Monday 14 Baishak, 2072 |
Menu

राजनीति

sagoon

माग पूरा नभए निर्वाचनमा भाग नलिने गुप्ताको चेतावनी

(0 votes)
काठमाडौं - तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले आठ बुँदे माग अघि सार्दै सरकारले त्यसमा सकारात्मक 'रेस्पोन्स' नगरे निर्वाचन आयोगमा दल दर्ता नगर्ने र संविधानसभाको निर्वाचनमा पनि भाग नलिने चेतावनी दिएका छन्।
रिपोर्टर्स क्लबको साक्षात्कारमा मंगलबार बोल्दै उनले निर्वाचन क्षेत्रको पुनर्निधारण, संविधानसभाको संख्या, थ्रेसहोल्ड, मतदाता नामावली संकलन, दलदर्ता प्रावधान, समावेशी विधेयक, आस्थाका बन्दीको रिहाई र संविधानका आधारभुत विषयमा सहमति लगायतका विषयमा असहमति प्रस्तुत गरे। गुप्ताले यथास्थितिमा संविधानसभाको निर्वाचन भए मधेसको लागि स्वीकार्य नहुने भन्दै आफूहरुले अघि सारेको माग निर्वाचनको लागि पूर्व सर्त भएको बताए।

'८ बुँदे मागमा सरकारको रेस्पोन्सपछि मात्रै दल दर्ता गर्छौ। त्यो नभए प्रयोजनहीन निर्वाचनका लागि दल दर्ता गर्नुको औचित्य छैन। हामि निर्वाचनमा भाग लिँदैनौ', उनले भने। मधेसी जनता अहिलेको प्रक्रियाबाट सन्तुष्ट नरहेको भन्दै आफूहरु मधेस आन्दोलनको तयारीमा रहेको समेत जानकारी दिए।

दल दर्ता गर्दा १० हजार मतदाताको हस्ताक्षर र नागरिकता नम्बर चाहिने प्रावधान अब्यवहारिक भएकोले त्यसलाई हटाउनु पर्ने गुप्ताको थियो।

भूमिगत आन्दोलन गरिरहेको जयकृष्ण गोइत समूह र शरद सिंहभण्डारी समूहसँग गम्भीर वार्ता भइरहेको जानकारी दिँदै उनले दुई दलसँग कार्यगत एकता गरेर अघि बढ्ने जानकारी दिए।

एक अर्को प्रसंगमा उनले पूर्व सभासद सदरुल मियाँ हकको हत्या प्रकरणले मुलुकमा सुरक्षा अवस्थाको विषयमा गम्भीर प्रश्न खडा गरेको भन्दै तत्काल हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गरे ।
गोरखामा बाबुरामले जे देखे

गोरखामा बाबुरामले जे देखे

काठमाडौं- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतका नेताहरु हेलिकोप्टरमार्फत् गोरखाको बारपाक पुगेका छन् । उनीसँगै कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठ र सभासद छमबहादुर गुरु? पनि बारपाक पुगेका थिए ।

कुन देशले कति सहयोग गरे?

काठमाडौं- महाभूकम्पले विध्वंश मच्चाएपछि मित्र राष्ट्रलगायत अन्तर्राष्ट्रिय संस्थाले सहयोगको घोषणा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरेक भारतीय नागरिकले नेपालीको आँशु पुछ्ने बताएका छन् । भारत, चीन, अमेरिका, पाकिस्तान,...

बढीभन्दा बढी रक्तदान गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले बढीभन्दा बढी रक्तदान गर्न आग्रह गरेका छन् । मन्त्रिपरिषदको बैठक पछि कोइरालाले दुर्घटनामा घाइतेको उपचारको लागि रगतको आवश्यकता हुने भन्दै देशबासीलई बढीभन्दा बढी रक्तदान गर्न आग्रह...

दाहालको नयाँ विकल्प : दुवैको प्रस्ताव मस्यौदामा

काठमाडौं- एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले संघीयताका मुद्दामा सहमति जुट्न नसके सत्तापक्ष र विपक्षी दुवैको प्रस्ताव संविधानको मस्यौदामा उल्लेख गरेर जनताको राय लिन सकिने विकल्प अघि सारेका छन्।

बाङडुङ सम्मेलन : शान्ति, विकास र समृद्धि साझा लक्ष्य

जाकर्ता (इन्डोनेसिया)- इन्डोनेसियाको जाकार्तामा जारी एसिया–अफ्रिका सम्मेलन शुक्रबार समापन भएको छ। जाकार्तामा बिहीबार सम्पन्न शिखर सम्मेलनले पारित गरेका महŒवपूर्ण तीनवटा दस्ताबेजलाई ऐतिहासिक सहर बाङडुङमा आयोजित स्मृति सभामार्फत घोषणा गर्दै सम्मेलनको...

मधेस मुद्दामा 'व्यक्तित्व टकराव'

मधेस मुद्दामा 'व्यक्तित्व टकराव'

काठमाडौं- संविधान निर्माणसँग सम्बन्धित राजनीतिक मुद्दालाई लिएर मधेसका दुई प्रभावशाली नेता विजयकुमार गच्छदार र उपेन्द्र यादवबीच 'व्यक्तिगत टकराव' चुलिँदो छ। यसले तराई–मधेस राजनीतिक वृत्तलाई नै दुई भागमा विभाजित गरेको छ...

छात्रवृत्तिमा पढ्ने चिकित्सकको विवरण देऊ : सर्वोच्च

काठमाडौं– सर्वोच्च अदालतले सरकारी छात्रवृत्तिमा अध्ययन गर्न विदेश गएका सम्पूर्ण चिकित्सकको अद्यावधिक विवरण उपलब्ध गराउन शिक्षा मन्त्रालयको नाममा आदेश जारी गरेको छ।

म्यानमारका राष्ट्रपतिको सोधे- 'लुम्बिनीमा विमानस्थल कहिले बन्छ?'

म्यानमारका राष्ट्रपतिको सोधे- 'लुम्बिनीमा विमानस्थल कहिले बन्छ?'

जाकर्ता (इन्डोनेसिया)– इन्डोनेसियाको जाकर्तामा जारी एशिया–अफ्रिका सम्मेलन शुक्रबार समापन भएको छ । जाकर्तामा बिहीबार सम्पन्न शिखर सम्मेलनले पारित गरेका महत्वपूर्ण तीनवटा दस्ताबेजलाई ऐतिहासिक सहर बाङडुङमा आयोजित स्मृति सभामार्फत् घोषणा गर्दै...