Friday 9 Shrawn, 2071 |
Menu

राजनीति

वैद्यसहित पार्टी छाडेकाहरू मूल घरमै फर्कन्छन्– दाहाल

(0 votes)
काठमाडौँ- एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड'ले मूल घर छोडेर बाहिरिएकाहरू एक दिन पुनः मूल घरमै फर्कने दावी गरेका छन्। एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा योजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी फुटाएर केही समय बाहिर रहेकाहरू पुनः पार्टी मै फर्कने बिश्वास ब्यक्त गरे।


उनले पार्टी छोडेर नयाँ पार्टी गठन गरेका नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसमेत कुरा बुझेपछि एमाओवादीमै फर्कने बताए।

अध्यक्ष दाहालले नेपालको कम्युनिस्ट आन्दोलनको केन्द्र एमाओवादी भएको र १० वर्षे जनयुद्ध कालमा नेपालमा एउटा मात्र कम्युनिस्ट केन्द्र बनाउने सपना देखेको र सो सपना केही समयपछि पूरा हुने बताए।

'पूरानै तरिकाले क्रान्ति सम्पन्न गर्ने भन्ने कुरा वस्तुगत र व्यावहारिक पनि हुन सक्दैन ' एमाओवादी अध्यक्ष दाहालले भने,' नेपालको आफ्नै मौलिकतामा क्रान्ति सम्पन्न हुन्छ र पार्टीले युद्धकालिन अवस्थामा सोचेको एउटै कम्युनिस्ट केन्द्र बन्ने सपना समेत पूरा हुन्छ।'

रौतहटका एलडिओविरुद्ध भ्रष्ट्राचार मुद्दा

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झोलुङ्गे पुल निर्माण गर्दै आएको संस्थासँग घुस लिने रौतहट जिल्लाका स्थानीय विकास अधिकारी (एलडिओ) बशन्तकुमार भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नेपाल–भारत संयुक्त आयोगको बैठकका एजेण्डा तय

काठमाडौं-आज वसेको मन्त्रिपरिषद बैठकले शनिबारबाट सुरु हुने परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठकका एजेण्डा तय गरेको छ।

नेपाल–भारत संयुक्त बैठक, कालापानी र सुस्ता विवाद प्राथमिकता

काठमाडौं- काठमाडौंमा शुक्रबारबाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा दुई देशबीच लामो समयदेखि समाधान हुन नसकेको कालापानी र सुस्ता सीमा विवादलाई नेपालले उच्च प्राथमिकताका साथ उठाउने भएको छ।

संविधानका ४८ पूर्वसहमति अनुमोदन

काठमाडौं-संविधानसभाअन्तर्गत संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संघीय व्यवस्थापिकाको नामसहित ४८ विषयमा सहमति जुटाएको छ।

प्राधिकरणमा तत्काल कार्यकारी प्रमुख नियुक्त गर्न अख्तियारको निर्देशन

काठमाडौ—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण लामो समयदेखि निमित्तको भरमा सञ्चालन भइरहेको भन्दै तत्काल कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ।

तल्लो सदनको नाम 'प्रतिनिधिसभा' राख्ने सहमति

काठमाडौं—संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले 'तल्लो सदनको नाम प्रतिनिधिसभा राख्ने' र '१८ वर्ष उमेर पुगेकालाई मतदानको अधिकार हुने' तत्कालीन संविधानसभाको संवैधानिक समितिले गरेको सहमतिलाई अनुमोदन गरेको छ ।

माधव नेपाल - चिनियाँ राजदूत भेट

काठमाडौं – (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत वू चुन्ताईले नेकपा भेटवार्ता गरेका छन् ।

भारतसँगको विद्युत व्यापार सम्झौताबारे सांसदको चासो

काठमाडौं - भारतीय विदेश मन्त्री सुषमा स्वराजको नेपाल भ्रमणको पूर्व सन्ध्यामा व्यवस्थापिका संसदका सदस्यहरुले नेपालले भारतसँग गर्न लागेको विद्युत व्यापारको सम्झौताको जानकारी माग गरेका छन्।