Nepal Republic Media Pvt. Ltd.

epaper
Friday
Mar 12th

नारायणहिटीको अधिकार दिल्लीतर्फ सारिँदैछः दाहाल

smaller text tool iconmedium text tool iconlarger text tool icon
मधुसुधन गुरागाईं, सिन्धुलीगढी, माघ १०- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले हिजो नारायणहिटीको अधिकारलाई हाल दिल्लीतर्फ सार्न खोजिएको बताउँदै नेपाली जनताले यस्तो हुन नदिने दाबी गरेका छन्।

सिन्धुलीगढीमा आयोजित आमसभामा उनले नेपालमा राजतन्त्र अन्त्य भए पनि यससँग जोडिएका वैदेशिक हस्तक्षेपको अन्त्य नभएको बताए।


दाहालले विदेशीका दलाली र चाकडीका लागि नेपाली सेनालाई प्रयोग गर्न खोजिएको भन्दै आपत्ति व्यक्त गरे। उनले यस्तो सम्भव नभएको उल्लेख गरे। 'नेपाली सेनाभित्र पनि राष्ट्रभक्ति छ। तर, नेपाली सेनाका केही जनरलहरु नेपालप्रति नभई विदेशीप्रति वफादार बनेका छन्। यसतर्फ सचेत हुनुपर्छ' उनले थपे।

नेपाली सेनालाई मुख्य भाग बनाएर दिल्ली दरबारबाट निर्देशित हुने प्रपञ्च रचिँदै रहेको उनको भनाई छ। 'तर नेपाली सेनामा अथाह देशभक्ति छ।' यो कुराको छनक आफू नौ महिना प्रधानमन्त्री हुँदा पाएको बताए। तर, कदापि नेपाली सेनालाई उनीहरुबाट निर्देशित हुन नदिने ठोकुवा गरे।

उनले भारतले नेपाललाई हतियार दिनु ऊसँग र चीनसँग लड्न नभई नेपाली मजदूर किसानवर्गलाई मार्न हतियार दिने गरेको बताए। त्यसो नभए किन राती राती हतियार ल्याउनु पर्यो, दिउँसै ल्याउनु हुन्न? उनले प्रश्न गरे।

दाहालले भने, हालका भारतीयहरुले अंग्रेजको भाषा बोलेका र जंगबहादुरको भाषा नेपालका अहिलेका मन्त्रीहरुले बोल्न थालेका बताए। नेपालका मन्त्रीहरुको भनाईमा जंगबहादुरको ह्वास्स गन्ध आउँछ। उनले थपे।

सरकारका प्रधानमन्त्री र मन्त्रीहरुभित्र जंगे प्रवृत्ति हावी छ। उनीहरु आजपनि जंगबहादुरले झैं भारतीय शासक र सेनाको निर्देशन मानिरहेका छन्। दाहालले थपे। भारतीय हस्तक्षेपका कारण हिजो पनि देशभक्त नेपालीहरुको षडयन्त्रपूर्वक हत्या भएको दाहालले उल्लेख गरे।

उनले भीमदत्त पन्तलाई २००७ सालमा ५ हजार भारतीय सेना नेपाल छिरेर हत्या गरेको इतिहास दोहर्‍याउँदै तत्कालीन प्रधानमन्त्री मातृका कोइरालाले केही गर्न नसकेको आरोप लगाए।

शान्तिक्षेत्रको प्रस्ताव, भारतबाहेक अन्य मुलुकबाट हतियार ल्याउने जमर्को गरेका र माओवादीसँग गोप्यरुपमा भेट्ने मनसाय राखेको डेढ महिनामा वीरेन्द्र शाहको वंशनास हुने गरी हत्या भएकोमा समेत भारतको हात रहेको उनले खुलासा गरे।


सुस्ता र कालापानी नेपालको हुँदाहुँदै भारतले अतिक्रमण गरेकोमा उनले ती दुबै भूभाग नेपालको भएकाले नेपालकै हुनुपर्ने बताए। हामी एक इन्च जग्गा उस (भारत) लाई दिँदैनौ र एक इन्च पनि उसको लिँदैनौं, तर उनीहरुले ५४ ठाउँमा हाम्रो सीमा मिचेका छन्। यसमा हाम्रो गम्भीर आपत्ति छ।


हिजो भारतसामु राणाहरुले घुँडा टेके, राजाहरुले पनि घुँडा टेकेकै हुन् तर अब नेपाली जनताले भारतसामु कदापि घुँडा टेक्ने वाला छैनन्, दाहालले थपे।


विगतका भाषणमा सरकारको खुलेर विरोध गरेपनि यसपटक भने दाहालले भारत र नेपालका मिडियाहरुलाई भाषण अवधिभर गाली गर्न चुकेनन्।


पत्रकारले राष्टिय स्वाधीनता र नागरिक सर्वोच्चताको आन्दोलनलाई साथ नदिएको भन्दै दाहालले आक्रोश व्यक्त गरे। उनले पत्रकारहरुलाई आफ्नो पक्षमा नलेखि दलालहरुको पक्षमा लेखेको आरोप समेत थोपरे, देशभक्तिको पक्षमा लेख्ने जाँगर तपाईंहरुलाई कहिले आउँछ?


माओवादीले भारतसँगका सीमा, असमान सन्धीका कुरा उठाउँदा नेपाली मिडियाले बुझेनन्, हामीले भारतसँग लडाइँ गर्ने मात्र बुझेका रहेछ्न्, तर यस्तो होइन। दाहालले प्रष्टीकरण दिए।


नेवाः तथा ताम्सालिंग राज्य समितिले सिन्धुलीगढीमा आयोजना गरेको कार्यक्रमकै अवसरमा दाहालले माओवादी सिन्धुलीले प्रोजेक्ट ४ सय ९५ अन्तर्गत जिल्लाभरिका ४ सय ९५ वडाबाट एमाले र काँग्रेस पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्नेहरुलाई स्वागत गरेका छन्।

एमाले सिन्धुली जिल्ला कमिटीका कार्यालय सचिव ध्रुव देवकोटा र सचिवालय सदस्य सविता कोइरालालगायत सयभन्दा बढी एमाले कार्यकर्ताहरुलाई टीका र मालासहित पार्टीमा प्रवेश गराएका थिए। तर आयोजकले पन्ध्रसय जना पार्टी प्रवेश गर्ने जानकारी दिएका थिए। 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

राजनीति

onlineversion

ब्लग

विजय राई "ड्याङ !" सातदोबाटो स्विमिङ पुलअगाडि एक्कासी ठूलो आवाजले म तर्सिएँ। आफ्नै साइडब...

- विजय राई

केशव थोकर पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथ...

- केशव थोकर

राजेन्द्र ज्ञवाली 'नेपालबाट आएको?' मैले सहमतिमा टाउको हल्लाउनासाथ उसले मेरो पेशा सोध्यो। मैले 'पत्...

- राजेन्द्र ज्ञवाली