Tuesday 17 Bhadra, 2071 |
Menu

राजनीति

चुनावको प्रतिकार गर्छौं : कँडेल

  • मङ्गलबार ७ जेष्ठ, २०७०
  • मदन ठाकुर
  • DISQUS_COMMENTS
(0 votes)
रौतहट- नेकपा-माओवादीका पोलिटब्यूरो सदस्य हरिभक्त कँडेलले वर्तमान अवैधानिक सरकारले गराउने चुनावको शसक्त प्रतिकार गर्ने चेतावनी दिएका छन्। आफूहरु चुनावको पक्षपाति भएको बताउँदै नेता कँडेलले वर्तमान चुनाबी सरकारका अध्यक्ष खिलराज रेग्मी सरकारसमक्ष विभिन्न माग राख्दै राष्ट्रियताको मुद्दासहित रौतहटको चन्द्रनिगाहपुरमा आयोजित मेची–महाकाली जनजागरण अभियानको शिलशिलामा यस्तो चेतावनी दिएका हुन्। 

ठूला चार दलीय सिण्डिकेटबाट बनेको वर्तमान सरकार अवैधानिक भएको ठहर गर्दै नेता कँडेलले चुनाबी सरकारविरुद्ध उत्रेका ३३ दलीय मोर्चाले उठाएको माग जायज भएको र आफूहरुका माग सम्बोधन नगरी चुनाव गराउने दुस्प्रयास नगर्न चेतावनी दिए। 

नेता कँडेलले आफहरु चुनावको पक्षमा रहेको तर ३३ दलीय मोर्चाले उठाएका जायज मागको आन्दोलनका गतिविधिले सरकार र चार दलीय नेतृत्व अत्तालिएको तथा संविधान सभाको चुनावको मितिसमेत घोषणा गर्न नसकेको दाबी गरेका छन्। 
३३ दलीय मोर्चाले जेठ १ गतेबाट पूर्वमा काकडभिट्टा र पश्चिमको महाकालीबाट सुरु गरेको अभियान जेठ १४ गते काठमाडौंमा पुगेर समापन हुने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ।

भदौ २१ भित्रै सहमति जुटाउन कसरत

काठमाडौं- संविधानका बाँकी विवादित विषयमा दिनरात छलफल गरेर भए पनि भदौ २१ भित्र सहमतिमा पुग्ने गरी संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले पहल थालेको छ।

तरुण दलको अधिवेशन मंसिरमा हुने

काठमाडौं– नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल तरुण दलले मंसिर १० देखि १२ गते महाधिवेशन गर्ने भएको छ। केन्द्रीय समितिको आइतबार र सोमबारको बैठकले महाधिवेशनको मिति तय गरेको तरुण दलका...

वैद्यलाई नल्याई प्रक्रियामा गए प्रत्युत्पादक : एमाओवादी

काठमाडौं– एकीकृत माओवादी मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई नल्याई संविधान निर्माण प्रक्रियामा जानु प्रत्युत्पादक हुने जनाएको छ। वैद्य पक्षले माग गरेको सर्वपक्षीय राजनीतिक सभा उचित र वैधानिक भएको एमाओवादीको ठहर छ।

शक्तिखोरमा नेपाली र अमेरिकी सेनाले संयुक्त अभ्यास गर्ने

काठमाडौं— नेपाली सेना र अमेरिकी सेनाले भदौ २३ देखि २८ गतेसम्म चितवनका विभिन्न स्कूलमा संयुक्त अभ्यास गर्ने भएका छन्। नेपाली सेनाको मध्य पृतना हेडक्वाटरको जिम्मेवारी क्षेत्रमा रहेका रोटरी मावि, राष्ट्रिय मावि,...

मलाई क्यान्सरले केही गर्न सक्दैनः प्रम

काठमाडौं— प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई क्यान्सरले पनि केही गर्न नसक्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्राकृतिक प्रकोप पीडितहरुका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा जम्मा गरिने राहत रकम...

महिला संघ महाधिवेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं-नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघको तेस्रो महाधिवेशन आगामी मंसिरमा हुने भएको छ। संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ।

संवैधानिक समितिको बैठक अब दैनिक बस्ने

काठमाडौं- संविधान सभाअन्तर्गतको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक प्रत्येक दिन गरिने भएको छ। भदौ २१ गतेभित्र नयाँ संविधान निमार्णका विवादित विषयमा सहमति खोज्न अनिवार्य कार्यतालिका भएकाका कारण सभापति...

अघिल्लो संविधान सभाका अधिकांश विषयमा सहमति

काठमाडौं- संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले अघिल्लो संविधान सभाको अधिकांश विषयवस्तुमा सहमति गरेको छ। सोमबार सिंहदवारमा बसेको बैठकले संविधान सभाले संविधान जारी गरिसकेपछि संसदको अर्को चुनाव नभएसम्म यही संसद्ले...