Thursday 13 Kartik, 2071 |
Menu

राजनीति

फौजदारी मुद्दा लागेकालाई निषेध गर्न मिल्दैन : दाहाल

  • मङ्गलबार ७ जेष्ठ, २०७०
  • चादनी हमाल
  • DISQUS_COMMENTS
(0 votes)
चितवन - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले फौजदारी अभियोग लागेकै भरमा चुनावमा उम्मेद्वार हुन निषेध गर्नु नहुने बताएका छन्। 'दलहरुबीचमा समझदारी भएको छ फौजदारी अभियोग लागेका भनेर निषेध गर्न सकिन्न', चितवनमा आयोजित कार्यक्रममा उनले भने।
निर्वाचनको मिती घोषणा अन्तिम तयारीमा रहेको जानकारी दिँदै उनले निर्वाचन सम्बन्धी अध्यादेशका कारण मिति घोषणा गर्न ढिलाई भएको बताए। क्रान्तिकारी पत्रकार संघको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, 'केही दलले निर्वाचन नचाहेको आरोप दाहालले लगाए तर पनि हामी निर्वाचन गराएरै छाड्छौ।'

थ्रेसहोल्डका विषयमा पुरानो संविधानसभाको निर्वाचनमा जे थियो त्यही गर्नुको विकल्प नरहेको उनले बताए। 'विगतको निर्वाचनमा जस्तो छ त्यही अनुसार चुनावको तयारी गर्नुपर्छ उनले भने नभए धेरै कुरा संसोधन गरेर जानु सम्भव छैन।'

फौजदारी अभियोग लागेकाले पनि चुनाव लड्न पाउने आसय व्यक्त गर्दै उनले थपे, 'गीतानगरको हिमालयन उच्च माविको कार्यक्रममा उनी अहिले सहभागी भैरहेका छन्।

राजनीतिक भागबन्डाले सहमति जटिल : भट्टराई

कठमाडौं– संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका अध्यक्ष बाबुराम भट्टराईले संविधानका विवादित विषयमा सहमतिमा पुग्ने कार्य केही नेता र पार्टीको सत्ताप्रतिको चासोले गर्दा जटिल भएको बताएका छन्। कुनै पार्टीको नाम नलिई...

संघीयता बारे रसियन राजदूतले के भने?

काठमाडौं– नेपालका लागि रुसका राजदुत सेरेगेई भ्यासिलोभिच भेलिच्किनले यान्त्रिक पहिचानको आधारमा संघीय राज्य बनाउन नहुने सुझाव दिएका छन्। बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा राजदुत भेलिच्किनले सिमान्तकृत तथा पिछडिएका...

कोइराला, ओली र दाहाल गोप्य बैठक गर्दै

काठमाडौं– संविधान सभाका विवादित विषयमा सहमति जुटाउन सक्रिय मुख्य तीन दलका शीर्ष तीन नेताहरुले गोप्य बैठक गर्ने भएका छन्। आज अपरान्हका बबरमहल स्थित शान्ति कोषको सचिवालयमा तोकिएको बैठक विषय प्रवेश...

भट्टराईद्वारा सूर्यबहादुर र कमल थापाहरुसँग परामर्श

काठमाडौं— संविधान सभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले बिहीबार पूर्वपञ्च एवं कम्युनिस्ट नेताहरुसँग सामुहिक परामर्श गरेका छन्। आज उनले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, राप्रपा नेपालका अध्यक्ष कमल थापा,...

प्रदेशमा कांग्रेस–एमालेबीच सहमति

काठमाडौं- संविधान सभाका मुख्य दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले ६ वा ७ प्रदेशमा राज्यको संघीय पुन:संरचना गर्नेबारे सहमत भएका छन्।

१० दिनमा १४२ अभियुक्त पक्राउ

काठमाडौं-अदालतबाट भएको अन्तिम फैसला बेवास्ता गरेर बसेका अभियुक्तसँग कैद तथा जरिवाना असुल गर्न न्यायालयले अभियान थालेयता १ सय ४२ जना पक्राउ परेका छन्।

क्षतिपूर्ति बडापत्र लागु गर्न निर्देशन

काठमाडौं-राष्ट्रिय सतर्कता केन्द्रले क्षतिपूर्तिसहितको बडापत्र सञ्चालनमा ल्याउन सबै सरकारी निकायलाई निर्देशन दिएको छ। केन्द्रले सबै मन्त्रालयहरुलाई मातहतका निकायमा ढिलासुस्ती रोक्न क्षतिपूर्तिसहितको नागरिक बडापत्र सञ्चालनमा ल्याउन निर्देशन दिएको हो।

सार्क सम्मेलनको नारा- ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन'

काठमाडौं– आसन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अठारौं शिखर सम्मेलनका लागि ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन' भन्ने नारा तय भएको छ। शिखर सम्मेलन आगामी मङ्सिर १० र...