Friday 14 Jestha, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

विकासका लागि चुनाव अपरिहार्य : पौडेल

(0 votes)
काठमाडौं- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मुलुकको राजनीतिक सङ्कट निकास र समग्र विकासका लागि निर्वाचननै उपयुक्त माध्यम भएकाले अब सबै मिलेर निर्वाचन सफल पार्नुपर्ने बताएका छन्। 

nepali-patro-may
लावण्य सन्देश साप्ताहिक पत्रिकाको तेस्रो वार्षिकोत्सवका अवसरमा आज काठमाडौंको साँखुमा आयोजित कार्यक्रममा उपसभापति पौडेलले सङ्घीय गणतन्त्रलाई संस्थागत गर्न र राष्ट्रियतालाई बलियो बनाउन पनि घोषित चुनाव सम्पन्न गर्नुको विकल्प नभएको बताए। 
“कहिले संविधान सभा चाहियो भनेर आन्दोलन गर्ने, कहिले संविधान सभाको चुनाव हुन नदिने कुराले मुलुकलाई निकास दिँदैन,” उपसभापति पौडेलले भने। कार्यक्रममा उपसभापति पौडेलले प्रकाशमान सक्वले लेख्नुभएको शङ्खपुरको ऐतिहासिक र सांस्कृतिक सङ्ग्रह कृतिको विमोचन गरे। 
लावण्य सन्देश साप्ताहिकका बजार व्यवस्थापक जयराम श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा पत्रिकाका सम्पादक प्रकाशक पवन श्रेष्ठ, नेपाल प्रेस यूनियनका पूर्व अध्यक्षद्वय कुलचन्द्र वाग्ले र मुरारी शर्मा, महासचिव शिव लम्साल, राप्रपाका केन्द्रीय सदस्य सुमनमेहर श्रेष्ठ र कांग्रेस नेता लोकेश ढकाललगायतका वक्ताले लोकतन्त्रलाई बलियो बनाउन घोषित चुनावलाई सफल बनाउनुपर्ने धारणा राखे।

प्रतिक्रिया

नेपाललाई भारतको आँखाले हेर्दैनौं : अमेरिकी राजदूत

नेपाललाई भारतको आँखाले हेर्दैनौं : अमेरिकी राजदूत

काठमाडौं- 'अमेरिकाले पहिले नेपाललाई स्वतन्त्र आँखाले हेर्थ्यो, विदेशनीति स्वतन्त्र थियो तर भारतसँग रणनीतिक साझेदारीपछि अमेरिकाले नेपाललाई भारतकै आँखाले हेर्न थालेझैं लाग्छ। किन होला?'

मदनका नाममा गुट-राजनीति

काठमाडौं- नेकपा एमाले नुवाकोट जिल्ला कमिटीको गत फागुनमा सम्पन्न अधिवेशनमा अध्यक्ष प्रत्याशी विन्दा ढुंगाना पराजित भइन्। चैतमा मदन भण्डारी फाउन्डेसनको जिल्ला अध्यक्ष छानिइन्।

बसेन मोर्चा बैठक

काठमाडौं- संघीय गठबन्धनका संयोजक उपेन्द्र यादव र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा समयमै राजधानी आइनपुग्दा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बिहीबार बस्न सकेन।

कार्कीले दिएनन् सम्पत्ति विवरण

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफ्नो सम्पत्ति सार्वजनिक गर्न अस्वीकार गरेका छन्।

सरकार बजेट दुरुपयोग गर्दैछ : देउवा

काठमाडौं- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले लोकप्रियता कमाउने नाममा सरकारले बजेट दुरुपयोग गर्न लागेको बताएका छन्। नेपाल प्रेस युनियनको २५ औं स्थापना दिवसको अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस सभापति देउवाले...

देउवा र पाैडेलको नजर भातृ संगठनको महाधिवेशनमा

काठमाडौं–नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रमुख भ्रातृ संगठनको महाधिवेशन आफ्नो पक्षमा पार्न विभिन्न नेताहरुलाई जिम्मेवारी तोकेका छन् ।

माग पूरा नगरे अन्तर्राष्ट्रिय अदालतमा जाने चेतावनी

काठमाडौं–संयुक्त दलित अधिकार मञ्चले दलित अधिकारकालागि नेपाल सरकारले संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय मञ्चमा गरेको लिखित प्रतिबद्धता व्यवहारमा नउतारे अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएको छ।

मर्यादा विपरित काम गरेकाे भन्दै १८ परीक्षार्थी निष्काशित

जुम्ला–जुम्लाको जनता माध्यमिक प्राविधिक विद्यालय महतगाउँमा कक्षा १२ को आशिंक परीक्षा दिँदै गरेका १८ जना पीिरक्षार्थीलाई निष्काशन गरिएको छ। परीक्षाको मर्यादा विपरित क्रियाकलाप गरेको भन्दै उनीहरुलाई निष्काशन गरिएको केन्द्राध्यक्ष हरिकृष्ण...