Monday 19 Magh, 2071 |
Menu

राजनीति

HUB

पूर्वसभासदको हत्यापछि राजमार्ग अवरुद्ध, आफन्त विह्वल (फोटो फिचर)

  • मङ्गलबार ७ जेष्ठ, २०७०
  • मिथिलेश यादव/जितेन्द्रकुमार झा
  • DISQUS_COMMENTS
(0 votes)
मियाँको हत्यापछि विह्वल आमा मियाँको हत्यापछि विह्वल आमा
सप्तरी – पूर्व सभासद शदरुल मियाँको हत्याले परिवार तथा आफन्त विह्वल छन्। आक्रोसित स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् भने प्रहरीले तालिमप्राप्त कुकुर झिकाएर अनुसन्धान थालेको छ। धरानबाट ल्याएका कुकुरले अनुसन्धान थाले पनि आक्रोसित स्थानीयले गृहमन्त्री घटनास्थल आएर दोषीलाई कारवाही गर्ने वाचा नगरेसम्म आन्दोलन नरोक्ने भन्दै राजमार्ग अवरुद्ध पारिरहेका छन्।


यसैगरी मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ताले घटनालाई कायरतापूर्ण भन्दै खस्कँदो सुरक्षास्थितिले सबैको जीवन खतरामा पारेको बताएका छन्। फेसबुकमार्पत् मियाँलाई सम्झिँदै उनले भनेका छन्- 'पूर्व सभासद सदरूल मियाको हत्या एक कायरतापूर्ण कार्य हुन्। सबैका प्रिय उनी धार्मिक विचारका थिए।'

 

2

हत्यापछि अवरुद्ध गरिएको पूर्वपश्चिम राजमार्ग

 

4

 

हत्या भएको स्थानमा भेला भएका स्थानीय

 

3

 

सुरक्षाकर्मीसँग आक्रोस पोख्दै आफन्त तथा गाउँले


सबै तस्विरः मिथिलेस यादव

सम्बन्धित लिङ्क

पूर्व सभासदको घाँटी काटेर हत्या

 

 

समितिको कार्यविधि पारित, अनुपस्थित दलका विचारसहित प्रश्नावली बनाइने

काठमाडौं- संविधानको अन्तर्वस्तुमा देखिएका असहमतिलाई प्रश्नावली तयार गर्न संविधानसभाबाट गठित प्रस्ताव निर्माणसमितिको आजको बैठकले आफ्नो कार्यविधि पारित गर्दै अनुपस्थित दल र सभासद्का विचार र मतलाई पनि प्रश्नावलीका रुपमा समेट्ने आधार तय गरेको छ।...

माधवकुमार नेपाललाई अन्तर्राष्ट्रिय अवार्ड

माधवकुमार नेपाललाई अन्तर्राष्ट्रिय अवार्ड

मनिला- पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालले अन्तर्राष्ट्रिय अवार्ड जितेका छन्। फिलिपिन्सको मनिलामा शनिबार आयोजित एसिया सम्मिटमा नेपालले 'लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड' पाएका हुन्।

आन्दोलनका विषयमा मधेसी मोर्चाभित्र विवाद

काठमाडौं– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र सडक आन्लोलन गर्ने विषयमा विवाव बढ्दै गएको छ। वार्ताको औचित्य नभएको भन्दै सडक आन्दोलनको पक्षमा रहेका फोरम नेपाल, तमलोपा र सद्भावना पार्टीका नेताले बताइरहेका बेला...

प्रक्रिया स्थगित गरेर वार्ता गर्नुपर्छ : श्रेष्ठ

काठमाडौं–एकीकृत नेकपा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कांग्रेस र एमालेले सहमतिबाटै अघि बढ्ने पूर्ण प्रतिबद्धता र अहिलेको प्रक्रियालाई स्थगित गरे  वार्ता र संवादमार्फत संविधान लेखन प्रक्रियामा नयाँशिराबाट अगाडि बढ्ने बताएका छन्।

राप्रपा नेपालले प्रस्ताव निर्माण समिति बहिस्कार गर्ने

काठमाडौं- राप्रपा नेपालले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विषयमा प्रश्न तयार पार्न कांग्रेस-एमाले तयार नभएको भन्दै प्रस्ताव निर्माण समिति बहिस्कार गरेको छ। राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले विवादित विषयमा प्रश्नावली...

फेरिँदै अदालती मुद्दाको रुप

इलाम- जिल्ला अदालत इलामको ‘कज लिस्ट' मा गत मंगलबार एकै प्रकृतिका दुई मुद्दा देखिए। व्यक्ति, नामथर र ठेगाना फरकफरक भए पनि उनीहरूको मुद्दाको विषय एउटै थियो– सम्बन्धविच्छेद। पछिल्लोपल्ट राई थरकी...

पुनरावेदनमा आधा मुद्दा उल्टिन्छन्

पुनरावेदनमा आधा मुद्दा उल्टिन्छन्

काठमाडौं-न्यायालयको निष्पक्षतामाथि विभिन्न पक्षले प्रश्न उठाइरहेका बेला जिल्ला अदालतले किनारा लगाएका झन्डै ५२ प्रतिशत देवानी मुद्दा पुनरावेदन अदालतले उल्ट्याइदिने गरेको अध्ययनले देखाएको छ।

एघार तले टावर बनाउँदै एमाले

एघार तले टावर बनाउँदै एमाले

काठमाडौं-नेकपा एमालेको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने विषयमा छलफल सुरु भएको छ। पार्टी मुख्यालयको हालको भवन साँघुरो भएकाले नयाँ भवन बनाउन पार्टीभित्र छलफल सुरु भएको हो। तल्कालीन अध्यक्ष झलनाथ खनाल...