पासपोर्ट भारतबाटै ल्याइने
काठमाडौं, चैत ६ (नागरिक)- लामो समयदेखि भागबण्डा नमिल्दा रिक्त नेपाल राष्ट्र बैंकको गभर्नरमा शुक्रवार सरकारले युवराज खतिवडालाई नियुक्त गरेको छ। गरिबी निवारण कोष उपाध्यक्षमा विद्याधर मल्लिक नियुक्त भएका छन्। राष्ट्रिय योजना आयोग उपाध्यक्षमा जगदीश चन्द्र पोखरेललाई नियुक्त गर्ने सहमति सत्तारुढ दलबीच भएपनि शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले नियुक्तिको निर्णय गर्न सकेन।
सत्तारुढ दुई दल कांग्रेस-एमालेबीच सहमति हुन नसक्दा यी पद लामो समयसम्म खाली थिए। शुक्रवार दिउँसो सत्तारुढ कांग्रेस-एमालेका शीर्ष नेताबीच पद बाँडफाँडमा सहमति भएपछि ४ बजे बसेको मन्त्रिपरिषद बैठकले नयाँ नियुक्तिको निर्णय गरेको हो।
एमाले प्रस्तावमा गभर्नर नियुक्त खतिवडा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए। माधवकुमार नेपाल सरकार बनेपछि उनी आजसम्मै योजना आयोग उपाध्यक्षको जिम्मेवारीमा थिए। खतिवडा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। पाँच वर्षअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि उनी गभर्नरका लागि सिफारिश भएका थिए। उनलाई मौद्रिक र अर्थनीतिलाई आफूले चाहेको बाटोमा हिँडाउन सक्ने देशका केही सक्षम अर्थशास्त्रीको रुपमा लिइन्छ।
कांग्रेस प्रस्तावमा गरिबी निवारण कोषको उपाध्यक्ष नियुक्त मल्लिक नेपाल सरकारको सचिवबाट अवकास प्राप्त व्यक्ति हुन्। उनी पछिल्लो समयमा राष्ट्रपतिको आर्थिक सल्लाहकार थिए।
मन्त्रिपरिषद बैठक बस्नुअघि पद बाँडफाँडका लागि प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस-एमाले नेताको बैठक भएको थियो। मर्यादाक्रममा योजना आयोगको उपाध्यक्ष मात्र हैन सदस्य समेत गभर्नरभन्दा माथि छ। तथापि सिगो बैङ्किङ क्षेत्रको सर्वोच्च कार्यकारी र आर्थिक सुविधाको दृष्टिले आकर्षक मानिँदै आएको छ। सत्ता साझेदार दुवै दलले गभर्नरमा आ-आफ्नो दाबी नछाडेपछि माघ १७ गतेदेखि केन्द्रीय बैंकको गभर्नर खाली बन्न पुगेको थियो। गभर्नरको नियुक्ति नहुँदा आर्थिक क्षेत्रका नीतिगत निर्णयहरु हुन सकेका थिएनन्।
पासपोर्ट भारतबाटै ल्याइने
मन्त्रिपरिषद् बैठकले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छपाइका लागि निर्णय गर्ने अधिकार परराष्ट्र मन्त्रालयलाई नै दिएको छ। संसदको सार्वजनिक लेखा समितिले बिना टेण्डर प्रति पासपोर्ट ४ डलरमा भारतबाट पासपोर्ट ल्याउने परराष्ट्रमन्त्री सुजाता कोइरालाको निर्णयप्रति यसअघि नै असहमति जनाइसकेको छ। चौतर्फी विरोधका बाबजुद भारतबाटै पासपोर्ट ल्याउने मन्त्री कोइरालाको अडानलाई शुक्रवारको मन्त्रिपरिषदले बाटो खोलिदिएको छ।
काठमाडौं, चैत ६ (नागरिक)- लामो समयदेखि भागबण्डा नमिल्दा रिक्त नेपाल राष्ट्र बैंकको गभर्नरमा शुक्रवार सरकारले युवराज खतिवडालाई नियुक्त गरेको छ। गरिबी निवारण कोष उपाध्यक्षमा विद्याधर मल्लिक नियुक्त भएका छन्। राष्ट्रिय योजना आयोग उपाध्यक्षमा जगदीश चन्द्र पोखरेललाई नियुक्त गर्ने सहमति सत्तारुढ दलबीच भएपनि शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले नियुक्तिको निर्णय गर्न सकेन।
एमाले प्रस्तावमा गभर्नर नियुक्त खतिवडा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए। माधवकुमार नेपाल सरकार बनेपछि उनी आजसम्मै योजना आयोग उपाध्यक्षको जिम्मेवारीमा थिए। खतिवडा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। पाँच वर्षअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि उनी गभर्नरका लागि सिफारिश भएका थिए। उनलाई मौद्रिक र अर्थनीतिलाई आफूले चाहेको बाटोमा हिँडाउन सक्ने देशका केही सक्षम अर्थशास्त्रीको रुपमा लिइन्छ।
कांग्रेस प्रस्तावमा गरिबी निवारण कोषको उपाध्यक्ष नियुक्त मल्लिक नेपाल सरकारको सचिवबाट अवकास प्राप्त व्यक्ति हुन्। उनी पछिल्लो समयमा राष्ट्रपतिको आर्थिक सल्लाहकार थिए।
मन्त्रिपरिषद बैठक बस्नुअघि पद बाँडफाँडका लागि प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस-एमाले नेताको बैठक भएको थियो। मर्यादाक्रममा योजना आयोगको उपाध्यक्ष मात्र हैन सदस्य समेत गभर्नरभन्दा माथि छ। तथापि सिगो बैङ्किङ क्षेत्रको सर्वोच्च कार्यकारी र आर्थिक सुविधाको दृष्टिले आकर्षक मानिँदै आएको छ। सत्ता साझेदार दुवै दलले गभर्नरमा आ-आफ्नो दाबी नछाडेपछि माघ १७ गतेदेखि केन्द्रीय बैंकको गभर्नर खाली बन्न पुगेको थियो। गभर्नरको नियुक्ति नहुँदा आर्थिक क्षेत्रका नीतिगत निर्णयहरु हुन सकेका थिएनन्।
पासपोर्ट भारतबाटै ल्याइने
मन्त्रिपरिषद् बैठकले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छपाइका लागि निर्णय गर्ने अधिकार परराष्ट्र मन्त्रालयलाई नै दिएको छ। संसदको सार्वजनिक लेखा समितिले बिना टेण्डर प्रति पासपोर्ट ४ डलरमा भारतबाट पासपोर्ट ल्याउने परराष्ट्रमन्त्री सुजाता कोइरालाको निर्णयप्रति यसअघि नै असहमति जनाइसकेको छ। चौतर्फी विरोधका बाबजुद भारतबाटै पासपोर्ट ल्याउने मन्त्री कोइरालाको अडानलाई शुक्रवारको मन्त्रिपरिषदले बाटो खोलिदिएको छ।
प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook