Nepal Republic Media Pvt. Ltd.

epaper
Friday
Mar 12th

'नागरिकले षड्यन्त्र गर्‍यो' : सुजाता

smaller text tool iconmedium text tool iconlarger text tool icon
'नेपालको पत्रिकाको 'स्ट्याण्डर' थाहै छ'-
काठमाडौं, मंसीर ९ (नागरिक) - उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले कांग्रेस सभापति पिता गिरिजाप्रसाद कोइरालासँग उपचारका लागि सिंगापुरमा जाँदा आफूले गरेको खर्चबारे समाचार लेखेर नागरिकले गम्भीर षड्यन्त्र गरेको आरोप लगाएकी छिन्।

विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नबारे जवाफ दिन संसद्को रोष्ट्रममा उभिएकी कोइरालाले गम्भीर विरामी पिता गिरिजाप्रसाद कोइरालाको उपचारमा सिंगापुर गएको बारे समाचार लेखेर नागरिकले आफू र विरामी पिताविरुद्ध गम्भीर षड्यन्त्र गरेको आरोप लगाएकी हुन्।


नेपाल मजदुर किसान पार्टीका सभासद् सुनील प्रजापतिले पिता कोइरालाको उपचारमा गएकी उपप्रधानमन्त्री सुजाताले त्यहाँ करोडौं खर्च गरेकोबारे जानकारी मागेका थिए। उपप्रधानमन्त्री कोइरालाले भनिन्, 'म त्यहाँ घुम्न गएकी हैन, पैसा खर्च गर्न गएकी पनि हैन, गिरिजाबाबु गम्भीर बिरामी हुनुभएकोले स्वास्थ्योपचारमा गएकी हुँ।'


उनले कडा शब्दमा भनिन्, 'केही पत्रिकाहरू विशेष गरी नागरिकले लेखेको हो, त्यसलाई गम्भीर रुपमा लिएको छु।' उनले सिंगापुरमा अन्तभन्दा अलि बढी खर्च हुने पनि बताइन्। आफूले गरेको राज्यकोषको फजुल खर्चको बचाउ गर्न विरामी पिता कोइरालाको व्यक्तित्वको पनि प्रयोग गर्न चुकिनन्। भनिन्, 'उहाँ मेरो बुवा मात्र हैन, देशको नेता हो। उहाँलाई यसरी बद्नाम गराउनु षड्यन्त्र गर्नु हो।'


उपचारका लागि गएका सबै जना त्यही होटेलमा बसेको जानकारी पनि दिइन्। छापिएको गाडीको फोटोबारे भनिन्, 'फोटो पनि गलत हो, त्यो गाडी मैले चढेको छैन।' आफूलाई परराष्ट्रमन्त्रीको हैसियतले त्यहीको सरकारले गाडी दिने दाबी पनि उनले गरिन्।


'नेपालको पत्रिकाको 'स्ट्याण्डर' थाहै छ, तपाईंलाई पनि त्यो आउन सक्छ', उपप्रधानमन्त्री कोइराला सबैभन्दा ठूलो कुरा पिताको स्वास्थ्य भएको दाबी गर्दै बताइन्।


नेपालको मन्त्रीले विदेशमा जाँदा दैनिक २५० अमेरिकी डलरसम्म होटलको कोठाका लागि खर्च गर्नसक्ने कानूनी व्यवस्था छ। उपप्रधानमन्त्री कोइराला भने दैनिक १४०० डलर पर्ने पाँचतारे होटेलको 'प्रेसिडेन्सियल सुइट' मा बसेकी थिइन् र लिमोजिम कारमा सवार भएकी थिइन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

राजनीति

onlineversion

ब्लग

विजय राई "ड्याङ !" सातदोबाटो स्विमिङ पुलअगाडि एक्कासी ठूलो आवाजले म तर्सिएँ। आफ्नै साइडब...

- विजय राई

केशव थोकर पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथ...

- केशव थोकर

राजेन्द्र ज्ञवाली 'नेपालबाट आएको?' मैले सहमतिमा टाउको हल्लाउनासाथ उसले मेरो पेशा सोध्यो। मैले 'पत्...

- राजेन्द्र ज्ञवाली