Thursday 12 Bhadra, 2071 |
Menu

राजनीति

एमाले छाड्दै उर्मिला

(0 votes)
काठमाडौं – नेकपा एमाले पोलिटब्युरो सदस्य उर्मिला अर्याल एकीकृत माओवादीमा प्रवेश गर्ने भएकी छिन्। अर्यालले माओवादी प्रवेशबारे उसको नेतृत्वसँग कुराकानी भइरहेको बताएकी छिन्।
'कुराकानी भइरहेको छ,' अर्यालले बुधबार साँझ नागरिकसँग भनिन्, 'गलत क्रियाकलापविरुद्ध लड्दालड्दा थाकिसकेँ, त्यसैले छाड्न लागेकी हुँ।' यसअघि एमाले पोलिटब्युरो सदस्य रामचन्द्र झा माओवादी गइसकेका छन्। 
एमाले भगिनी संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ)को नेतृत्व दाबी गर्दै आएकी अर्याल पोखरा राष्ट्रिय सम्मेलनयता पार्टी नेतृत्वसँग असन्तुष्ट छिन्। उक्त सम्मेलनले विद्या भण्डारीलाई अनेमसंघको अध्यक्ष पुनः निर्वाचित गरेको थियो। पर्सामा समानान्तर कमिटी गठन भएपछि प्युठान कमिटीबाट आर्याल प्रतिनिधि बनेकी थिइन्। तर, आयोजक कमिटीले त्यसलाई मान्यता दिएन। 
आर्यालले गुटगत राजनीतिले एमाले समाप्त हुने दिशातर्फ उन्मुख भएको बताइन्। 'गुटगत राजनीतिले गर्दा पार्टी समाप्त हुने दिशामा छ,' अर्यालले भनिन्, 'पार्टी पद्धति र विधानअनुसार चल्न सकेको छैन। नेताको घरमा चाकडी गर्न जानेलाई मात्रै हेर्ने चलन छ।' 
उनले माधव नेपाल महासचिव हुँदा व्यवस्थापन केही राम्रो भए पनि अहिले बिग्रेको बताइन्। 'झलनाथ खनाल गर्न सक्ने मानिस होइनन्,' अर्यालल भनिन्, 'अन्यले पनि गुटबन्दी गरे।' उनी २०४६ सालमा नेकपा (चौम)बाट तत्कालीन नेकपा मालेमा प्रवेश गरेकी हुन्। उनी एमालेबाट दुई/दुईपटक सांसद र मन्त्री भएकी थिइन्।

प्रधानमन्त्रीद्वारा राहत पुनस्थापना र पुनिर्माणलाई गति दिन निर्देशन

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले बाढी पहिरो पीडितहरुको तात्कालिन बन्दोबस्तका लागि थालिएको राहत वितरण कार्यलाई अझ गति दिदै पुनस्थापना र पुनर्निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिएका छन्।

एमाओवादीले केन्द्रीय समिति विघटन गर्ने

काठमाडौं-संविधानसभाको तेस्रो ठुलो दल एकीकृत नेकपा माओवादीभित्र देखा परेको आन्तरिक बिबाद समाधानतिर जान नसकेपछि बर्तमान केन्द्रीय समिति बिघटन गरी विशेष महाधिवेशन आयोजक समिति बनाइने भएको छ।

दाहालले भने- ...नत्र पार्टी एमाले बन्छ

काठमाडौं—पूर्व पोलिट्ब्युरो सहित पार्टीका शीर्ष नेताहरुको बैठकमा बोल्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी अहिलेकै मुद्दामा अझ एकताबद्ध भएर नगए एमाले बन्ने वा बिघटन हुने अवस्था आउने बताएका छन्। पेरिसडाँडामा जारी...

२६ जनाको मनोनयन रोक्न सर्वोच्चमा रिट

काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पान्डेले २६ जनाको मनोनयन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। पान्डेले बुधबार दर्ता गराएको रिटमा अदालतमा विचारधीन मुद्दालाई बेवास्ता गर्दै सरकारले...

पीटीए नगरे विदेशी लगानी भित्र्याउन कठिन:अर्थमन्त्री

पीटीए नगरे विदेशी लगानी भित्र्याउन कठिन:अर्थमन्त्री

काठमाडौं-अर्थमन्त्री रामशरण महतले भारतसँग विद्युत व्यापार सम्झौता (पीटीए) नगरे विदेशी लगानी नआउने बताएका छन्। नेपालबाट बिजुली बेच्न सकिन्छ भन्नेमा लगानीकर्ता विश्वस्त नभएसम्म जलविद्युतमा लगानी नभित्रिने बताएका हुन्। नेपाल आर्थिक पत्रकार...

उच्चस्तरीय राजनीतिक संयन्त्रको औचित्य छैन:उपसभापति पौडेल

काठमाडौं-नेपाली कांग्रेसका उप-सभापति रामचन्द्र पौडेलले उच्चस्तरीय राजनीतिक संयन्त्रको औचित्य नभएको बताएका छन्। विपि कोइराला अध्यायन केन्द्रले आयोजना गरेको कार्यक्रममा वोल्दै पौडेलले संविधान निर्माणका विवादीत विषयमा सहमति जुटाउने काम एमाओवादी नेता...

चन्दलाई अध्यक्ष नबनाउनुको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं-सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीको पार्टी अध्यक्ष को हुने भन्ने विवादमा लोकेन्द्र बहादुर चन्दले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।

पहिरोमा चारको मृत्यु, तीज मनाउन आएकी छोरीको परिवारै पुरियो

सिन्धुपाल्चोक— महांकाल गाविस-६ बोल्देमा दिलबहादुर तामाङको घर गए राति पहिरोले पुर्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा ३२ वर्षीय दिलबहादुर तामाङ, मानबहादुर तामाङ, १३ वर्षकी छोरी एलिसा...