Thursday 16 Ashwin, 2071 |
Menu

राजनीति

softworica

असन्तुष्ट दलसँग आफैं वार्ता गर्छु : देउवा

(0 votes)
काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधानसभा निर्वाचन सफल बनाउन असन्तुष्ट दलसँग आफैं वार्ता गर्ने बताएका छन्।

'जनताको निर्णय सर्वोपरि मान्नेले जनताको भोट हाल्ने अधिकार रोक्न हुँदैन। चुनाव भनेको जनताको तागत बढाउने कुरा हो,' भारत भ्रमणबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देउवाले भने, 'जनतालाई मालिक बनाउने निर्वाचन सफल बनाउन वैद्यजी, उपेन्द्र यादवलगायत साना दलसँग म आफैं कुरा गर्छु।'
भारतले नेपालमा प्रजातन्त्रको सुदृढीकरण, स्थिरता र निर्वाचन सम्पन्न भएर संविधान बनोस भन्ने चाहेको उनले बताए। सञ्चारकर्मीसँग भने, 'नेपालमा लोकतन्त्र होस्, चुनाव होस्, स्थिरता आओस् र संविधान बनोस् भन्ने भारत चाहन्छ।' भारतका उच्च नेताहरूसँग भेटेका देउवाले आफ्नो भ्रमण पूर्ण सफल भएको दाबी गरे।
संविधानसभा निर्वाचनका लागि भारत सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको देउवाले जनाए। 'अहिलको चुनावमा भारतबाट लजिस्टिक कुरा जे जे चाहिन्छन्, सहयोग गर्ने वचन प्रधानमन्त्री सिंहले मलाई वचन दिनुभएको छ,' उनले भने, 'भारतीय सरकार नेपाललाई हरप्रकारको मद्दत गर्न चाहन्छ। प्रजातन्त्रको सुदृढीकरण र चुनावपछि नेपालमा स्थिरता होस् भन्ने चाहन्छ।'
संघीयताबारे भारतको कुनै चासो नरहेको देउवाको बुझाइ छ। 'यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ भन्ने कुनै सल्लाह छैन। कस्तो संघीयता बनाउने भनेर भारतसँग भन्ने कुरा होइन यो हाम्रो कुरा हो,' उनले भने। देउवाले काठमाडौं–निजगढ फास्ट ट्रयाक, महाकाली नदीमा बनवासा–महेन्द्रनगर जोड्ने पुल, नेपालमा उत्पादित खाद्यान्नको परीक्षणका लागि प्रयोगशाला स्थापनासहित विषयमा भारतसँग सहयोग मागेको जनाए। 'व्यापार घाटा कम गर्न नेपाली उद्योगमा थप भारतीय लगानी भित्त्याउने विषयमा उद्योगमन्त्रीसँग छलफल गरेको छु,' उनले भने।
राजनीतिक निकासका लागि पार्टीको आन्तरिक एकता पनि महत्त्वपूर्ण रहेको भन्दै देउवाले पार्टीलाई मिलाएर जानुपर्ने बताए। पार्टी सभापतिसँग भारत असन्तुष्ट भई आफूलाई भारत भ्रमणमा नडाकिएको उनले स्पष्ट पारे। 'भारत भ्रमणमा सुशीलजी डेढ वर्षअघि नै गइसक्नुभएको हो। म त पछि पो गएको हो नि,' उनले भने।  
देउवा जेठ २६ गते भारत सरकारको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा निस्केका थिए। भारतमा रहँदा देउवाले कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धी, प्रधानमन्त्री सिंहका साथै उच्च नेताहरूसँग भेटेका थिए। भ्रमणमा टोलीमा कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधि र पत्नी आरजु राणा पनि थिए।
संविधान लेख्न सभासदलाई कलम र डायरी

संविधान लेख्न सभासदलाई कलम र डायरी

म्याग्दी-चुनावको बेला घरघरमा पुगेर राजनीतिक दलहरुले गरेको प्रतिवद्धताअनुसार संविधान लेखनले गति नलिएको भन्दै बिहीबार म्याग्दीमा सभासद्लाई कलम र डायरी उपहार दिइएको छ।

राष्ट्रपति यादवद्वारा शक्तिपीठमा पूजाआराधना

काठमाडौं- महाअष्टमीको अवसरमा राष्ट्रपति डा रामवरण यादव आज बिहान उपत्यकाभित्र रहेका विभिन्न शक्तिपीठहरुमा गई शक्ति स्वरुपा देवी दुर्गाको पूजाआराधना तथा दर्शन गरेका छन्।

नेपालमा अन्तर्राष्ट्रिय समुदायका लागि लगानीको ढोका खुलुको : प्रधानमन्त्री

ब्रसेल्स (बेल्जियम)- प्रधानमन्त्री सुशील कोइरालाले विद्युत विकाससम्बन्धी सरकारको पछिल्लो निर्णयसँगै नेपालमा अर्न्तराष्टिय समुदायका लागि लगानीको ढोका खुलुको भएको बताएका छन्।

प्रधानमन्त्री कोइराला बिहीबार स्वदेश फर्कँदै

ब्रसेल्स (बेल्जियम)- प्रधानमन्त्री सुशील कोइराला भोलि (बिहीबार) अपरान्ह स्वदेश फर्किने भएका छन्। संयुक्त राष्ट्रसङ्घको ६९औं महासभालाई प्रधानमन्त्री कोइरालाले असोज १० गते सम्बोधन गरेका थिए। महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहँदा उनले...

एमाओवादीलाई संयन्त्रको अध्यक्ष दिन सकिँदैन : ओली

विराटनगर- नेकपा एमालेका अध्यक्ष केपी ओलीले दलहरुबीच सहमति नभए दुई तिहाइ बहुमतद्वारा तोकिएको समयमा लोकतान्त्रिक संविधान जारी हुने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले दलहरुबीच सहमतिका लागि अधिकतम...

प्रधानमन्त्री कोइरालाद्वारा विश्वप्रख्यात वाटरलूको भ्रमण

प्रधानमन्त्री कोइरालाद्वारा विश्वप्रख्यात वाटरलूको भ्रमण

ब्रसेल्स (बेल्जियम)- प्रधानमन्त्री सुशील कोइराला विश्व इतिहासको प्रख्यात स्थान वाटरलूको भ्रमण गरेका छन्। विश्व विजयी यात्रामा रहेका फ्रान्सका तत्कालीन शासक नेपोलियन बोनापार्टलाई बेलायत, रसिया, पर्सिया, अष्ट्रिया र नेदरल्यान्ड्ससहितको गठबन्धनमा रहेका...

एमाओवादीले सत्तारुढ दललाई संसद अवरुद्ध पारेर खेलाउने प्रयास गर्दैछ : गौतम

काठमाडौं- कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले अल्पमतमा रहेको पार्टी एमाओवादीले दुई तिहाइ बहुमत रहेका सत्तारुढ दल नेपाली कांग्रेस र एमालेलाई संविधान सभाभन्दा बाहिरको विषय संसदमा उठाएर संसद् अवरुद्ध पारी...

सहमति जुटाउन संवाद समिति असफल

काठमाडौं-संविधानका प्रमुख विवादित मुद्दा मिलाउन बाबुराम भट्टराई नेतृत्वको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति असफल भएको छ। निर्धारित समयसीमा असोज १४ मा राज्य पुनःसंरचना (संघीयता), शासकीय स्वरूप, निर्वाचन प्रणालीलगायतका विवादित विषय...