Monday 18 Falgun, 2071 |
Menu

राजनीति

HUB

गठबन्धन तोड्दै मधेसवादी, चुनावका लागि मधेसी दलको मात्र मोर्चाबन्दी पहल

(0 votes)
काठमाडौँ - एकीकृत माओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन आबद्ध मधेसवादी दलले तराई–मधेसमा छुट्टै चुनावी मोर्चाबन्दीको पहल थालेका छन्। महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले संविधानसभा निर्वाचनलाई मध्यनजर गर्दै मधेसवादी दलबीच मोर्चाबन्दीको पहल गरेको हो।


अध्यक्ष ठाकुरले मधेसवादी दलबीच मोर्चाबन्दी गरेर निर्वाचनमा सहभागी हुन पहल थालेको बताए। 'हाम्रो पहिलो प्राथमिकता मधेसवादी दलबीच नै मोर्चाबन्दी हो,' अध्यक्ष ठाकुरले नागरिकसँग भने, 'त्यसपछि अरू गठबन्धनसँग गर्ने/नगर्ने तपसिलमा पर्छन्।'

मधेसवादी दलबीच चुनावी मोर्चाबन्दीका लागि प्रयास जारी राखेको र छलफलले सकारात्मक परिणाम ल्याइरहेको अध्यक्ष ठाकुरको भनाइ छ।

तीन साताअघि सम्पन्न तमलोपा राजनीतिक समिति बैठकले आसन्न संविधानसभा निर्वाचनका लागि 'एउटै निर्वाचन क्षेत्र, एउटै उम्मेदवार, एउटै झन्डा' भन्ने मान्यताअनुसार मधेसवादी दल निर्वाचनमा जानुपर्ने नीति तय गरेको थियो। 'सरकारमा गठबन्धन भए पनि निर्वाचनमा माओवादीसँग कुनै पनि खाले गठबन्धन नगर्ने' अभिव्यक्ति दिँदै आएका ठाकुर पछिल्लो समय माओवादी नेतृत्व गठबन्धनले आह्वान गरेको बैठकमा सहभागी थिएनन्।

सम्भव भए पार्टी एकता, नभए विघटित संविधानसभाभित्र/बाहिर रहेका मधेसवादी दलसँग तमलोपाले अनौपचारिक छलफल गरिरहेको सहअध्यक्ष हृदयेश त्रिपाठीले जानकारी दिए। 'अनौपचारिक छलफलमा अन्य मधेसवादी दलले दिएको सुझाव र सल्लाहले म उत्साही छु,' वार्तासंयोजक समेत रहेका त्रिपाठीले भने, 'अरु (माओवादी) सँग गठबन्धनमा जाने कुरा दोस्रो प्राथमिकतामा पर्न सक्छ, तर हामी पहिले मधेसवादी दलबीच नै एकता होस् भन्ने प्रयासमा छौं।'

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको गठबन्धनले साझा चुनावी घोषणापत्र बनाएर निर्वाचनमा जाने प्रस्ताव गरिरहेको बेला ठाकुरको नेतृत्वमा मधेसवादी दलबीच छुट्टै मोर्चाबन्दी प्रयास गरिएको हो। गठबन्धन कार्यदलले खाका तयार पारी बैठकमा पेस गर्दा मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारबाहेक अन्य मधेसवादी दलको उपस्थिति थिएन। जसका कारण कुनै पनि औपचारिक निर्णय नगरी बैठक सकिएको थियो।

अन्य मधेसवादी दलसँग भएका पटकपटकका अनौपचारिक छलफलपछि तमलोपाले शनिबार सामूहिक छलफल आयोजना गरेको छ। छलफलमा एकीकृत माओवादी नेतृत्व गठबन्धनमा रहेका तराईमधेस लोकतान्त्रिक पार्टी नेपाल, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, संघीय सद्भावना पार्टीलगायत मधेसवादी दलको उपस्थिति थियो।

मधेस र मधेसी जनताका माग सम्बोधन गर्न 'कसैसँग नटाँसिई' मधेसवादी दलबीच एकता गर्नुपर्ने सुझाव सहभागी दलले दिएका छन्। यसरी सुझाव दिनेमा राष्ट्रिय मधेस समाजवादी दलका अध्यक्ष शरदसिंह भण्डारी र तराई मधेस जागरण अभियानका संयोजक जेपी गुप्तासमेत छन्। बैठकमा सहभागी अन्य दलले त्यसको नेतृत्व लिन अध्यक्ष ठाकुरलाई सुझाव पनि दिए। सुझावबाट उत्साही अध्यक्ष ठाकुरले मधेस र मधेसी जनताको भावनालाई सम्बोधन गर्ने र कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता जाहेर गरेका छन्। 'मधेसी जनता र मधेसी उम्मेदवारविरुद्ध उभिने कसैसँग पनि हाम्रो सम्झौता हुँदैन,' छलफलपछि ठाकुरले नागरिकसँग भने।

