17 Shrawn, 2071 |
Menu

राजनीति

निर्वाचनबारे शङ्का नगर्नुस् : भट्टराई

  • बिहीबार २ जेष्ठ, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
बुटवल- एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले संविधानसभाको निर्वाचनका बारेमा शङ्का नगर्न आग्रह गरेका छन्। क्रान्तिकारी पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष डा भट्टराईले निर्वाचन सम्पन्न गर्न सबैको सहयोग जरुरी भएको पनि बताए। 


संविधान सभाको निर्वाचन देशको मूल कानुन बनाउने विषयसँग जोडिएकाले सबैको सहयोग अपरिहार्य हुने उहाँको तर्क थियो। निर्वाचनका लागि मोहन वैद्य पक्षीय नेकपामाओवादीलगायतका दललाई पनि सहमत गराइने बताउँदै आगामी कात्तिकको अन्त्य वा मङ्सिरको पहिलो साता निर्वाचन हुनेसमेत दाबी गरे। 

उपाध्यक्ष भट्टराराईले मुलुकको राष्ट्रियता बलियो बनाउन अबको निर्वाचनमा मधेसका नेता पहाडबाट र पहाडका नेता मधेसबाट निर्वाचन लड्नुपर्ने बताए। राष्ट्रिय एकताका निम्ति मधेसको भूमिका महत्वपूर्ण हुने भन्दै उनले आउँदो संविधान सभाको चुनावमा मधेस र पहाडका नेता फरकफरक ठाउँबाट उठे राष्ट्रियता बलियो हुने तर्क गर्दै यसबारे आफ्नो पार्टीभित्र छलफल सुरु भएको जानकारी पनि दिए। 

भारतीय अनुदानमा अरुण तेस्रो बनाउँ : मधेसवादी दल

काठमाडौं– तराई–मधेसकेन्द्रित ६ राजनीतिक दलले भारतसँगको वार्तामा हुलाकी मार्ग, अरुण तेस्रो, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, चुरे संरक्षणसम्बन्धी एजेन्डालाई प्राथमिकतामा राख्नु पर्ने बताएका छन्।

तिब्बती सीमामा राष्ट्रिय झन्डा राखिँदै

मुगु– चीनको स्वशासित क्षेत्र तिब्बतको सीमासँग जोडिएको मुगु गाविसमा राष्ट्रिय झन्डा राखिने भएको छ। तिब्बतसँग सीमा जोडिएका नेपालका १३ वटा हिमाली जिल्लाका सीमामा रहेका सरकारी कार्यालयमा सरकारले नेपालको झन्डा गाड्ने...

लेखा समितिको सभापतिमा जनार्दन शर्मा

काठमाडौं- व्यवस्थापिका संसद अन्तर्गत लेखा समितिको सभापतिमा एकीकृत नेकपा (मओवादी)का नेता जनार्दन शर्मा निर्बिरोध चयन भएका छन्।

मोदी भ्रमणबारे साझा धारणा आवश्यक: अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा नेपालको विकासका लागि सबै दलले साझा धारणा बनाउनु पर्ने बताएका छन्। शुक्रबार बसेको व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्दै...

संविधान मस्यौदा उपसमितिले सहमतिको प्रतिवेदन बुझायो

काठमाडौं- संविधान मस्यौदा उपसमितिले संविधानका सहमति भइसकेका विषयको प्रतिवेदन बुझाएको छ।

मोदी सहभागी हुने कार्यक्रममा निजी मिडियालाई प्रवेश निषेध

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला हुने बैठक तथा भेटघाटमा निजी मिडियालाई प्रवेश नदिने भएको छ। सुरक्षा संवेदनशिलताका कारण बैठक तथा भेटघाटमा सरकारी मिडियालाई मात्र प्रवेश दिइने परराष्ट्र...

मोदी भ्रमण नेपाल-भारत सम्बन्धको सकरात्मक सुरुवातः नारायणकाजी

काठमाडौं- एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणको सफलता नेपाल-भारत सम्बन्धमा सकरात्मक सुरुवातको आधार बन्नसक्ने बताएका छन्।

मोदी भ्रमणमा सडक र बिजुलीमा सहयोग जुटाउन दलको सुझाव

काठमाडौं- संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला जलविद्युत परियोजना र सडक निर्माणमा सहयोग जुटाउन सरकारलाई सुझाव दिएका छन्।