Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

संसद् अधिवेशन चैत २२ देखि

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, चैत ५ (नागरिक)- सरकारले व्यवस्थापिका-संसद्को हिउँदे अधिवेशन चैत २२ गतेदेखि बोलाउने भएको छ। अधिवेशन बोलाउनेबारे प्रधानमन्त्री माधवकुमार नेपाल र सभामुख नेम्वाङबीच छलफल भई तिथि तय गरिएको हो।

सभामुख सुवासचन्द्र नेम्वाङले प्रमुख राजनीतिक दलका मुख्य सचेतकहरूसँग पनि छलफल गरी मिति तय गरिएको बताए। स्रोतका अनुसार, प्रधानमन्त्री माधवकुमार नेपालले बुधवार साँझ बस्ने मन्त्रिपरिषद्को बैठकमा विधेयक अधिवेशन बस्नेबारे मन्त्रीहरूलाई जानकारी गराउने र त्यसपछि राष्ट्रपतिसमक्ष अधिवेशन आह्वान गर्न सिफारिश गर्ने तयारी गरे पनि मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ। अन्तरिम संविधानमा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा समय-समयमा व्यवस्थापिका-संसद्को अधिवेशन आव्हान गर्ने उल्लेख छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति

Nagarik Offer