Thursday 8 Shrawn, 2071 |
Menu

राजनीति

निर्वाचन हुन नदिन ठूलै डिजाइन चलिराखेको छ : प्रचण्ड

  • १ असार, २०७०
  • चाँदनी हमाल
  • DISQUS_COMMENTS
(0 votes)
चितवन - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आउँदो संविधानसभा निर्वाचनमा दुइतिहाई बहुमतले आफ्नो पक्षलाई विजयी गराउन आव्हान गरेका छन्। दाहालसँगै दुई उपाध्यक्ष बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पनि आफ्नो पक्षमा चुनावका लागि बहुमत जुटाउन अपिल गरे।
मंसिरमा संविधानसभाको निर्वाचन घोषणा भएलगत्तै गृहजिल्ला चितवन आएका प्रचण्डले आफूले निर्वाचनमा दुइतिहाई बहुमत ल्याए पाँच वर्षमा नयाँ नेपाल, दश वर्षमा समृद्ध नेपाल अनि बीस वर्षमा समृद्ध जनता बनाउने उद्घोष गरे। 'मंसिर ४ गते संविधानसभाको मिति घोषणा भएको छ हामी उत्साहित छौं,' उनले भने, 'संघीयता, परिवर्तन र लोकतान्त्रिक गणतन्त्रको पक्षमा दुइतिहाई बहुमत आउँछ भन्ने विश्वास लिएको छु।'
आज पूर्वी चितवनको खैरहनीमा आयोजित अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय सम्मेलन उद्घाटनमा सम्बोधन गर्दै उनले सरकारले घोषणा गरेको निर्वाचनको मितिलाई काँग्रेस,एमाले, मधेसी र आफ्नो दल सबैले स्वागत गरेको बताए। संघीय नेपाल निर्माणको मुद्धामा आधारित पक्षको विरुद्धमा बहुमत कसैले रोक्न नसक्ने दाबी उनले गरे। त्यही बहुमतबाटै जनताको संविधान बन्ने ठोकुवा पनि उनले गरे।
'पहिले बन्दुक देखाएर र तर्साएर जनता आफ्नो पक्षमा राखेको भन्ने आरोप उल्लेख गर्दै उनले भने, 'माओवादीको बन्दुक र सेना कन्टेनरमा राखेपछि तीनीहरुलाई देखाउन सकिन्छ भन्नेहरुले त्यतिबेला पनि ८, १० वा २० सिटमात्र ल्याउँछ भन्ने कल्पना गरेका थिए।' तर अझै पनि देशको माहोल आफूहरुकै पक्षमा रहेको उनले बताए। 
एमाओवादीको हेटौंडा महाधिवेशनपछि जनलहर आफूतिरै उर्लिएको उनले ठहर उनको छ। नेपाली जनताको जीवनमा परिवर्तन ल्याउने, उत्साह ल्याउने, आर्थिक समृद्धि गर्ने र समाजवादी क्रान्तिको तयारी गर्ने एजेण्डा निर्वाचनसँगै अघि बढ्ने जानकारी उनले दिए। 
आगामी मंसिरमा निर्वाचन हुन नदिन अझै पनि निकै ठूलो डिजाइन चलिराखेको जिकिर गर्दै उनले जनताको एजेण्डालाई कसैले रोक्न नसक्ने उल्लेख गरे। 'कहीँ न कहीँ प्रतिगामी तत्वहरु, पुनरुत्थानवादी शक्तिहरु संविधान नबनोस र सकेसम्म संविधानसभाको अर्को चुनाव नै नहोस भन्ने चाहन्छन्,' दाहालले भने, 'निर्वाचन नगरी एउटा अराजकस्थिति सृजना होस भन्ने चाहन्छन्।' परिवर्तनको पक्ष कमजोर होस भन्ने चाहना राख्ने र परिवर्तन विरोधी नीति आउने सपनाको तानाबाना बुन्दै रहेकाहरुको जिकिर उनले गरे। जनयुद्ध भनौ या जनआन्दोलन, मधेस आन्दोलन महिला, दलित, जनजाती सबै उत्पीडित वर्गको आन्दोलनको अपेक्षा नयाँ नेपाल भएपनि त्यो अझैपनि धरापमै रहेको उनले बताए। 
कार्यक्रममा बोल्दै उपाध्यक्ष बाबुराम भट्टराईले जनयुद्धपछि अब मनयुद्ध र मतयुद्धको पालो आएको बताए। जनयुद्धमा जुन भूमिका आम नागरिकले निर्वाह गरे त्यो भूमिका अबको संविधानसभाको लागि गर्न पनि उनले अपिल गरे। 'पहिलेको संविधानसभाबाट संविधान बन्न सकेन तर अब जनयुद्धको बलमा मनयुद्ध र मतयुद्धबाट बहुमत ल्याएर संविधान बनाउँछौ। ' अग्रगामी एजेण्डा बोकेको एमाओवादीको पक्षमा जनमत बनाउन उनले शिक्षकहरुसँग आग्रह पनि गरे।
आफूहरुको नौ महिने र १८ महिने शासनकालमा बजेट र नीतिहरुसमेत ल्याउन नदिएको उल्लेख गर्दै भट्टराईले अहिले स्थिति संक्रमणकालमा पाल टाँगेर बसेको बताए। अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अबको चुनाव नेपाली जनताको पक्षमा रहने भन्दै सहयोग गर्न आग्रह गरे। उनले गाउँ घरमा पहुँच भएको शिक्षकको बल र भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। 
कार्यक्रममा प्रवक्ता अग्नी सापकोटा, नेता हितराज पाण्डे, अमिक शेरचन, विद्यार्थी नेता हिमाल शर्मालगायतले पनि चुनावको माहोल बढेको भन्दै आफ्नो पक्षमा मत मागेका थिए।
त्यस्तै विश्वभक्त दुलाल आहुती, हरिवोल गजुरेल कार्यक्रमा सहभागी थिए।
देशभरबाट ११ सय २५ सहभागी शिक्षकहरुको सम्मेलनले नयाँ नेतृत्व सँगै शिक्षा नीति, शैक्षिक आन्दोलन र भावी कार्ययोजनाको बारे महत्वपूर्ण निर्णय गर्ने सम्मेलन संयोजक तुलसीप्रसाद घिमिरेले बताए।

