Wednesday 3 Baishak, 2071 | April 15, 2014
Menu

राजनीति

अनशन तोड्न अर्को आग्रह

(0 votes)

काठमाडौं– पाँच दिनअघि आमरण अनशन थालेका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोलाई हड्ताल तोडन सरकारले शनिबार पुनः आग्रह गरेको छ।


तत्काल संविधानसभा निर्वाचन मिति घोषणा गर्नुपर्ने मागसहित गत मंगलबार भोक हड्ताल थालेका महतो वीर अस्पतालको आइसीयुमा छन्। महतोलाई शुक्रबार सुरक्षाकर्मीले अनसनस्थल रत्नपार्कबाट जबर्जस्ती उठाएर अस्पताल लगेको थियो। महतो भेटन अस्पताल पुगेका गृहमन्त्री माधव घिमिरे र स्वास्थ्यमन्त्री विद्याधर मल्लिकले अनशन तोडन आग्रह गरेको पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले बताए।

'उहाँहरुले आज पनि अनशन तोडन अध्यक्षलाई आग्रह गर्नुभयो। तर अध्यक्षले पुरानै अडान दोहोर्यालउनुभयो,' कर्णले नागरिकसँग भने, 'तत्काल अर्को वार्ताका लागि बोलाउने भन्नुभएको छ।' अर्को वार्ताको लागि सरकारी निम्तो पर्खेको पनि उनले जानकारी दिए।

महतो भेट्न शनिबार भारतीय राजदूत जयन्त प्रसाद, फोरम लोकतान्त्रिकका अध्यक्ष रामेश्वरराय यादवलगायत पनि अस्पताल पुगेका थिए। अनशनस्थल रत्नपार्क, शान्तिबाटिकाबाट जबर्जस्ती अस्पताल पुर्यारएको विरोधमा शनिबार साँझ सद्भावानाले मशाल जुलुस प्रदर्शन गरेको छ।

मुद्दा फिर्ता गराउन एमाओवादी आन्दोलित

काठमाडौं-एनेकपा माओवादीले कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा आफ्ना १३ कार्यकर्ताविरुद्ध दायर मुद्दा फिर्ता लिन माग गर्दै देशव्यापी आन्दोलन घोषणा गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको बैठकले आन्दोलनको निर्णय गरेको हो।

एमाओवादी बहिष्कारले सर्वदलीय बैठक निष्कर्षहीन

काठमाडौं-सत्तासाझेदार दल र प्रमुख विपक्षी एमाओवादीबीच समझदारी जुट्न नसक्दा २६ सभासद मनोनयन तथा अन्य महत्वपूर्ण निर्णय प्रक्रिया लम्बिने देखिएको छ।

आममाफी दिने विषय अन्तरार्ष्ट्रिय कानुनको उल्लंघन: उच्चायुक्त

काठमाडौं— मानवअधिकार सम्बन्धी राष्ट्रसंघीय उच्चआयुत्त नाभी पिल्लेले संसदमा दर्ता भएको सत्यनिरुपण र बेपत्ता छानबिन आयोग बिधेयकमा समेटिएका केही बुँदाप्रति गम्भिर चिन्ता ब्यक्त गर्दै अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न नेपाल सरकारलाई आग्रह...

मधेसीको सूचीबाट नहटाए आन्दोलनः थारु संघर्ष समिति

मधेसीको सूचीबाट नहटाए आन्दोलनः थारु संघर्ष समिति

काठमाडौं- थारु संयुक्त संघर्ष समितिले तराईका थारुलगायत आदिवासी जनजाति र मुस्लिमलाई मधेसीमा सूचीकरण गरिएकोमा विरोध जनाउँदै आफ्नो हक अधिकार र पहिचानका लागि जस्तोसुकै आन्दोलनमा जाने चेतावनी दिएको छ।

प्रमको सर्वदलीय बैठकमा एमाओवादी अनुपस्थित

काठमाडौं - प्रधानमन्त्री सुशील कोइरालाले डाकेको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले बहिस्कार गरेको छ। फुजेल काण्डको विषयमा आपत्ती जनाउँदै माओवादीले वार्ता बहिस्कार गरेका कारण प्रधानमन्त्रीले सहमतिका लागि...

सङ्घीयतालाई पाखा लगाउन स्थानीय निकायको निर्वाचन: उपाध्यक्ष गजुरेल

सुर्खेत- नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले सङ्घीयतालाई पाखा लगाउनका लागि स्थानीय निकायको निर्वाचन गर्ने तयारी गरिएको आरोप लगाएका छन्।

राहदानीमा राहत, आवेदन सङ्कलन काउन्टर थपिए

 काठमाडौँ- सरकारले राहदानी वितरण प्रणालीलाई अझ व्यवस्थित, सहज एवम् सेवाग्राहीमैत्री बनाउन आजदेखि थप तीनवटा आवेदन फाराम सङ्कलन केन्द्र सञ्चालन गरेको छ।

फुजेल प्रकरण बल्झिँदै: प्रमले डाके सर्वदलीय बैठक

काठमाडौं - एकीकृत नेकपा माओवादीले हिजो तीन दलीय बैठक बहिस्कार गरेपछि कृष्णप्रसाद अधिकारी हत्या प्रकरणको विषयलाई लिएर प्रधानमन्त्री सुशील कोइरालाले आज सर्वदलीय बैठक बोलाएका छन्।