5 Poush, 2071 |
Menu

राजनीति

एमाओवादीको दादागरी एमालेले सहदैन : नेपाल

  • बिहीबार २ जेष्ठ, २०७०
  • मदन ठाकुर
  • DISQUS_COMMENTS
(0 votes)
रौतहट- नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललेचार दलभित्र एमाओवादीको दादागिरी एमालेले चल्न नदिने बताएका छन्। रौतहटको सदरमुकाम गौरमा युवा संघ नेपालको २३औं स्थापना दिवसको अवसरमा गौर अस्पतालका बिरामीलाई फलफूल वितरण कार्यक्रममा वरिष्ठ नेता नेपालले भने, 'चार दलको संयन्त्रभित्र एमाओवादीले विभिन्न षड्यन्त्र गरेर दादागिरी गर्न खोजिरहेकाले कडा प्रतिवाद गर्छौं।'
मंसिरसम्म पनि चुनाव हुन सकेन भने त्यसको जिम्मेवारी वर्तमान सरकारको हुने बताउँदै नेपालले दोस्रो जिम्मेवारी प्रतिपक्षीको पनि हुने बताए। सञ्चारकर्मीको प्रश्‍नको जवाफ दिँदै नेपालले चुनावको कानुनी पक्ष मिलाएर वातावरण बनाउने काम सरकारको भएको बताउँदै नाजायज माग तेर्साउनुको साटो मोहन वैद्य नेतृत्व माओवादीलगायतका दललाई जायज कुरा लिएर वार्तामा आइ चुनावको वातावरण बनाइदिन आग्रह गरे। 

चुनावको कुनै विकल्प नभएकाले देशलाई थप जटिल अवस्थामा पुग्न नदिन सबै पक्षले चुनावको तैयारीमा लाग्नुपर्नेसमेत नेपालको भनाइ थियो। 

सहमतिमा संविधान जारी गर्न माघ ८ नै चाहिँदैन : भट्टराई

भक्तपुर- संवैधानिक-राजनीतिक संवाद समितिका सभापति एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सहमतिमा संविधान जारी गर्न माघ ८ कै मिति हुनुपर्छ भन्ने नभएको बताएका छन्।

एमाले पर्वतको अध्यक्षमा पदम गिरी

एमाले पर्वतको अध्यक्षमा पदम गिरी

पर्वत- नेकपा(एमाले) पर्वतको अध्यक्षमा केपी शर्मा ओली पक्षीय युवा नेता पदम गिरी निर्वाचित भएका छन्। माधवकुमार नेपाल पक्षका राजु पौडेललाई २७ मतले पछि पार्दै गिरी विजयी भएका हुन्। आज बिहान...

‘नेपालमा धर्मबारे जर्मनीले वकालत गर्दैन'

काठमाडौं-नेपालका लागि जर्मनीका राजदूत माथियास मायरले धर्मपरिवर्तनका पक्षमा जर्मनी वकालत नगर्ने बताएका छन्। धार्मिक स्वतन्त्रताका पक्षमा जर्मनी रहे पनि उनले आफ्नो देश धर्म परिवर्तनको प्रावधान हुनुपर्छ भन्ने पक्षमा नरहेको स्पष्ट...

सत्यनिरुपण ऐन संशोधन गर्न विज्ञको सुझाव

काठमाडौं-सत्यनिरुपण तथा बेपत्ता छानबिन र मेलमिलाप आयोगसम्बन्धी ऐन अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको फैसला र विद्यमान अन्तरिम संविधानको व्यवस्थासँग मेल नखाने भन्दै विज्ञहरुले संशोधन हुनुपर्ने राय दिएका छन्।

प्रधानमन्त्री कोइराला र सत्यार्थीबीच भेट

काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले नोबेल शान्ति पुरस्कार विजेता भारतीय सामाजिक अभियान्ता कैलाश सत्यर्थीसंगको साक्षात्कारबाट आफूलाई ठूलो प्रेरणा मिलेको बताएका छन्। यस वर्षको नोबेल शान्ति पुरस्कार भारतीय सामाजिक अभियान्ता कैलाश सत्यर्थीसँगको...

गृहमन्त्रीले भने: मदिरा सेवन गरेर राजमार्गमा पैदलयात्रा गर्नेलाई कारवाही गर्नु पर्छ

काठमाडौं–गृहमन्त्री वामदेव गौतमले मदिरा सेवन गरी राजमार्गमा हिँड्नेलाई पनि कारवाही गर्नु पर्ने बताएका छन्। मदिरा सवारी चलाउँदा अधिकांश दुर्घटना हुने गरेको तर्क गर्दै मदिरा बिक्री वितरणलाई कडाइ गर्नुपर्ने गौतमको भनाइ...

संविधानसभा बैठक : सूचना केन्द्रको अडियो काटियो

काठमाडौं- वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका कर्मचारीले संसद् सचिवालयले आफूहरुले गरेको प्रतिबद्धता पूरा नगरेको भन्दै संविधान सभाभित्र सूचना केन्द्रको अडियो लाइन काटेका छन्। अडियो लाइन काटेपछि टेलिभिजन पत्रकारहरुको रिपोर्टिङ...

संविधानसभा बैठक: ‘सभाध्यक्षले निकास निकाल्नुपर्छ'

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले पहल गरेर संविधान निर्माणको गतिरोध अन्त्य गर्नुपर्ने नेताहरूले बताएका छन्। बिहीबार संविधानसभा बैठकमा विभिन्न दलका सभासदले जसरी पनि माघ ८ मै संविधान जारी गर्नुपर्ने बताउँदै संविधानसभा...