जमिम हत्यामा प्रहरीमाथि समेत छानबिन गर्नुपर्छः सुजाता

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौँ, माघ २६ (नागरिक)- उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले सञ्चार उद्यमी जमिम शाहको हत्या घटनामा प्रहरीमाथि समेत छानबिन हुनुपर्ने बताएकी छिन्। राजधानीको सुरक्षित मानिने स्थानमा समेत हत्या गरी अपराधी फरार हुनुलाई सामान्य घटना मान्न नसकिने कोइरालाले बताइन्।

आज बिहान जमिम निवासमा आफन्तजनलाई सान्त्वना दिन पुगेकी उपप्रम कोइरालाले घटनामा प्रहरीको भूमिकालाई छानबिन गर्न आवश्यक रहेको बताएकी हुन्।

कोइराला परिवार र जमिम शाहको निकट सम्बन्ध रहेको  शाहले केही वर्षअघिको अन्तर्वार्तामा बताएका थिए। (हेर्नुस् अन्तर्वार्ता)

लाजिम्पाटमा छापा
प्रहरीले प्रारम्भिक अनुसन्धानमा अपराधी लाजिम्पाट क्षेत्रमा नै लुकेर रहेको आशंका गरेको छ। सोही कारण गएराति लाजिम्पाट क्षेत्रमा प्रहरीले व्यापक खोजतलास गरेको थियो। यद्यपि, यसमा आशातीत सफलता पाउन नसकिएको प्रहरी सूत्रले बताएको छ। यसअघि शंकाका आधारमा नियन्त्रणमा लिइएका १२ भन्दा बढीलाई प्रहरीले मुक्त गरिसकेको छ।

विरोधमा प्रदर्शन
हत्याको विरोध र अपराधीलाई कानुनी दायरामा ल्याउन दबाब दिने उद्देश्यले मंगलबार अपराह्न काठमाडौँमा नागरिक प्रदर्शन गरिँदैछ। नेपाल पत्रकार महासंघको अगुवाईमा टेलिभिजन ब्रोडकास्टर्स एसोसिएसन र ब्रोडकास्टिङ एसोसिएसन नेपालसहित अपराह्न ३ बजे सुरु हुने प्रदर्शन बसन्तपुरमा कोणसभामा परिणत हुनेछ।


प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति