5 Baishak, 2072 |
Menu

राजनीति

sagoon

एमाओवादीका उच्च नेता एउटै कार्यक्रममा

  • १ असार, २०७०
  • चाँदनी हमाल
  • DISQUS_COMMENTS
(0 votes)
चितवन - एमाओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल सहित तीन शिर्ष नेता आज चितवनको एक कार्यक्रममा सहभागी हुन बउका छन्। आज अध्यक्ष दाहाल सहित उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ चितवन आएका हुन्। अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय सम्मेलनको खैरहनीमा हुने उद्घाटन कार्यक्रममा उनीहरु एकैसाथ सहभागी भएका हुन्।
सम्मेलनका प्रमुख अतिथि दाहाल रहेका छन् भने दुई उपाध्यक्ष विशिष्ट अतिथिका रुपमा कार्यक्रममा सहभागी भएका छन्। सरकारले निर्वाचन मिति घोषणा गरेको भोलिपल्टै दाहालको गृहजिल्ला चितवनमा एकै साथ आएर आफ्ना पक्षमा चुनावको लागि माहोल खडा गर्ने उद्देश्य एमाओवादीले राखेको बताइएको छ। चितवनबाट चुनावमा उमेद्वार नबन्ने सोच राखेका दाहालले अघिल्लो चुनावमा झै आफ्नो पकडबाट चितवनलाई गुमाउन नचाहेको उनी निकट स्रोतहरु बताउँछन्। उद्घाटन सत्र पूर्वी चितवन पर्सा खैरहनीमा भएपनि सम्मेलनको बन्दसत्र भने सौराहामा हुने जनाइएको छ।

सहमति नभए दुईतिहाइबाट संविधान:उपप्रधान मन्त्री गौतम

पोखरा-उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले संविधानका अन्तरवस्तुमा अधिकतम लचक भएर सहमति गर्ने र सहमति हुन नसकेमा दुई तिहाईवाट नयाँ संविधान जारी गर्ने दृढता व्यक्त गरेका छन ।

प्रक्रियाबाटै संविधानः आचार्य

रोल्पा–सत्तारुढ दल काग्रेस एमाले र एकीकृत माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाबीच नयाँ संविधान निर्माण गर्न सहमति र प्रक्रियाको जुहारी चली रहेको बेला संविधानविद् भिमार्जुन आचार्यले प्रक्रियाबाटै संविधान जारी गर्नु...

दाहालकै नेतृत्वका निर्णायक आन्दोलन

धरान–राष्ट्रिय जनमुक्ति पार्टीको तीन दिने ११ औं राष्ट्रिय भेला बैशाख अन्तिम साता चितवनको नारायणगढमा हुने भएको छ।

बहुमतको आधारमा संविधान बनाउन चुनौति

काठमाडौं– एकीकृत माओवादीका प्रवक्ता दीनानाथ शर्माले सत्तापक्षले बहुमतको आधारमा पेलेर गए आन्दोलनको विकल्प नभएको बताएका छन्। उनले बहुमतको बहुमतको आधारमा संविधान बनाउन कांग्रेस एमालेलाई चुनौति दिएका छन्।

प्रधानमन्त्रीसहित १७ सदस्यीय टोली इन्डोनेसिया जादै

बैशाख–प्रधानमन्त्री शुसील कोइराला १७ सदस्यीय प्रतिनिधि टोलिसहित '६०औं एसियन–अफ्रिकन समिट' मा सहभागी हुन सोमबार इन्डोनेसिया प्रस्थान गर्दैछन्। परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे सम्मेलनमा सहभागी हुन शनिबार नै इन्डोनेसिया जादैछन्।

एमालेले सरकार छाड्न सक्ने विद्या भण्डारीको चेतावनी

पोखरा– नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले संविधान निर्माणमा ढिलासुस्ती गरिए एमालेले सरकार छाड्न सक्ने चेतावनी दिएकी छन्।

महतोले पठाए दुई सद्‍भावनालाई एकीकरणको प्रस्ताव

काठमाडौं– राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले अन्य दुई सदभावना पार्टीका अध्यक्षलाई पत्र लेख्दै पार्टी एकीकरणका लागि प्रस्ताव गरेको छ।

प्रधानमन्त्रीद्वारा राष्ट्रिय झन्डा ओढाएर थापाप्रति श्रद्धाञ्जली

काठमाडौं—प्रधानमन्त्री सुशील कोइरालाले आज पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।