालेकरण भएको' आरोप लगायो। तर, कांग्रेसको भन्दा ठूलो विरोध एमालेभित्रै भयो। अध्यक्षमा पराजित माधवकुमार...

राउतलाई थुनामा राख्नुको कारण माग

काठमाडौं– सर्वोच्च अदालतले सिके राउतलाई थुनामा राख्न म्याद थप गर्नुको कारण माग गर्ने आदेश गरेको छ। न्यायाधीशद्वय गिरीशचन्द्र लाल र सुशीला कार्कीको इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा विशेष अदालतलाई समेत विपक्षी...

नर्भिक पुगेर भट्टराईले पूर्वराजा भेटे

काठमाडौं—हृदघात भइ उपचार गराइरहेका पूर्वराजा ज्ञानेन्द्र शाह भेट्न एमावादी बरिष्ठ नेता बाबुराम भट्टराई नर्भिक अस्पताल पुगेका छन्। राजतन्त्र उन्मुलुनका लागि कुनै बेला संघर्ष गरेका भट्टराईले नर्भिक पुगेर पूर्वराजाको शीघ्र स्वास्थ्यलाभको...

कांग्रेस केन्द्रीय कमिटीको बैठक सकियो

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठकले मंसिर मसान्तसम्म सदस्यता नवीकरण गरी केन्द्रमा पठाइसक्नुपर्ने निर्ण गरेको छ। बैठकले नयाँ सदस्यताको नामावली पनि मंसिर मसान्तसम्म केन्द्रमा पठाइसक्नुपर्ने कांग्रेस नेता गगण थापाले बताए।