Thursday 17 Ashad, 2072 |
Menu

राजनीति

ist-cc

धाराको विषयमा कांग्रेस-एमाले कार्यकर्ताबीच झडप

  • बुधबार ८ जेष्ठ, २०७०
  • मदन ठाकुर
  • DISQUS_COMMENTS
(0 votes)
रौतहट- रौतहटको कोपवा पिपरिया गाविसमा सार्वजनिक चापाकल प्रयोगको विषयलाई लिएर नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। छडपमा परी दुवै पक्षका १२ जना घाइते भएका छन्। घाइतेमध्ये कांग्रेस तर्फका दुई जनाको अवस्था गम्भीर छन्।

कोपवा पिपरिया-६ का दलित एवं कांग्रेस सर्मथक अदय हजराको घर नजिक सडक छेउमा गाडिएको सार्वजनिक चापाकलको ह्याण्डल एमाले कार्यकर्ता अशोक जयसवालले झिकेर चापाकल बन्द गरेपछि विवाद चर्किएर झडपमा परिणत भएको थियो। स्थानीयले नुहाउन, लुगा धुन र पिउन प्रयोग गर्ने चापाकलबाट बग्ने फोहोर पानी आफ्नो खेतमा पठाइएको भन्दै जयसवालले ह्याण्डल झिकेर धारा बन्द गरेपछि विवाद भइ झडप भएको स्थानीय शैलेन्द्र यादवले बताए।
एमाले निकट युवा संघ नेपालका जिल्ला अध्यक्ष प्रदीप यादवले जयसवालको समर्थन गर्दै पचास जनाभन्दा बढीको भीड जुटाउँदै गाउँमा विवाद गरेपछि दिउँसो कांग्रेस कार्यकर्तासँग झडप भएको स्थानीय बासिन्दाले बताएका छन्।
झडपमा परेर कांग्रेसका वीरेन्द्र यादव, मगनी यादव, रामप्रवेश जयसवाल, शैलेन्द्र यादव घाइते भएका छन्। त्यस्तै एमालेतर्फ मोह राय, वीरेन्द्र यादव(क), लगन यादव, रामविनय यादव, बिदयानन्द यादव, टिपु राय, रामप्रसाद मुखिया र मुडवला ५ का रामधार चौधरी घाइते भएका जिल्ला अस्पतालले जनाएको छ। घाइते सबैको जिल्ला अस्पताल गौरमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

बुवा-आमा दुवैको नामबाट बंशजको नागरिकता पाउने व्यवस्था गर्न महिला नेतृहरुको माग

काठमाडौं–महिला नेतृ र अधिकारकर्मीले नयाँ संविधानमा बुवा वा आमा मध्ये जो कोहीको नामबाट पनि बंशजको आधारमा नागरिकता पाउनु पर्ने ब्यवस्था गर्न माग गरेका छन।

कृषिमन्त्री पराजुलीको राजीनामा स्वीकृत

कृषिमन्त्री पराजुलीको राजीनामा स्वीकृत

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले कृषिमन्त्री हरि पराजुलीको राजीनामा स्वीकृत गरेका छन्। प्रधानमन्त्री कोइरालाले ट्विट गर्दै नेपालको अन्तरिम संविधान भाग ३८ (८) अनुसार पराजुलीको पद स्वीकृत गरेको उल्लेख गरेको छ।

विश्व खाद्यको नेपाल छाड्ने धम्की, 'नेपाली मिडिया नन्सेन्स'

काठमाडौं- विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले भूकम्प पीडितलाई आफूले कुहिएको चामल नबाँडेको दाबी गर्दै नेपाली मिडियाले 'ननसेन्स' रिपोर्टिङ गरेको आरोप लगाएको छ। नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका मानवीय मामिला समन्वयसम्बन्धी कार्यालयका...

सशस्त्र प्रहरीलाई जंगी कानुनको अधिकार

काठमाडौं- नयाँ नियमावलीले सशस्त्र प्रहरीलाई जंगी र मुलुकी दुवै कानुन प्रयोग गर्ने अधिकार दिएको छ। जसअनुसार सशस्त्र प्रहरीले सर्वसाधारणको हकमा मुलुकी कानुन प्रयोग गरे पनि आफ्ना कर्मचारीको बचाउमा भने जंगी...

लिपुलेकबारे प्रस्ट पार्न निर्देशन

काठमाडौं- गत मे महिनामा भारत र चीनबीच भएको व्यापारिक सम्झौतामा नेपालको भू–भाग लिपुलेकलाई व्यापारिक नाका बनाएको भन्दै सभासदले आपत्ति जनाएपछि सभामुख सुवासचन्द्र नेम्वाङले त्यसबारे जानकारी दिन सरकारको नाममा निर्देशन दिएका...

मन्त्री पराजुलीसँग स्पष्टीकरण

काठमाडौं- असार १५ का अवसरमा मंगलबार मुलपानीमा आयोजित कार्यक्रममा पदीय मर्यादाविपरीत गतिविधि गरेको आरोप लागेका कृषि विकास मन्त्री हरि पराजुलीसँग नेकपा एमालेका अध्यक्ष केपी ओली र उपप्रधामन्त्री वामदेव गौतमले स्पष्टीकरण...

मस्यौदा सम्झौताको दस्ताबेज : पौडेल

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानको पहिलो मस्यौदा दलीय सम्झौताको साझा दस्तावेज भएको स्पष्ट पारेका छन्। संविधानसभा भवन नयाँ बानेश्वरमा बुधबार बसेको संसदीय दलको बैठकमा उपसभापति पौडेलले पार्टीका केही...

रानीबारी हत्याकाण्डको साक्षीले बन्द इजलासमा बयान दिइन्

काठमाडौं– चर्चित रानीबारी हत्याकाण्डकी एकमात्र साक्षी (नाम परिर्वतन सिआइबी ५७)ले जिल्ला अदालतसक्षम उपस्थित भएर बयान दिएकी छन्। अदालतसमक्षको बयानमा मनराज गुरुङ र प्रमेश चौहानले खुकरी प्रहार गरी हत्या गरेको वकपत्र...