Tuesday 19 Falgun, 2071 |
Menu

राजनीति

HUB

पूर्ण आकार लिँदै माओवादी; झालाई स्थायी, यमीलाई कोषको जिम्मेवारी दिने तयारी

(0 votes)
काठमाडौं- एकीकृत माओवादीले पदाधिकारी र केन्द्रीय समिति विस्तार तयारी गरेको छ। उच्च स्रोतअनुसार एमालेबाट आएका रामचन्द्र झालाई स्थायी समिति सदस्य बनाउने योजना छ। नवप्रवेशीलाई उचित जिम्मेवारी दिएर पदाधिकारी र केन्द्रीय समिति पूरा गरिने स्रोतले जानकारी दिएको छ।


स्रोतका अनुसार जेेठ २५ देखि बस्ने केन्द्रीय समिति बैठकले केही असन्तुष्टलाई समेत जिम्मेवारी दिएर पदाधिकारी र केन्द्रीय समितिलाई पूर्णता दिने गृहकार्य भइरहेको छ।

यसैगरी, एमालेका प्रभावशाली असन्तुष्टलाई पार्टीमा भिœयाउन वार्ता चलिरहेको स्रोतले जनाएको छ। एमाले पोलिटब्युरो सदस्य झा र उर्मिला अर्याल एकीकृत माओवादी प्रवेश गरिसकेका छन्। नवप्रवेशीलाई उच्च पद दिँदा पार्टीभित्रका पुराना नेता असन्तुष्ट हुने सम्भावनालाई ध्यान दिँदै जिम्मेवारी बाँडफाँट तयारी भएको एक वरिष्ठ नेताले जानकारी दिए।

झालाई पार्टी प्रवेश गराएपछि मधेसको आधार बलियो भएको माओवादी मूल्यांकन छ। माओवादीभित्र प्रभावशाली महिला नेतृ पम्फा भुसाल नेकपा–माओवादीमा गएकाले पार्टीमा महिला नेतृत्वको अभाव खड्किएकोमा अर्यालको प्रवेशले पूर्ति गर्ने माओवादी विश्लेषण छ।

एकीकृत माओवादी उच्च नेतृत्वमा हिसिला यमी एक्ली छन्। यमीलाई पदाधिकारीमा बढुवा गरेर कोषाध्यक्ष बनाउने तयारी गरिएको स्रोतले जनायो। यमीपछि शशि श्रेष्ठ, ओनसरी घर्तीमगर, देवी खड्का, कल्पना धमला छन्। नेकपा–माओवादीबाट फर्केकी 'युद्ध'कालकी चर्चित महिला नेतृ रेखा शर्मा अहिले ओझेलमा छिन्।

'पदाधिकारीको टुंगो लगभग लागिसकेको छ। नयाँ आएका साथीहरुलाई विशेष जिम्मेवारी दिनेबारे छलफल भइरहेको छ। झाजीलाई स्थायी समितिमा लाने पक्कापक्की छ,' एक स्थायी समिति सदस्यले नागरिकसँग भने। अर्याललाई समेत विशेष जिम्मेवारी दिने तयारी भएको ती नेताले खुलाए।

'आगामी केन्द्रीय समितिले सबै टुंगो लगाउँछ। बाँकी वैकल्पिक सदस्य थपका लागि नाम सिफारिस भइरहेको छ,' ती नेताले भने। हेटौंडा महाधिवेशनले नटुंग्याएको पदाधिकारी चयनलाई आगामी बैठकले टुंग्याउनेछ। महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र महासचिव पोष्टबहादुर बोगटीलाई मात्रै निर्वाचित गरेको थियो। गुट विवादले सचिव र कोषाध्यक्ष चयन हुन सकेको थिएन।

स्रोतका अनुसार चार सचिव, एक कोषाध्यक्ष र वरिष्ठ पोलिटब्युरो सदस्यलाई स्थायी समितिमा बढुवा गर्ने तयारी छ। पदाधिकारीमध्ये चार सचिवमा कृष्णबहादुर महरा, वर्षमान पुन, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेललाई बनाउने विषय सहमतिनजिक छ।

वरीयतामा रहेका संस्थापक नरबहादुर कर्माचार्यलाई महाधिवेशनबाटै संरक्षक बनाइसकेको छ। अर्का वरीयतामा रहेका अमिक शेरचनलाई अनुशासन आयोगमा आयुक्त बनाइएको छ।

