काठमाडौँ, फागुन २१- राष्ट्रपति डा. रामवरण यादवले स्वर्गीय नेता गजेन्द्रनारायण सिंहले मधेशको आवाजलाई बुलन्द बनाए पनि उनी कहिल्यै मधेशी नेताका रूपमा नरहेका बताएका छन्। सत्य र निष्ठाको राजनीति गर्ने सिंहले नै सबैभन्दा पहिला अहिलेका पाँच विकास क्षेत्रलाई प्रान्तको स्वरूप दिनुपर्छ भनेका पनि यादवले बताए।
गजेन्द्रनारायण सिंह लोककल्याणकारी प्रतिष्ठानद्वारा प्रकाशित 'गजेन्द्रनारायण सिंह स्मृति ग्रन्थ' नामक पुस्तकको आज राष्ट्रपति भवन शीतल निवासमा विमोचन गर्दै उनले स्वर्गीय सिंह देशभक्त, राष्ट्रवादी र लोकतन्त्रवादी नेता भएको बताए।
छिमेकी राष्ट्र भारत र नेपालमा करिब ६० वर्षअघि सँगै प्रजातन्त्र आएको चर्चा गर्दै राष्ट्रपति डा. यादवले भने– भारतले यसबीचमा लोकतान्त्रिक पद्दति अपनाएर १५ वटा निर्वाचन गरिसक्यो तर हामीले लोकतन्त्रलाई संस्थागत गर्न नसक्दा लोकतन्त्रको गाडी क्रमिकरूपमा चल्न सकेन।
तीस वर्षे एकतन्त्रीय पञ्चायती शासनको पतनसँगै ०४६ सालमा प्रजातान्त्रिक पद्दतिको सुरुआत भए पनि पार्टीमा देखिएको विकृति, हतियारको खेलले प्रजातन्त्र कमजोर भएको भन्दै उनले पछिल्लो जनआन्दोलनबाट राजतन्त्र समाप्त भएको, मुलुकमा लोकतान्त्रिक गणतन्त्र आएको छ, जनता मालिक र सार्वभौम भएका छन् भने।
अब राष्ट्रले समावेशी र समानुपातिकसँगै वैज्ञानिक ढङ्गले राज्यको पुनःसंरचना होस् भन्ने चाहेको छ भन्दै राष्ट्रपति डा.यादवले जातीय र क्षेत्रीय कुरा सही भए पनि त्यसलाई लोकतान्त्रिक तवरले व्यवस्थापन गर्नु जरुरी रहेको बताए।
राष्ट्रपति यादवले हिंसा र हतियारको राजनीति समाप्त गर्दै समयमै संविधान बनाउनुपर्छ अन्यथा संवैधानिक र कानुनी अड्चन आउनसक्ने बताए।
उक्त अवसरमा सभामुख सुवास नेम्वाङले सिङ्गो मुलुकका लागि आदरणीय नेताका रूपमा रहेका स्वर्गीय सिंहले मुलुकको पहिचान, मानवअधिकारको मूल्य, मान्यता र लोकतन्त्रका लागि लडेको चर्चा गरे।
- रासस

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook