Thursday 28 Magh, 2072 |
Menu

राजनीति

istl

आफ्ना कार्यक्रममा अवरोध नगर्न मधेसी दललाई कांग्रेसको आग्रह

(0 votes)
काठमाडौं–नेपाली कांग्रेसले आफ्नो कार्यक्रममा कुनै अवरोध नगर्न आन्दोलनरत मधेसी दललाई आग्रह गरेको छ। आन्दोलतरत मधेसी दलहरुले अन्य राजनीतिक दलहरुलाई गतिविधि गर्न आवरोध पुर्याउँदै आएपछि कांग्रेस केन्द्रीय समितिको बैठकले महाधिवेशन प्रतिनिधि छनोटका लागि गाउँ, क्षेत्र र जिल्लाको कार्यक्रममा कुनै अवरोध नगर्ने आग्रह गरेको हो।
nepalipatro-nagarik

माघ १५ गतेदेखि महाधिवेशनका लागि प्रतिनिधि छनोट कार्यक्रम गर्दै छ। ‘जिल्ला, क्षेत्र र गाउँका प्रतिनिधि छनोट सुरु हुँदैछ। त्यस्तो कार्यक्रममा कुनै प्रकारको अवरोध नगर्ने आन्दोलनरत मधेसी दलहरुलाई आग्रह गरिएको छ,’ केन्द्रीय सदस्य श्याम घिमिरेले भने, ‘सरकारलाई पनि आवश्यकता अनुसार सुरक्षा व्यवस्था काम गर्नका लागि आह्वान गरिएको छ।

स्थानीय प्रशासनलाई यसका लागि समन्वय गरिने छ।’ मधेसमा जारी संकटलाई ध्यान दिँदै कांग्रेसले आफ्नो प्रतिनिधि छनौटका कार्यतालिकासमेत परिमार्जन गरेको छ। माघ १५ गते एकै पटक गाउँको प्रतिनिधि छनोटका हुने पूर्व व्यवस्थालाई स्थानीय स्तरमा सहज हुने गरी तलमाथि गर्न छुट दिने निर्णयसमेत बैठकले गरेको छ।


 यसैबीच प्रदेश नम्बर २का केन्द्रीय सदस्य तथा सांसदहरुको संसदीय दलको बैठकमा भएको बैठकले पनि मधेशी मोर्चालाई कार्यक्रममा कुनै अवरोध नगर्ने आह्वान गरेको छ । बैठकले जिल्ला, क्षेत्र र गाउँका नेतृत्वलाई पनि कुनै प्रकारको द्वन्द्व सिर्जना नहुने गरी कार्यक्रम आयोजना गर्न आह्वान गरेको छ।

कांग्रेस केन्द्रीय सदस्य बिमलेन्द्र निधीको अग्रसतामा सो भेला आयोजना गरिएको थियो। आन्दोलरत मधेशी मोर्चाले संविधानमा जारी गर्ने सांसदहरुलाई जिल्ला प्रवेशमा रोक लगाएका छन् भने अन्य राजनीतिक दलहरुको कार्यक्रममा समेत अवरोध गर्दै आएका छन्। कांग्रेसले मधेसशको माग सम्बोधन गर्न संसदबाट संविधान संशोधन भएकोमा खुशी व्यक्त गरेको छ।

प्रतिक्रिया

'मधेस मामिलामा चुके'

'मधेस मामिलामा चुके'

विराटनगर- कांग्रेसका दिवंगत नेता सुशील कोइराला र तराई–मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय उपाध्यक्ष बृषेशचन्द्र लालको संगत ४४ वर्ष पुरानो हो। युवा राजनीतिमा जनकपुरका लाल कांग्रेसका जल्दाबल्दा नेता थिए। कोइराला जनकपुर जाँदा...

अनुकरणीय सादगी

अनुकरणीय सादगी

नेपालगन्ज- सुशील कोइरालाले त्यो बेला भारतको वनारसमा निर्वासित जीवन बिताइरहेका थिए। तत्कालीन कांग्रेस नेता बिपी कोइरालाले आह्वान गरेको सशस्त्र क्रान्ति सफल पार्न सुशीलले भारतबाटै नेपालमा रहेका युवालाई विभिन्न काममा लगाउँथे।

कोइराला वचनका पक्का नेता

कोइराला वचनका पक्का नेता

दाङ- गत साउन ५ गते संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलनक्रममा दाङ आएका सुशील कोइरालाले भनेका थिए, 'मस्यौदामा उल्लेखित नागरिकतासम्बन्धी कानुनमा महिलामाथि अन्याय भएको छ।'

आचार्यको स्वास्थ्य 'अझै गम्भीर र स्थीर'

आचार्यको स्वास्थ्य 'अझै गम्भीर र स्थीर'

काठमाडौं- मतिष्कघातपछि न्युरो अस्पताल बाँसबारीमा उपचारत नेपाली काग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नरहरि आचार्यको अझै गम्भीर र स्थीर भएको चिकित्सकहरुले बताएका छन्।

'सबैलाई समान व्यवहार गर्नुहुन्थ्यो'

'सबैलाई समान व्यवहार गर्नुहुन्थ्यो'

काठमाडौं- पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई अन्तिम श्रद्धान्जली दिन पुगेका पार्टी कार्यकर्ताले असल नेताको असामयिक निधनले सहन गाह्रो भएको बताएका छन्। कोइरालासँग संगत गरेका तथा नयाँ पुस्ताका...

कोइरालाको किरियामा भतिजा अतुल बस्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको किरियाकर्ममा उनका भतिजा अतुल कोइराला बस्ने परिवारले जनाएको छ।

जनताका नायक कोइराला

जनताका नायक कोइराला

काठमाडौँ-हलिउडमा हिरो बन्ने उत्कट चाहनाका साथ अमेरिका जाने अन्तीम तयारीका बेला नेपाली राजनीतिले यु टर्न गरिदियो र हलिउडको नायक बन्ने सपना अधुरै रह्यो, राजनीतिक यात्रा पो सुरु भो – सुशील...

कोइरालाको निधनले एशियाको राजनीतिमा असर: भारतीय नेता

काठमाडौँ-पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनले समग्र एसियाको राजनीति विकासमा असर पुर्याउने भारतीय प्रधानमन्त्रीका पूर्व राजनीतिक सल्लाहकार डा. एच एन शर्माले बताएका छन् ।