ठूला दल गयल

तमलोपाले बोलाएको सामूहिक छलफलमा ठूला मधेसवादी दलका नेता भने उपस्थित भएनन्। छलफलमा विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम, लोकतान्त्रिक, राजेन्द्र महतो नेतृत्व सद्भावना पार्टी र उपेन्द्र यादव नेतृत्व मधेसी जनअधिकार फोरम नेपालको प्रतिनिधित्व थिएन।

'राजेन्द्रजीको आइसियुमा रहेकाले आउन सक्नुभएन, गच्छदारजीले बैठक भएकाले नभ्याउने जानकारी दिनुभएको छ', त्रिपाठीले भने। सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले अध्यक्ष महतो आइसियुमा रहेको र पार्टी आन्दोलनमा रहेकाले बैठकमा सहभागी हुन नसकेको बताए। 'अध्यक्ष आइसियु र पार्टी आन्दोलनमा रहेकाले हामी सहभागी हुन सकेनौं,' कर्णले नागरिकसँग भने।

विघटित संविधानसभाभित्र/बाहिर छरिएर रहेका मधेसवादी दलबीच भने कम्तीमा चार मोर्चाबन्दी हुने सक्ने देखिएको छ। 'ठाकुर, गच्छदार, महतो र उपेन्द्र यादव नेतृत्वमा सम्भव भए चार पार्टी र त्यो पनि नभए कम्तीमा चार शक्तिमा बाँडिएर मोर्चाबन्दी हुने देखिन्छ,' मधेसवादी दलका अर्का नेताले भने, 'तर त्यसभन्दा कम्ती होला भन्ने अहिले अनुमान गर्न सम्भव देखिँदैन।'

यद्यपि, पार्टी एकता र मोर्चाबन्दीका लागि मधेसवादी दलबीच भने निरन्तर भित्री प्रयास जारी रहेको उनको भनाइ छ।

'सहमति नभए प्रक्रियाबाटै टुंगो'

काठमाडौं- प्रमुख राजनीतिक दलहरूबीच सहमति नभए अब बस्ने संविधानसभा बैठकले बहुमतीय प्रक्रियालाई नै टुंगोमा पुर्यारउने भएको छ। विपक्षी दलले एक साताभित्र सहमति नभए अर्को चरणको आन्दोलनमा जाने बताएपछि संविधानसभा सचिवालयले...

अख्तियार प्रमुख सुशासन समिति गएनन्

अख्तियार प्रमुख सुशासन समिति गएनन्

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की संसदीय समितिले बोलाएको बैठकमा अनुपस्थित भएका छन्। एक साताअघि समितिको बैठकमा उपस्थित हुने जनाएका कार्की आइतबार सुशासन तथा अनुगमन समिति र विकास...

मैनाली र सुब्बा केन्द्रीय सदस्य

काठमाडौं- नेकपा एमालेले राधाकृष्ण मैनाली र विजय सुब्बालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। स्थायी कमिटीको बैठकले आइतबार मैनाली र सुब्बालाई केन्द्रीय कमिटीमा मनोनयन गरेको हो। नेकपा मालेको संस्थापक नेतामध्येका मैनाली...

मैनाली र सुब्बा केन्द्रीय सदस्य

काठमाडौं– नेकपा एमालेले राधाकृष्ण मैनाली र विजय सुब्बालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। स्थायी कमिटीको बैठकले आइतबार मैनाली र सुब्बालाई केन्द्रीय कमिटीमा मनोनयन गरेको हो। नेकपा मालेको संस्थापक नेतामध्येका मैनाली...

संविधानसभाको प्रक्रिया अघि बढाउने कांग्रेस एमाले सहमति

काठमाडौं – सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले संविधान निर्माण प्रक्रिया अघि बढाउन एकीकृत माओवादी नेतृत्व मोर्चासँग सघन वार्ता र छलफल अघि बढाउने निर्णय गरेका छन्। माओवादी नेतृत्वको मोर्चासँगको...

संविधान सभा असफल हुन दिन्नौ : देउवा

नेपालगन्ज-नेपाली काग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान सभालाई असफल हुन नदिने बताएका छन्। सहमति नभएपनि प्रक्रियाको माध्यमबाट संविधान सभाले संविधान बनाएरै छाड्ने उनको भनाई छ।

मुम्बईमा भट्टराईले भने: युद्धको पक्षमा छैनौ

मुम्बईमा भट्टराईले भने: युद्धको पक्षमा छैनौ

काठमाडौं-एकीकृत नेकपा (माओवादी)का बरिष्ठ नेता बाबुराम भट्टराईले आफूहरु युद्धको पक्षमा नभए पनि जनताको हक–अधिकार खोसिएको टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन्। भारतको मुम्बईमा अखिल भारत नेपाली एकता मञ्चको एकताको सातौं...

वार्तामा बस्न तयार छौं : दाहाल

वार्तामा बस्न तयार छौं : दाहाल

काठमाडौं–एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले शनिबार राजधानीमा ३० दलीय मोर्चाले निकालेको र्यामलीका क्रममा झडपमा परी घाइते भएका नेता तथा कार्यकर्तासँग आज अस्पताल पुगी भेट गरेका छन्।