Nepal Republic Media Pvt. Ltd.

Thursday
Sep 09th

माओवादी कार्यकर्ताको गोली हानी हत्या

smaller text tool iconmedium text tool iconlarger text tool icon
उपेन्द्र लामिछाने, वीरगन्ज, साउन १३- अज्ञात समूहको गोली प्रहारबाट बुधबार राति बारामा एक माओवादी कार्यकर्ताको मृत्यु भएको छ। राति पौने दुई बजेतिर तीन जनाको संख्यामा आएको हतियारधारी समूहले विश्रामपुरका ३८ वर्षिय खेशारीप्रसाद यादवको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ।

उनी एकीकृत माओवादीका जिल्ला कमिटी सदस्य तथा बारा क्षेत्र नम्बर २ का वाइसिएल इन्चार्ज रहेको एकीकृत माओवादीका जिल्ला सहइन्चार्ज दिपले बताए।
छतमा सुतिरहेका यादवको छाती र पेटमा गोली लागेको थियो । उनको शव अहिले पोष्टमार्टमका लागी जिल्ला अस्पताल कलैयामा राखिएको छ।

यसअघि माघ २२ गते जिल्लाको गंजभवानीपुरमा सशस्त्र समूहको आक्रमणमा दुई राज्य कमिटीसहित ४ मारिएका थिए। तराईका ग्रामिण क्षेत्रमा माओवादी कार्यकर्ता असुरक्षित बन्दै गएका छन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति