Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

शान्ति प्रक्रिया पूरा नभएसम्म अन्मिन बस्नुपर्छ: भट्टराई

smaller text tool iconmedium text tool iconlarger text tool icon
उजिर मगर, काठमाडौँ, फागुन २३- एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले संविधान निर्माण र शान्ति प्रक्रिया निश्कर्षमा नपुगुन्जेल नेपालमा राष्ट्रसंघीय मिसन (अन्मिन)को उपस्थिति जरुरी रहेको बताएका छन्।
शान्तिनगरस्थित आफ्नै निवासमा बिहान नौ बजे अन्मिन प्रमुख करिन ल्यानग्रेनसितको भेटमा भट्टराईले त्यस्तो विचार राखेका हुन्।

सरकारमा सहभागी दलहरुले अन्मिनको भूमिकाप्रति असन्तुष्टि जनाइरहेको बेला भट्टराईको यस्तो विचार आएको हो। माओवादीका केही नेताहरुले भने सरकारले भारतको इशारामा अन्मिनको विरोध गरेको आरोप लगाएका छन्।

भारतको निर्देशनमा सरकारले अनमिनको विरोध गरेको महराको भनाइ

अन्मिनको भूमिका र शान्ति प्रक्रिया बारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय राजनीतिक मामिलाका उप-महासचिव बि. लिन पास्को पर्सि भारतमा छलफल गरी बुधबारदेखि नेपालको भ्रमण गर्ने कार्यक्रम छ।

राष्ट्रसंघीय उपमहासचिवले नेपाल आउनुअघि भारतमा छलफल गर्ने


प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति

Nagarik Offer