Tuesday 18 Jestha, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

शिवरामको अग्रता

(0 votes)
पोखरा- शिवराम श्रेष्ठले सूर्य नेपाल वेस्टर्न ओपन गल्फमा पहिलो दिन अग्रता बनाएका छन्। पार ७० को हिमालयन गल्फ कोर्समा बुधबार नेपालका नम्बर एक व्यावसायिक गल्फर शिवरामले अग्रस्थानमा रहँदा ५ अन्डर ६५ को कार्ड बनाएका थिए। शिवरामभन्दा दोस्रो स्थानमा रहेका धनबहादुर थापा २ स्ट्रोकले पछाडि छन्। धनबहादुरले ३ अन्डर ६७ को कार्ड बनाए। १ अन्डर ६९ खेलेका साबिक विजेता भुवन नगरकोटी तेस्रो स्थानमा छन्।
nepali-patro-may
एक ओभर ७१ स्कोर गरेका सञ्जय लामा चौथो स्थानमा रहँदा जयराम श्रेष्ठ, पशुपति शर्मा र सूर्यप्रसाद शर्मा समान तीन ओभर ७३ स्कोरको प्रदर्शनसहित संयुक्त पाँचौं स्थानमा छन्। रामे मगर र भूबहादुर गुरुङ संयुक्त आठौं स्थानमा छन्। उनीहरूले ४ ओभर ७४ स्कोर गरे। नेपालका दोस्रो स्थानका व्यावसायिक गल्फर रवि खड्का र रमेश नगरकोटीले १० औं स्थानमा छन्।

शिवरामले फ्रन्ट नाइनमा तीन अन्डर ३५ को स्कोर बनाउँदा तेस्रो, पाचौं र छैटौं होलमा बर्डी खेले भने ब्याक नाइनमा दुई अन्तर ३३ को कार्ड बनाउँदा १४औं, १५ औं र १७ औं होलमा बर्डी गरेका थिए।

एमेच्योरतर्फ धरानका शिवकुमार माझी अगाडि छन्। उनले पहिलो दिन ५ ओभर ७५ स्कोर गरे। ७६ स्कोर गरेका मन्दिप केसी दोस्रोमा छन् भने जीवन राई र सोनाम भुजेल ७७ स्कोर गर्दै तेस्रो स्थानमा छन्।

२४ व्यावसायिक र १७ एमेच्योर गल्फरले भाग लिएको प्रतियोगिताको पुरस्कार राशिमा गत वर्षभन्दा वृद्धि गरिएको छ। ५ लाख ४० हजार ७ सय ५० रुपैयाँ पुगेको पुरस्कारमा शीर्ष तीन स्थानका विजेता व्यावसायिक गल्फरले क्रमशः १ लाख, ६३ हजार र ४५ हजार पाउने छन्।

प्रतिक्रिया

राष्ट्रिय राजनीतिमा नयाँ समझदारी आवश्यक:सिटौला

नेपालगन्ज–नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय राजनीतिमा नयाँ समझदारी हुनुपर्ने आवश्यकता औंल्याएका छन्। संविधान ल्याउन विगतमा अगुवाई गर्ने दलका नेताले समझदारीको अग्रसरता लिनुपर्ने उनको सुझाव छ।

'तराई गणतन्त्रको आधारभूमि'

लहान—बिपी कोइरालाको नेतृत्वमा २००६ सालअगाडि प्रजातन्त्रका लागि सुरु भएको संघर्षको केन्द्रविन्दु वीरगन्ज थियो । त्यतिबेलै वीरगञ्ज देशको आर्थिक मेरुदण्ड थियो। त्यही आन्दोलनले राणा शासकको सत्ता हल्लाएको थियो। गिरिजाप्रसाद कोइराला र मनमोहन...

माओवादी सांसदले दिए खुट्टा भाँच्ने धम्की, आवास कार्यक्रम ठप्प

राजविराज— माओवादीका दुई सांसदले घर निर्माण तथा सर्वेक्षणमा जाने कर्मचारीको हातखुट्टा भाँच्ने धम्की दिएपछि 'जनता आवास' कार्यक्रम रोकिएको छ। आफूहरूसँग सल्लाह नै नगरी घर निर्माण प्रक्रिया अगाडि बढाएको भन्दै क्षेत्र...

मधेसी मोर्चा कांग्रेसको साथमा

काठमाडौं– आफ्नो माग पूरा नभएको भन्दै निरन्तर रूपमा संसद बहिष्कार गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआबद्ध दलले दोहोरो चरित्र देखाउन थालेका छन्। तराई–मधेसको आन्दोलनले उठाएका माग पूरा नगरेको भन्दै संसद बहिष्कार...

भद्र सहमति तोड्दै एमाले

काठमाडौं— नयाँ सरकार गठनको विषयलाई लिएर सत्तारुढ दुई ठूला नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मतभेद चर्किएको छ। बजेटलगत्तै नेकपा माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार गठनको गृहकार्य सुरु 'भद्र सहमति' भएको बारे...

संसदमा कांग्रेस क्रुद्ध

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०७३/७४ को बजेट सूचना चुहाइनुको कारण माग्दै सोमबार संसद बैठक अवरुद्ध गरेको छ। संसदमा प्रस्तुत गर्नुअघि नै बजेटको विस्तृत विवरण पत्रपत्रिकामार्फत सार्वजनिक गर्दा...

बढेको रकम व्यवस्थापन गर्न हम्मे

काठमाडौं-पुनर्निर्माणका लागि अतिरिक्त रकम व्यवस्थापन गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई हम्मे परेको छ। आवश्यक रकमको प्रक्षेपण अघिल्लो वर्षभन्दा १ खर्ब ६९ अर्ब रुपैयाँ बढेपछि त्यसको जोहो कसरी गर्ने भन्ने समस्यामा प्राधिकरण...

नागरिक दैनिक देखाएर संसदमा हङ्गामा...(भिडियो)

काठमाडौं— सोमबार संसद बैठकको कार्यसूचि बजेटमाथि छलफल गर्ने थियो। बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले ढ्यापढ्याप गर्दै बोल्ने समय मागे।