Wednesday 10 Mangshir, 2071 |
Menu

राजनीति

पूर्व सभासदको घाँटी काटेर हत्या

Ad MyNepal Nagarik
(0 votes)
सप्तरी -सप्तरीको कल्याणपुर गाविस-२ विसनपुर घर भएका ५० वर्षीय शदरुल मियाँ हकको गए राति हत्या गरिएको छ । पूर्व संविधानसभाको सभासद समेत रहेका हकलाई उनकै हुमा आयल ट्रेडर्समा घाँटी काटेर हत्या गरिएको अवस्थामा आज बिहान फेला पारिएको थियो । उनको घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको पाइएको छ।
घरबाट आफ्नै पेट्रोलपम्पमा राति सुत्न आएका र बिहान अबेरसम्म घर नफर्केपछि परिवार र पम्पका कर्मचारीहरु हेर्न जाँदा उनलाई मृत अवस्थामा फेला परेका थिए ।
सप्तरी निर्वाचन क्षेत्र नं ५ बाट स्वतन्त्र उम्मेद्वार भइ उनी संविधानसभामा निर्वाचित भएका थिए। राजनीतिक वा व्यवसायिक रिसिइवी कारण हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रारम्भिक अनुमान गरेको छ । 
उनको हत्या भएपछि आक्रोशित स्थानीयले पूर्व-पश्चिम राजमार्गको विसनपुर सडकखण्ड अवरुद्ध पारेका छन् । अहिले घटनास्थलमा उनका समर्थक र स्थानीयको ठूलो भीड लागको छ।

सन्ध्याकालीन अदालत शुरु

काठमाडौं— छिटो न्याय सम्पादनका लागि प्रभात र सन्ध्याकालीन अदालत पनि सञ्चालनमा ल्याउने भनि न्यायलयले गरेको तयारीको कार्यान्वयन दुईवटा जिल्ला अदालतवाट शुरु भएको छ। काठमाडौं र ललितपुर जिल्ला अदालतमा गत सोमवारदेखि...

भट्टराईलाई अफगानिस्तान भ्रमणको निम्तो

काठमाडौं– अफगानिस्तानका राष्ट्रपति असरफ गनीले एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईलाई अफगानिस्तान भ्रमणको निम्तो दिएका छन्। सार्क सम्मेलनमा भाग दिन काठमाडौंमा रहेका राष्ट्रपति गनी र भट्टराईबीच बुधवार भएको भेटवार्तामा राष्ट्रपति गनीले...

अनलाइन–एसएमएसबाट मुद्दाको जानकारी

अनलाइन–एसएमएसबाट मुद्दाको जानकारी

काठमाडौं-सर्वोच्च अदालतले सेवाग्राहीलाई मुद्दाको अवस्था जानकारी दिन एसएमएस र अनलाइन सेवा सुरु गरेको छ। मुद्दाका लागि दिनहुँ अदालत धाउँदा हैरानी खेपेका सेवाग्राहीलाई राहत दिन यस्तो सेवा सुरु गरेको सर्वोच्चले जनाएको...

‘सहमतिमा संविधान बनाउन प्रयास जारी’

‘सहमतिमा संविधान बनाउन प्रयास जारी’

काठमाडौं- राष्ट्रपति रामवरण यादवले दलीय सहमतिमै संविधान निर्माण गर्न भगीरथ प्रयास जारी रहेको बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मंगलबार साँझ भएको भेटवार्तामा राष्ट्रपति यादवले सहमति प्रयास भए पनि संविधानका...

दलका नेतासँग मोदीको भेटघाट

काठमाडौं– सार्क शिखर सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक दलहरूसँग सहमतिका आधारमा निर्धारित समयभित्रै संविधान जारी गर्न जोड दिएका छन्। मंगलबार साँझ भएको शिष्टाचार भेटमा भारतीय प्रधानमन्त्री...

निर्धारित समयमै संविधान जारी गर्नुस्:मोदी

काठमाडौं– सार्क शिखर सम्मेलनमा भाग लिन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक दलहरुसँगको भेटमा निर्धारित समयभित्रै सहमतिमा संविधान जारी गर्न जोड दिएका छन्। मंगलबार साँझ शिष्टचार भेटमा भारतीय प्रधानामन्त्री...

एक खर्ब भारतीय सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौँ- भारतले नेपाललाई उपलब्ध गराएको एक खर्ब रकम मुलुकका विभिन्न आयोजनामा खर्च गर्ने गरी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित विशेष समारोहमा अर्थ मन्त्रालयका सहसचिव...

राष्ट्रपति-मोदी भेटवार्ता

राष्ट्रपति-मोदी भेटवार्ता

काठमाडौँ- राष्ट्रपति रामवरण यादवसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अघि साँझ शिष्टाचार भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी हित, साझा चासो र दक्षिण एसियाली क्षेत्रीय...