Sunday 7 Mangshir, 2071 |
Menu

राजनीति

दिनहुँ नेताको ताँती

mynepal
(0 votes)
नेपालगन्ज - एकीकृत माओवादीका महासचिव पोष्टबहादुर बोगटी, पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेत, नेतृ हिसिला यमीलगायत नेता फर्केको दुई दिन बित्न नपाउँदै सोमबार सोही पार्टीका संगठन विभाग प्रमुख कृष्णबहादुर महरा र पोलिटब्युरो सदस्य नवराज सुवेदी नेपालगन्ज आए।
महराले नेपालगन्जमा आगामी चुनावमा आफ्नो पार्टी विजयी हुने दावी गरिरहँदा कांग्रेस नेता गगन थापा रुकुममा आफ्नो पार्टीले बहुमत ल्याउने बताइरहेका थिए। मुगु पुगेका महासचिव बोगटी राजधानी फर्कंदा दुई दिन बाँके, बर्दियाका पार्टीका आन्तरिक प्रशिक्षणमा सहभागी भएझैँ संगठन विभाग प्रमुख महरा पनि मंगलबार नेपालगन्ज र कोहलपुरमा आयोजना गरिएका कार्यकर्ता भेटघाट तथा आन्तरिक प्रशिक्षणमा सहभागी हुँदै दाङतर्फ लागे। दाङमा पनि उनको कार्यकर्ता भेटघाट र आन्तरिक प्रशिक्षणमा सहभागी हुने कार्यक्रम छ। 
पहिलो संविधानसभा निर्वाचनपछि धेरैजसो राजधानीमा बस्ने नेता दोस्रो संविधानसभा चुनावी चर्चासँगै पश्चिम क्षेत्रमा आउने क्रम बढेको छ। एक महिनायता पश्चिम क्षेत्रमा कांग्रेस, एमाले, एकीकृत माओवादी, नेकपा–माओवादीका शीर्षस्थ नेता पुगेर विभिन्न कार्यक्रममा सहभागी भएका छन्। चार ठूला दलबाहेक राप्रपा नेपालका अध्यक्ष कमल थापा र सद्भावनाका राजेन्द्र महतो पनि नेपालगन्ज, कोहलपुर, बुटवललगायतका स्थानमा आयोजना गरिएका आमसभा र कार्यकर्ता भेटघाटमा व्यस्त रहे। 
विगतमा एक/दुई दिनका लागि आउने नेताहरू यतिखेर जिल्लामा लामो समयसम्म बस्ने गरेका छन्। जेठ सुरुतिर नेपालगन्ज आएका राप्रपा नेपालका अध्यक्ष थापा जेठ ६ गते मात्र बुटवल हुँदै फर्के। एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल चीनको भ्रमणलगत्तै गत वैशाख ९ गते बर्दियामा पुगी आमसभामा सहभागी भएपछि पश्चिम क्षेत्रमा नेताहरूको ताँती लाग्न थालेको हो। वैशाख ९ गते नै दाहालसँगै कांग्रेस सभापति सुशील कोइराला नेपालगन्ज आएका थिए। दाहाल बर्दियाको गुलरिया र सानोश्रीमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुँदै गर्दा कोइराला बाँकेको विकट क्षेत्र मानिने राप्तीपारिको बैजापुर गाउँमा कार्यकर्ता भेट्दै थिए। जेठ १ गते नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य महेन्द्रनगर पुगेर ३३ दलको मेची–महाकाली अभियानमा सामेल भए। उनी राजधानी फर्केलगत्तै सोही पार्टी सचिव नेत्रविक्रम चन्द नेपालगन्ज हुँदै दाङ पुगे। तीन दिन यहाँ बिताएका चन्द जेठ ५ गते काठमाडौं फर्के। चन्द फर्केकै दिन एमाले अध्यक्ष झलनाथ खनाल, सचिव शंकर पोखरेल दाङ पुगे। खनालले दाङमा माओवादी र कांग्रेसलाई गाली गर्दै गर्दा कांग्रेस नेता शेरबहादुर देउवा धनगढीमा विपक्षी दललाई गाली गर्दैमा व्यस्त थिए। एमाले केन्द्रीय सदस्य देवराज भारका अनुसार देशमा चुनावी माहोल बनाउन यतिखेर नेताहरूको दौडधुप बढेको हो। 
गौरा कोइराला, दलबहादुर सुनारसहित तीन केन्द्रीय सदस्य बाँकेमा रहेको जानकारी दिँदै भारले जेठ १० गते सुर्खेत र नेपालगन्जमा हुने कार्यक्रमका लागि केपी ओली र जेठ १६ गते बाँकेको बैजापुरमा हुने कार्यक्रमका लागि माधव नेपाल आउन थालेको जानकारी दिए। दुई साताको अवधिमा एमालेका अन्य नेताहरू वामदेव गौतम, ईश्वर पोखरेल पनि पश्चिमका विभिन्न कार्यक्रममा सरिक भए। लामो सयमसम्म कर्णाली नपुगेका नेताहरू समेत ती जिल्लामा पुग्ने गरेका छन्। यसै साता एमाले महासचिव पोखरेल र एकीकृत माओवादीका महासचिव वोगटी मुगु पुगे। 
नेकपा–माओवादीका थारूवान राज्य समिति इन्चार्ज पूर्ण घर्तीका अनुसार यतिखेर जिल्लामा आफ्ना दलका नेताहरूको दौडाहा हुनुको कारण ३३ दलले सुरु गरेको मेची–काली अभियानलाई सफल पार्नु हो। जिल्ला तहका एकीकृत माओवादीका एक नेताका अनुसार विगतमा जिल्ला तहबाट जति बोलाउँदा पनि विभिन्न बहानामा पन्छिने गरेका नेताहरू यतिखेर जिल्ला आउन पाउँदा खुसी छन्। कांग्रेसका एक कार्यकर्ता भन्छन्, 'केन्द्रमा बस्ने कतिपय नेताले जिल्ला तहमा कार्यक्रम आयोजना गर्न निर्देशन दिन थालेका छन्।' 
चुनावको मिति घोषणा नहुँदै पश्चिममा नेताको लर्को लाग्नुको मुख्य कारण अस्तित्व रक्षा नै हो। मध्यपश्चिमलाई 'बलियो गढ' मान्दै आएको एकीकृत माओवादी यसपालिको निर्वाचनमा पनि सफल हुन चाहन्छ,' स्थानीय विजय शर्माले भने, 'उता सोही पार्टीसँग हालै टुक्रेको नेकपा–माओवादीले पनि मध्यपश्चिमलाई 'आधार क्षेत्र' मान्ने गरेको छ। अघिल्लो संविधान सभाको निर्वाचनमा मध्यपश्चिमका १५ जिल्ला मध्ये दैलेखका दुई र सुर्खेतको एउटा निर्वाचन क्षेत्रबाहेक सबैमा एकीकृत माओवादी विजयी भएको थियो। विश्लेषकका अनुसार एकीकृत माओवादी मध्यपश्चिममा अहिले पनि पहिलेकै अवस्था कायम राख्न चाहन्छ भने नेकपा–माओवादी एकीकृतलाई कमजोर सावित गरी आफ्नो हैसियत देखाउन खोज्दैछ। त्यस्तै, अघिल्लो निर्वाचनमा एक सिटमा चित्त बुझाएको कांग्रेस र दुई सिटमा चित्त बुझाएको एमाले आफ्नो अवस्था सुधार्ने प्रयास गर्दैछन्।

