माओवादी आधुनिक रत्नाकर : प्रधानमन्त्री

smaller text tool iconmedium text tool iconlarger text tool icon
विद्रोह गरे लिट्टे हुने दाबी
चितवन, पुस २३ (नागरिक)- प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी आधुनिक रत्नाकर भएको बताएका छन्। र उनले रत्नाकरलाई सुधार्न भरमग्दुर प्रयास भइरहे पनि ऊ नसुध्रिएको दाबी पनि गरे। 'हाम्रो उसलाई सुधार्ने प्रयास भने जारी छ'- प्रधानमन्त्री नेपालले थपे।
रत्नाकर त्रेता युगका कुख्यात् डाँकु हुन। पछि ठूलो तपस्या गरेपछि सुध्रिएर वाल्मीकि ऋषि बनेका थिए।

साप्ताहिक पाक्षिक पत्रिका सञ्जालको केन्द्रीय भेला उदघाटन गर्न चितवन आएका उनले माओवादी आफ्नै कारण एक्लिँदै गएको पनि बताए। माओवादीले आफूलाई घेराबन्दीमा पारिएको बताउँदै आए पनि ऊ आफ्नै क्रियाकलापका कारण घेराबन्दीमा पर्दै गएको पनि उनले जनाए।

माओवादी सेना समायोजन ११२ दिनमा हुने बताएका प्रधानमन्त्रीले २-३ टोली बनाएर काम अघि बढाउन सकिएमा त्यो काम चाँडै पनि सम्पन्न हुनसक्ने जानकारी दिए।

उनलाई भरतपुर विमानस्थलबाट बाहिरिने क्रममा माओवादीले ढुङ्गा प्रहार गरेका थिए। ती ढुङ्गा नेपाल चढेको गाडीमा लागेका थिए।

यसैबीच उनले चितवनमै एमाले कार्यकर्तालाई सम्वोधन गर्ने क्रममा माओवादी विद्रोहमा गए लिट्टे हुने दाबी गरेका छन्। कुनै समय निकै चर्चित र शक्तिशाली मानिने श्रीलङ्काको लिट्टे अहिले सकिएको स्मरण गराउँदै उनले माओवादीलाई बुद्धि नबिगार्न आग्रह पनि गरे
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति