Friday 16 Magh, 2071 |
Menu

राजनीति

HUB

ताकत भए चुनाव गराऊ, हाम्रो हातमा दही जमेर बसेको छैन : गुरुङ

(0 votes)
काठमाडौं- नेकपा–माओवादीका सचिव देव गुरुङले ताकत भए आफूहरुलाई बाइपास गरेर निर्वाचन गर्न चुनौति दिएका छन्। उनले भने, 'म चुनौति दिन चाहन्छु। ताकत भए सरकारले हामीलाई बाइपास गरेर चुनाव गराए हुन्छ। हामी पनि हातमा दही जमाएर बसेका छैनौं। 



रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै गुरुङले जबरजस्ती फासिवादी ढंगले सरकार एकलौटी ढंगले निर्वाचन गर्न खोजे मुलुक फेरि द्वन्द्वमा फर्कने चेतावनी दिँदै अर्थहीन निर्वाचनविरुद्ध जुनसुकै कदम चाल्नसमेत तयार रहेको बताए। 

'फासिवादी, तानाशाही र विदेशीको आडमा नेपालीलाई दास बनाउन गरिने निर्वाचनको औचित्य छैन,' उनले भने, 'हामी सरकारले घोषणा गरेको मितिमा निर्वाचन हुन दिन्नौं, जनविद्रोह गर्छौं। 
निर्वाचन किन भन्ने उद्देश्य प्रष्ट नभएकाले यो निर्वाचनको कुनै अर्थ नभएको भन्दै दलहरुको सहमति र विधि सम्मत ढंगले अघि बढेमात्रै निर्वाचन हुनसक्ने ठोकुवा गरे। 

उनले भने– अन्तरिम संविधानलाई ध्वस्त बनाएर गरिने निर्वाचनले संविधान बनाउँछ भनेर विश्वास गर्न सकिँदैन। 

उनले १० प्रतिसतमात्रै कायम रहेको अवस्था फेरि पुरानै ढंगको निर्वाचन गर्नुको औचित्य नभएको भन्दै गोलमेच सम्मेलनमार्फत् पूर्ण समानुपातिक प्रणालीबाट एक डेढ सयको संख्यामा मात्रै निर्वाचन गर्नु पर्ने प्रस्ताव गरे। चुनावको मुखमा नागरिक वितरण गरेर नेपालीलाई अल्मतमा पार्ने खेल भएको भन्दै अहिलेको निर्वाचन विदेशीको इशारामा नेपालीलाई अल्पमतमा पार्न गर्न लागिएको दाबी गरे।

बहुमतबाटै लोकतान्त्रिक संविधान : उपप्रधानमन्त्री सिंह

सोलुखुम्बु–उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधान निर्माणका लागि बहुमतीय प्रक्रिया सुरु भैसकेको बताउँदै अब कुनै हालतमा प्रक्रिया नरोकिने बताएका छन्।

गुपचुप दाहाल निवास पुगेका प्रमले भने- 'सहमतिमा आउनुस्'

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सहमतिमा आउन आग्रह गरेका छन्। प्रधानमन्त्री कोइरालाले अध्यक्ष दाहाल निवास लाजिम्पाट गई बाह्र बुँदे समझदारीदेखिको सहयात्रालाई निरन्तरताका लागि सहमतिमा संविधान लेख्नुपर्नेमा जोड...

प्रधानमन्त्रीद्वारा सहिद स्मारकमा पुष्प गुच्छा अर्पण

काठमाडौं- जहाँनिया निरङ्कुश शासन व्यवस्थाको विरोध र प्रजातन्त्र स्थापनाका लागि प्राण आहुति दिने सहिदहरूलाई श्रद्धाञ्जलि दिन आज प्रधानमन्त्री सुशील कोइराला लैनचौरस्थित सहिद स्मारकमा पुगी पुष्प गुच्छा अर्पण गरे।

राष्ट्रपति चैतमा चीन जाने

काठमाडौं- राष्ट्रपति रामवरण यादव र चीनका राष्ट्रपति सी जिनपिङबीच चैतमा पहिलो भेटवार्ता हुने भएको छ। चीनको हाइनान प्रान्तमा आउँदो चैत १२ देखि १५ सम्म हुने बोआओ एसिया फोरमको वार्षिक सम्मेलनमा...

एमाओवादीलाई वार्तामा आउन एमालेको आग्रह

काठमाडौं- नेकपा एमालेले एकीकृत नेकपा माओवादी नेतृत्वको १९ दलीय मोर्चालाई सहमतिको संविधान जारी गर्नका लागि वार्तामा आउन आह्वान गरेको छ। स्थायी कमिटीको बिहीबार सम्पन्न बैठकले प्रश्नावली निर्माण प्रक्रिया प्रारम्भ भए...

सहमति कोइराला र ओलीले भाँडे : दाहाल

काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणमा विषयमा भइसकेको सहमति प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले भाँडेको जिकिर गरेका छन्।

अस्ताए सुवास घिसिङ

अस्ताए सुवास घिसिङ

इलाम- 'आँधीबेहेरी' र 'ज्वालामुखी' रूपी जनताले चाहे 'जस्तोसुकै उलटपुलट हुन सक्ने' बताउँदै जीवनको अधिकतर समय आन्दोलनमा खर्चेका 'गोर्खे नेता' सुवास घिसिङको मृत्यु भएको छ।

कांग्रेसले कोषाध्यक्षलाई प्रशिक्षण दिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका सबै जिल्ला कोषाध्यक्षलाई माघ २७ देखि २९ गतेसम्म प्रशिक्षण दिने भएको छ। प्रतिष्ठानले काभ्रेको धुलिखेलमा बजेट निर्माण र व्यवस्थापन विषयमा कोषाध्यक्षलाई...