बारा, साउन १३- कुनै समयमा कसैको हत्या गरिहाले पनि कसैले थाहा पाउला कि भनेर चूपचाप हुने बारामा अचेल हत्याको जिम्मेवारी लिन विभिन्न समूहबीच तँछाडमछाड चल्ने गरेको छ। गए राति भएको एक हत्याको जिम्मेवारी लिन बारामा सक्रिय रहेका भूमिगत समूहबीच अहिले यस्तै अवस्था सिर्जना भएको छ।
परशुरामपुर गाविसका एमाओवादीका कार्यकर्ता ३८ वर्षीय केशरी यादवलाई घरमा सुतिरहेका अवस्थामा अज्ञात समूहले पेट र छातीमा गोली हानी गएराति पौने दुई बजे हत्या गरेको बारा प्रहरीले जनाएको छ।
अहिलेसम्म यादव हत्याको जिम्मेवारी तीन समूहले लिएका छन्। सञ्चारकर्मीलाई फोन मार्फत अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चाका बारा इन्चार्ज भैरव सिंह, मधेस राष्ट्र जनतान्त्रिक पार्टी बारा, पर्सा इन्चार्ज अभय सिंह र संयुक्त जनतान्त्रिक तराई मुक्तिमोर्चा (राजन समूह) का जिल्ला संयोजक विक्रमले आफूले हत्या गरेको दाबी गरेका छन्। तीनै समूहले आफ्नो पार्टीविरुद्ध यादवले सुराकी गरेको आरोप लगाएका छन्।
व्यक्ति हत्या गरेर जिम्मेवारी लिने होडबाजी भएको देखेर आफूलाई अचम्म लागेको बाराका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद नेपालले बताए।
यादवको हत्या जसले गरे पनि आपराधिक समूहले गरेको र अचेल तराईमा हत्या हिँसाको जिम्मेवारी लिने चलन नै चलेको पाइएको एमाओवादीका बारा प्रमुख हरिप्रसाद चौलागाईँले बताए।
आवश्यक अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक मनोज न्यौपानेले बताएका छन्।
- रासस

प्रतिक्रियाहरू (2)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook