मन्त्रीले हप्काए सुरक्षा प्रमुखलाई

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, माघ २५(नागरिक) -सञ्चार उद्यमी जमिम शाहको हत्यालाई लिएर गृहराज्यमन्त्री रिजवान अन्सारीले तीन सुरक्षा अंगका निमित्त प्रमुखलाई हप्काएका छन्। उनले सोमबार बिहानै गृहमन्त्रालय तीनवटै सुरक्षा प्रमुखलाई बोलाएर कडा शैलीमा अनुसन्धानको निर्देशन दिएका छन्। 'दिन दाहाडै यत्रो घटना हुँदा सुरक्षाकर्मी के हेरेर बस्यो ?' मन्त्रीको भनाइ उदृत गर्दै स्रोतले नागरिकन्युजलाई भन्यो।

सुरक्षा बैठक नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका निमित्त प्रमुखका साथै काठमाडौं प्रहरी प्रमुख गणेश केसी समेत सामेल थिए। हत्यामा अन्तरार्ष्ट्रिय अपराधीको संलग्नता रहेको खबर केसीले राज्यमन्त्री अन्सारीलाई सुनाएका थिए।

हत्यालाई लिएर प्रहरी मौन रहेको भन्ने विश्लेषण मिडियामा आएपछि राज्यमन्त्री अन्सारीले सुरक्षा अंगका निमित्त प्रमुखलाई मन्त्रालय बोलाएर बैठक गरेका हुन्। गृहमन्त्री भीम रावल र प्रहरी महानिरीक्षक रमेशचन्द्र ठकुरी, सशस्त्र प्रहरीका महानिरीक्षक सनतकुमा बस्नेत र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अशोकदेव भट्ट चीन भ्रमणमा छन्।

यसैगरी माओवादी नेता बाबुराम भट्टराई लाजिम्पाट पुगेर मृतक शाहका आफन्तजनसँग भेट गरेका छन्।


कसले गर्‍यो जमिम शाहको हत्या?
यसरी भयो जमिमको हत्या

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति