Friday 9 Shrawn, 2071 |
Menu

राजनीति

४ दलीय सिन्डिकेटले राष्ट्रियता खतरामा पर्यो : थापा

  • बिहीबार २ जेष्ठ, २०७०
  • बरुण पनेरु
  • DISQUS_COMMENTS
(0 votes)
डडेल्धुरा - राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलीय सिन्डिकेटले राष्ट्रियता गम्भीर खतरामा रहेको बताएका छन् । सुदूरपश्चिम भ्रमणका क्रममा डडेल्धुराको प्रसिद्ध घटालबाबा मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा थापाले चार दलको गतिविधिले नेपालको राष्ट्रियता गम्भीर अवस्थामा पुगेको बताए । देश र जनताको भावना अनुसार कुनै काम भइरहेको छैन,' अध्यक्ष थापाले भने, 'रेग्मी सरकारले गर्ने संविधानसभाको निर्वाचन निष्पक्ष र स्वतन्त्र हुनेमा शंका छ।'
सरकार र दलहरु विदेशी इसारामा चलिरहेकाले पनि देशको अवस्था गम्भीर भएको उनको भनाइ थियो। हिन्दू राज्यका बारेमा जनमत संग्रह नहुँदासम्म मुलुकको अवस्था झन् गम्भीर हुँदै जाने उनले बताए । माओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाले लोकमानलाई अख्तियार जस्तो स्वच्छ निकायमा भर्ना गर्नु राम्रो नभएको बताए। 
शाहीकालीन गृहमन्त्री समेत रहेका थापाले राजसंस्थाबारे भने कुनै प्रतिक्रिया दिन चाहेनन्। उनले आज अछाम र डोटीमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेकेा छ।

नेपाल–भारत संयुक्त बैठक, कालापानी र सुस्ता विवाद प्राथमिकता

काठमाडौं- काठमाडौंमा शुक्रबारबाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा दुई देशबीच लामो समयदेखि समाधान हुन नसकेको कालापानी र सुस्ता सीमा विवादलाई नेपालले उच्च प्राथमिकताका साथ उठाउने भएको छ।

संविधानका ४८ पूर्वसहमति अनुमोदन

काठमाडौं-संविधानसभाअन्तर्गत संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संघीय व्यवस्थापिकाको नामसहित ४८ विषयमा सहमति जुटाएको छ।

प्राधिकरणमा तत्काल कार्यकारी प्रमुख नियुक्त गर्न अख्तियारको निर्देशन

काठमाडौ—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण लामो समयदेखि निमित्तको भरमा सञ्चालन भइरहेको भन्दै तत्काल कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ।

तल्लो सदनको नाम 'प्रतिनिधिसभा' राख्ने सहमति

काठमाडौं—संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले 'तल्लो सदनको नाम प्रतिनिधिसभा राख्ने' र '१८ वर्ष उमेर पुगेकालाई मतदानको अधिकार हुने' तत्कालीन संविधानसभाको संवैधानिक समितिले गरेको सहमतिलाई अनुमोदन गरेको छ ।

माधव नेपाल - चिनियाँ राजदूत भेट

काठमाडौं – (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत वू चुन्ताईले नेकपा भेटवार्ता गरेका छन् ।

भारतसँगको विद्युत व्यापार सम्झौताबारे सांसदको चासो

काठमाडौं - भारतीय विदेश मन्त्री सुषमा स्वराजको नेपाल भ्रमणको पूर्व सन्ध्यामा व्यवस्थापिका संसदका सदस्यहरुले नेपालले भारतसँग गर्न लागेको विद्युत व्यापारको सम्झौताको जानकारी माग गरेका छन्।

इजरेली हमलाको नेपाली कवि, लेखक, कलाकारद्वारा निन्दा

काठमाडौं - इजरेलले प्यालेस्टेनी गाँजा क्षेत्रमा आक्रमण गरेको भन्दै नेपालका लेखक, कवि र कलाकारहरुले विरोध कार्यक्रम आयोजना गरेका छन्। अनामनगरमा बिहीबार बिहान भेला भएर उनीहरुले इजरेली कदमको आलोचना गरेका हुन्।

यस्तो छ पाँचवर्षे मानवअधिकार रणनीति

काठमाडौं- सरकारले सशस्त्र द्वन्द्वसँग सम्बन्धित घटनाको सत्य–तथ्य पत्ता लगाउन, दोषीलाई कारबाही तथा पीडितलाई परिपूरणको व्यवस्था गर्न पञ्चवर्षीय मानवअधिकार रणनीति तयार गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको मानवअधिकार इकाइले आर्थिक वर्ष...