Sunday 6 Baishak, 2072 |
Menu

राजनीति

sagoon

अनसनकारीको स्वास्थ्यअवस्था चिन्ताजनक

(0 votes)
काठमाडौं- तराईमधेसका विभिन्न जिल्लामा चार दिनदेखि आमरण अनसन बसेका सद्‍भावना पार्टीका केन्द्रीय नेता तथा कार्यकर्ताको स्वास्थ्यस्थिति बिग्रिँदै गएको छ। सद्‍भावनाका महासचिव मनिषकुमार सुमनले १० बुदेँ माग राख्दै आमरण अनसनमा बसेका अनसनकारीलाई सरकारले बेवास्ता गरेको गुनासो गरेका छन्।
'इनरुवामा पार्टी प्रवक्ता संतोष मेहता र देवराम यादव 'मधेसी'ले थालेको आमरण अनसनको आज १५औं दिन पुगेको छ,' सुमनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'मुलुकका विभिन्न जिल्लामा बसिरहेका पार्टी नेता गणको स्वास्थ्य अवस्था बिग्रिरहेको र केही अनसनकारीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेपनि सरकार मौन रहनु घोर आपत्तिजनक र निन्दनीय कार्य हो।

उनका अनुसार विराटनगरइनरुवाराजविराजलहानजनकपुरजलेश्वरमलंगवागौरकलैयावीरगञ्जभरतपुरपरासीतौलिहवालमहीनेपालगञ्जगुलरीयाधनगढीबेलौरीपोखरा र दमौलीमा चार दिन देखी अनसनकारी बसिरहेका छन्। 

निर्वाचनको मिति घोषणानिर्वाचन क्षेत्र पुनः निर्धारण आयोग गठनआमाको नाममा पनि नागरिकता वितरणमतदाता नामावलीको लागि नागरिकता प्रमाण पत्र बाहेकका प्रमाणलाई आधार मान्नुपर्नेवार्तामा रहेका सशस्त्र आन्दोलनरत् मधेसी नेताको सुरक्षालगायत निजमाथि लगाइएका मुद्दा खारेजीसबै ठाउँमा भारतीय रुपैया सटही काउन्टरको व्यवस्थालगायत १० बुँदे माग राखेर अनसनमा बसिरहेको छ। 

अन्तरिम संविधान र बृहत शान्ति सम्झौताका आधारमा सहमति : दाहाल

चितवन–एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले संविधानका अन्तर वस्तुका विषयमा दलहरुबीचमा अन्तर विरोधहरु कम हुँदै गएको बताएका छन्। क्रान्तिकार पत्रकार संघ नवलपरासीले शनिबार डण्डामा आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले...

सहमति नभए दुईतिहाइबाट संविधान:उपप्रधान मन्त्री गौतम

पोखरा-उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले संविधानका अन्तरवस्तुमा अधिकतम लचक भएर सहमति गर्ने र सहमति हुन नसकेमा दुई तिहाईवाट नयाँ संविधान जारी गर्ने दृढता व्यक्त गरेका छन ।

प्रक्रियाबाटै संविधानः आचार्य

रोल्पा–सत्तारुढ दल काग्रेस एमाले र एकीकृत माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाबीच नयाँ संविधान निर्माण गर्न सहमति र प्रक्रियाको जुहारी चली रहेको बेला संविधानविद् भिमार्जुन आचार्यले प्रक्रियाबाटै संविधान जारी गर्नु...

दाहालकै नेतृत्वका निर्णायक आन्दोलन

धरान–राष्ट्रिय जनमुक्ति पार्टीको तीन दिने ११ औं राष्ट्रिय भेला बैशाख अन्तिम साता चितवनको नारायणगढमा हुने भएको छ।

बहुमतको आधारमा संविधान बनाउन चुनौति

काठमाडौं– एकीकृत माओवादीका प्रवक्ता दीनानाथ शर्माले सत्तापक्षले बहुमतको आधारमा पेलेर गए आन्दोलनको विकल्प नभएको बताएका छन्। उनले बहुमतको बहुमतको आधारमा संविधान बनाउन कांग्रेस एमालेलाई चुनौति दिएका छन्।

प्रधानमन्त्रीसहित १७ सदस्यीय टोली इन्डोनेसिया जादै

बैशाख–प्रधानमन्त्री शुसील कोइराला १७ सदस्यीय प्रतिनिधि टोलिसहित '६०औं एसियन–अफ्रिकन समिट' मा सहभागी हुन सोमबार इन्डोनेसिया प्रस्थान गर्दैछन्। परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे सम्मेलनमा सहभागी हुन शनिबार नै इन्डोनेसिया जादैछन्।

एमालेले सरकार छाड्न सक्ने विद्या भण्डारीको चेतावनी

पोखरा– नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले संविधान निर्माणमा ढिलासुस्ती गरिए एमालेले सरकार छाड्न सक्ने चेतावनी दिएकी छन्।

महतोले पठाए दुई सद्‍भावनालाई एकीकरणको प्रस्ताव

काठमाडौं– राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले अन्य दुई सदभावना पार्टीका अध्यक्षलाई पत्र लेख्दै पार्टी एकीकरणका लागि प्रस्ताव गरेको छ।