माधव नेपाल - चिनियाँ राजदूत भेट

काठमाडौं – (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत वू चुन्ताईले नेकपा भेटवार्ता गरेका छन् ।

यस्तो छ पाँचवर्षे मानवअधिकार रणनीति

काठमाडौं- सरकारले सशस्त्र द्वन्द्वसँग सम्बन्धित घटनाको सत्य–तथ्य पत्ता लगाउन, दोषीलाई कारबाही तथा पीडितलाई परिपूरणको व्यवस्था गर्न पञ्चवर्षीय मानवअधिकार रणनीति तयार गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको मानवअधिकार इकाइले आर्थिक वर्ष...

‘चुनाव धाँधली' मा सम्बन्धितलाई बोलाउने तयारी

काठमाडौं- संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधली छानबिन गर्न बनेको विशेष समितिले प्राप्त उजुरी अध्ययन गर्दै सम्बन्धित व्यक्तिलाई छलफलका लागि बोलाउने गृहकार्य थालेको छ। ‘चुनाव धाँधली' मा सम्बन्धितलाई बोलाउने तयारी काठमाडौं- संविधानसभा निर्वाचनमा...

एमालेमा किन हारे मधेसी नेता?

एमालेमा किन हारे मधेसी नेता?

काठमाडौं– 'एक मधेस प्रदेश' मुद्दा उठिरहेका बेला नेकपा एमालेको नवौं महाधिवेशनमा भने मधेसी नेताहरू कार्यकर्ताको रोजाइमा पर्न सकेनन्। पार्टी पदाधिकारीका लागि तीन मधेसी नेता चुनावी प्रतिस्पर्धामा उत्रिए पनि कोहीले पनि...

चुरे जोगाउन ‘समुदायमैत्री नीति’

काठमाडौं– चुरे क्षेत्रको संरक्षणबिना तराई–मधेसकै भविष्य नरहने भन्दै तराईका विभिन्न जिल्लाबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासदहरूले स्थानीय समुदायमैत्री नीति बनाएर मात्र संरक्षण कार्य अघि बढाउन सरकारलाई सुझाव दिएका छन्।

अदालत अवहेलना विधेयक संशोधन गरिने

काठमाडौं– सरकारले व्यवस्थापिका संसदमा पेस गरेको अदालत अवहेलना विधयेक त्यहीँ छलफल र संशोधन गरेर मात्र पारित गर्ने तयारी अघि बढाएको छ। पेस भइसकेको विधेयक फिर्ता लिनुभन्दा आएका सुझावमा संसदमै छलफल...

सन् १९५० को सन्धि संशोधन प्रस्ताव लगिँदै

काठमाडौं- नेपालले भारतसँगको द्विपक्षीय बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधनको प्रस्ताव लग्ने भएको छ। पञ्चेश्वर परियोजना र महाकाली सन्धिलाई पनि विशेष रूपमा उठाउने परराष्ट्र मन्त्रालय उच्च स्रोतले...

मोदी साउन १८ गते नेपाल आउने

मोदी साउन १८ गते नेपाल आउने

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउन तेस्रो साता नेपालको दुईदिने राजकीय भ्रमण गर्ने भएका छन्। विगत १७ वर्षमा भारतीय प्रधानमन्त्रीले नेपालको औपचारिक भ्रमण गर्न लागेको यो पहिलोपटक हो।