एमाले रौतहटमा कमल राय यादव

रौतहट– नेकपा एमाले रौतहटको आठौं जिल्ला अधिवेशनले कमल राय यादवको अध्यक्षतामा ७१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ। यादवले अध्यक्ष पदका लागि भएको निर्वाचनमा २४८ मत पाएका थिए भने...

कमल थापालाई राजीनामा दिन २१ दिने अल्टिमेटम

काठमाडौं- राप्रपा नेपालको असन्तुष्ट पक्षले पार्टी अध्यक्ष कमल थापाको राजीनामा मागेको छ। असन्तुष्ट पक्षले आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापा पार्टी पद्दति अनुसार चल्न नसकेको भन्दै २१ दिन भित्र राजीनामा...

सभापति नै अनुपस्थित भएपछि संवाद समितिको बैठक स्थगित

काठमाडौं- संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिको बैठक बस्दैनबसी स्थगित भएको छ। आज बिहान १० बजेलाई बोलाइएको बैठकमा सभापति बाबुराम भट्टराई नै अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो।

प्रधानमन्त्रीले डा. केसीलाई भने- 'संविधान नबने सँगै अनशन बसौंला'

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले काठमाडौं विश्वविद्यालयले नयाँ सम्बन्धन पाएका मेडिकल कलेजको नयाँ भर्ना प्रक्रिया तत्काल नयाँ नीति नबन्दासम्म कार्यान्वयन नगर्न शिक्षामन्त्री चित्रलेखा यादवलाई निर्देशन दिएका छन्।

मोदीको जनकपुर भ्रमणको अझै टुंगो लागेन

काठमाडौं- दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क)को १८औं शिखर सम्मेलनमा सहभागी हुने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर जाने वा नजाने भन्ने अझै टुङ्गो लागेको छैन। सरकारकै मन्त्रीले विज्ञप्ति जारी...

चन्दले विशेष महाधिवेशन प्रस्ताव गर्ने

काठमाडौं- नेकपा–माओवादीको आइतबार हुने विस्तारित केन्द्रीय कमिटी बैठकमा सचिव नेत्रविक्रम चन्दको समूहले विशेष महाधिवेशनको प्रस्ताव लैजाने भएको छ। अध्यक्ष मोहन वैद्यसँग सबै विषय बैठकमा छलफल गर्ने सहमति भएपछि चन्द समूहले...

सबै विवाद संविधानसभामा

काठमाडौं- प्रमुख राजनीतिक दल नयाँ संविधानका अन्तर्वस्तुमा रहेका विवाद समेटेर संविधानसभामा प्रतिवेदन पठाउन सहमत भएका छन्। संविधानसभाले दिएको म्यादभित्र संवाद समितिले संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन र प्रक्रियामा लैजाने प्रश्नावली बनाउन...

धुलिखेलमा रिट्रिटको सबै तयारी पूरा

बनेपा–दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को धुलिखेलमा हुने भनिएको रिट्रिटको सबै तयारी पूरा भएको छ। हवाई आवागमनका लागि हेलिप्याड निर्माणका साथै रिट्रिटस्थल जाने स्थलमार्गका लागि धुलिखेलको बसपार्कदेखि स्थानीय गौखरेश्वर मन्दिरसम्म...