एउटै जिल्ला रोल्पाबाट महरा र पुन दुवैलाई सचिव बनाउन नहुने अडान लिएका जनार्दन शर्मालाई स्थायी समितिमा लाने छलफल जारी छ। वरीयता आधारमा स्थायी समिति जानेमा हरिबोल गजुरेल र अग्नि सापकोटा अगाडि छन्। भट्टराई पक्षबाट राम कार्कीलाई लगिने सम्भावना छ। स्थायी समितिका लागि शक्ति बस्नेत, देवेन्द्र पौडेल, नन्दकिशोर पुन, लोकेन्द्र विष्टमगर, चन्द्रप्रकाश खनालबारे छलफल भइरहेको स्रोतले जनायो।

दुई सद्‍भावनाबीच एकीकरण

काठमाडौं–अनिल झाले नेतृत्व गरेको संघीय सद्‍भावना पार्टी र सरिता गिरीले नेतृत्व गरेको नेपाल सद्‍भावना पार्टीबीच एकीकरण हुने भएको छ। एकीकृत पार्टीका नाम नेपाल सद्‍भावना पार्टी राख्ने निर्णय गरेको दुवै नेताद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख...

अर्को आन्दोलन गर्नु नपरोस् : भट्टराई

काठमाडौं-भारत भ्रमणमा रहेका एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले सहमतिबाटै विगतका सहमति–सम्झौता अनुसारको संविधान निर्माणमा दबाबका लागि पहिलो चरणको आन्दोलन गरेको बताएका छन् ।

वहुमतको दम्भ देखाउन छोडे संविधान बन्छ: दाहाल

झापा- एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस एमालेले वहुमतको दम्भ देखाउन छोड्ने वित्तिकै संविधान बन्ने बताएका छन्। विर्तामोडमा प्रस्तावित वि एण्ड सी शिक्षण अस्पतालको उद्घाउटन गर्दै दाहालले माघ ५ गते...

एसिड पीडित परिवारबाट सहयोग भएनः गृहमन्त्री

काठमाडौं–उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले राजधानीको बसन्तपुरमा दिन दहाडै युवतीमाथि एसिड प्रहार गर्ने अपराधीको नजिक प्रहरी पुगेको दाबी गरेका छन्। सोमबार राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री गौतमले प्रहरी अपराधीको नजिकै...

सरकारको मुख्य सुरक्षा चुनौती दाहाल

काठमाडौं–गृह मन्त्रालयले संक्रमणकाल लम्बिदै जादा सुरक्षा चुनौती थपिएको बताएको छ। पछिल्लो समयमा प्रमुख प्रतिपक्ष दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सुरक्षामा खतरामा रहेको बताइरहेको बेला गृहमन्त्रालयले भने दाहाल नै मुलुकको...

छवि बिगार्ने समाचार नलेख्न लोकमानको आग्रह

छवि बिगार्ने समाचार नलेख्न लोकमानको आग्रह

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले आयोगको छवि बिगार्ने समाचार सम्प्रेषण नगर्न आग्रह गरेका छन्। 'मनोगत निष्कर्षमा आधारित समाचार सम्प्रेषण गरी आयोगको छवि र प्रतिष्ठालाई धुमिल...

विपक्षीलाई वार्तामा आउन उपप्रधानमन्त्री सिंहको आग्रह

इलाम- उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले निसर्त वार्तामा आउन आन्दोलनरत दललाई आग्रह गरेका छन्। नेपाल प्रेस युनियन इलाम शाखाले आज बिहान इलाममा आयोजना गरेको पत्रकारसम्मेलनमा उपप्रधानमन्त्री सिंहले दोस्रो संविधानसभाले...

'सहमति नभए प्रक्रियाबाटै टुंगो'

काठमाडौं- प्रमुख राजनीतिक दलहरूबीच सहमति नभए अब बस्ने संविधानसभा बैठकले बहुमतीय प्रक्रियालाई नै टुंगोमा पुर्यारउने भएको छ। विपक्षी दलले एक साताभित्र सहमति नभए अर्को चरणको आन्दोलनमा जाने बताएपछि संविधानसभा सचिवालयले...