प्रेस युनियनले कोइराला निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले माओवादी र एमाले पटक पटक सरकारमा गए पनि शान्ति प्रकृया र संविधान निर्माणले गति लिन नसकेको आरोप लगाए। 'माओवादी र एमालेले दुई दुई पटक सरकारको नेतृत्व गरिसके तर कुनै टुंगो लगाउन सकेनन्,' कोइरालाले भने, 'शान्ति प्रकृयाको नेतृत्व कङ्ग्रेसले लिएकाले अब पनि कङ्ग्रेसकै नेतृत्वमा शान्ति र संविधान लेखन पूर्ण हुन्छ।'
एकीकृत नेकपा माओवादीले पटक पटकका सम्झौतालाई लत्याएको बताउँदै उनले अब कुनै सम्झौता नहुने बताए। माओवादीकै लागि पनि शान्ति प्रकृया अपरिहार्य भएको बताउँदै उनले भने, 'माओवादीले हाउजिङ, हाइड्रोलगायतका क्षेत्रमा लगानी गरेका छन्। अब उनीहरु जंगल जान सक्दैनन्।'
सेना समायोजनको विषयमा उनले कुनै लेनदेन र भागवण्डामा मुलुक नचल्ने बताउँदै सेनाको मापदण्ड विपरित समायोजन भर्ति नगरिने बताए।
प्रतिक्रियाहरू (0)










