14 Bhadra, 2071 |
Menu

राजनीति

एमाले अभियानमा मत सर्वेक्षण

(0 votes)
काठमाडौं – नेकपा एमालेले २ सय ४० वटै निर्वाचिन क्षेत्रमा मत सर्वेक्षण गर्ने भएको छ। संविधानसभा निर्वाचनलाई लक्षित गरी एमाले सुरु गरेको एकमहिने अभियानका केन्द्रीय प्रतिनिधिले निर्वाचन क्षेत्रमा सक्रिय पार्टीशक्तिबारे सर्वेक्षण गर्नेछन्।
संविधानसभा निर्वाचनको पार्टी अभियानका क्रममा जारी निर्देशिकामा 'निर्धारित प्रश्नावलीका आधारमा सम्बन्धित निर्वाचन क्षेत्रको शक्तिसन्तुलनको यथार्थ स्थितिको आ“कलन गर्ने' कार्यसूची छ।
त्यसैगरी, यस्तो सर्वेक्षणमा बुद्धिजीवी, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि, प्रशासकसहितका वैकल्पिक माध्यमको प्रयोग समेत गरिने योजना एमालेले तयार पारेको छ।
'एमालेप्रतिको आमजनभावना, यसका सबल र दुर्बल पक्ष, आलोचना र सुझाव लिने काम गर्नेछ,' निर्देशिकामा भनिएको छ। 
'संविधानसभा निर्वाचन–२०६४ पछि त्यस क्षेत्रमा भएका विभिन्न गतिविधि र निर्वाचनहरू विद्यालय व्यवस्थापन समिति, सामुदायिक वन, सहकारी, स्ववियु आदिका माध्यमबाट जनमतको प्रवृत्ति र झुकाव (ट्रेन्ड) आँकलन गर्ने' जिम्मेवारीसमेत प्रतिनिधिलाई दिइएको छ। 
निर्वाचन क्षेत्र हेरफेर हुने जिल्लाका हकमा वैज्ञानिक ढंगले निर्वाचन क्षेत्र निर्धारण गर्न आवश्यक सुझाव संकलन लिन निर्देशन दिइएको छ। सरकारले निर्वाचित क्षेत्र गठनका लागि आयोग गठनको तयारीमा छ। जनगणनापछि त्यसमा आएको परिवर्तनअनुसार जिल्लाको निर्वाचन क्षेत्रका थपघट गर्नुपर्ने संवैधानिक व्यवस्था छ। 
प्रतिनिधिले शक्तिसन्तुलनको आँकलन गरी तालमेलका लागि आवश्यक छ/छैन, छ भने कोसँग र कसरी तालमेल गर्न सकिन्छ, तामलेमको चुनौती र परिणाम के हुन सक्छजस्ता सुझाव लिखित रुपमा केन्द्रलाई बुझाउनेछ।
निर्वाचनमा एमालेको बहुमत आउने उद्घोष गर्दै शुक्रबार राजधानीबाट सुरु अभियानका लागि 'एमालेको नीति : एमालेकै नेतृत्व' नारा छ।

सभासद् मनोनयनमा 'अध्यक्षको मनोमानी'

काठमाडौं- राजनीतिक दलकै सिफारिसमा मन्त्रिपरिषदले शुक्रबार गरेको १७ सभासद मनोनयन निर्णयप्रति सत्तारुढ दलमै तीव्र असन्तुष्टि देखिएको छ। नेपाली कांग्रेस र नेकपा एमाले नेताहरुले संस्थागत निर्णय नभई पार्टी प्रमुखको चाहनामा मनोनयन...

बेपत्तासम्बन्धी कानुन बनाउन माग

काठमाडौं- संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले तत्काल बेपत्तासम्बन्धी कानुन बनाउन सरकारसँग माग गरेका छन्। बेपत्ता पारिएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै उनीहरुले सत्यनिरुपण तथा मेलमिलाप ऐन जारी...

‘अन्तर्वस्तुमा सहमति नभई संविधान बन्दैन'

काठमाडौं- संविधानसभा संवाद समिति सभापति बाबुराम भट्टराईले संविधानका अन्तर्वस्तुमा सहमति हुन नसके प्रक्रियामा लगेर मात्रै संविधान नबन्ने बताएका छन्। 'प्रक्रियाबाट टुंगो लगाउँदा शान्ति र संविधानको काम पूरा हुँदैन,' शुक्रबार नियमित...

सात महिनापछि १७ सभासद

काठमाडौं- दोस्रो संविधानसभाको पहिलो बैठक सम्पन्न भएको झन्डै ७ महिनापछि सरकारले १७ सभासद मनोनयन गरेको छ। अन्तरिम संविधानले ६०१ सदस्यीय संविधानसभामा २६ सिट मन्त्रिपरिषदलाई मनोनयन गर्ने अधिकार दिएकोमा शुक्रबारको बैठकले...

सभासदको सूचिबाट रुक्मिणी कोइरालाको नाम हटाइयो

काठमाडौं— शुक्रबार मन्त्रिपरिषदले सभासद सिफारिश गरेका १८ जनामध्ये रुक्मिणी कोइरालाको नाम हटाइएको छ। कांग्रेस कोटामा सभासद सिफारिश भएकी उनको नाम सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मिनेन्द्र रिजालले साँझ जारी गरेको विज्ञप्तिमा...

ओली दिल्ली प्रस्थान, जानुअघि दाहाल र सिटौलासँग भेटवार्ता

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाबीच ओली निवास बालकोटमा भेटवार्ता भएको छ।

जिम्मेवारी फराकिलो भयो : थापा

काठमाडौं– राप्रपा नेपालको कोटामा नेपाल सरकारबाट संविधानसभा सदस्यमा मनोनित अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले आफ्नो जिम्मेवारी अब फुटबलबाट फराकिलो भएर सबै खेलमा थपिएको बताएका छन्।

राष्ट्रसंघीय मिसन सिरियामा रहेका नेपाली सेना सुरक्षित

काठमाडौं– नेपाली सेनाले द्वन्द्वग्रस्त राष्ट्र सिरियास्थित संयुक्त राष्ट्रसंघको मिसनमा कार्यरत सम्पूर्ण नेपाली शान्ति सैनिकहरु सुरक्षित रहेको जनाएको छ।