18 Baishak, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

मुनका दूतद्वारा लचिलो बनेर समझदारी गर्न सुझाव

(0 votes)
काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनका राजनीतिक मामिलासम्बन्धी विशेष दूत जेफ्री फेल्टम्यानले नेपालको मानवीय स्थिति, आर्थिक प्रगति र पुनर्निर्माण प्रयासलाई वर्तमान स्थितिले गम्भीर असर पारेको बताएका छन्।

nepalipatr-april
दुई दिने भ्रमण पूरा गरी फर्कने क्रममा नेपालको वर्तमान स्थितिप्रति गहिरो चासो राख्दै फेल्टम्यानले मानवीय स्थिति, आर्थिक प्रगति र भूकम्पपछिको पुननिर्माणका मुद्दालाई लचिलो बनेर र समझदारी गरेर अघि बढ्न आग्रह गरेका छन्। भ्रमण समाप्तिपछि उनले विज्ञप्ति जारी गर्दै दलका नेतालाई समावेशी संवाद र संसदीय प्रक्रियामार्फत संवैधानिक व्यवस्था गरी वर्तमान स्थितिबाट निकास निकाल्न आग्रह गरेका हुन्। उनले प्रान्तीय सीमाहरू समझदारीपूर्वक निर्धारण गर्ने विधि तय गर्नुका साथै विभिन्न समूहबीच विश्वासको स्थिति पैदा गर्नसमेत सुझाएका छन्।

फेल्टम्यानले यी तत्कालीन विषयलाई सम्बोधन गरेपछि नेपालीको आर्थिक विकास, जवाफदेही र संविधानको पूर्ण कार्यान्वयनको अपेक्षा पूरा हुनसक्ने दृढ विश्वास पनि व्यक्त गरेका छन्। 'नेपालीका यी प्रक्रियाप्रति संयुक्त राष्ट्रसंघको पूर्ण समर्थन छ,' उनले भनेका छन्। नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीका साथै विभिन्न दलका र नागरिक समाजका नेतासँग भेट गरेका थिए।

फेल्टम्यानले संयुक्त राष्ट्रसंघको सदस्यका रुपमा नेपालले ६० वर्षदेखि गर्दै आएको योगदान, त्यसमा पनि शान्ति स्थापनामा पुर्यारएको सहयोग र भूपरिवेष्ठित मुलुकको चासोलाई उजागर गरेकोमा महासचिव मुनका तर्फबाट प्रशंसासमेत गरेका थिए। फेल्टम्यानले गत वैशाखको भूकम्पका साथै वृहत्तर मानवीय र विकासका आवश्यकतालाई सम्बोधनका निम्ति नेपाललाई सहयोग गर्ने राष्ट्रसंघको प्रतिबद्धतासमेत दोहोर्यााएका थिए।

प्रतिक्रिया

शीर्ष नेता सहभागी भए कमल थापा नेतृत्वको समितिमा जान्छौः कर्ण

काठमाडौ-सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल सहभागि भए आफूहरु पनि उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा गठित...

नियुक्तिमा सरकारले एकलौटी गर्‍यो: सभापति देउवा

काठमाडौँ-नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजदूत नियुक्ति र न्यायाधीश सिफारिसमा सरकारले एकलौटी गरेको आरोप लगाएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले प्रमुख प्रतिपक्षी दललाई नसोधी राजदूत नियुक्ति र...

कर नतिरे, बहिस्कार: युवा शक्ति

विराटनगर–युवा शक्ति नेपाल पार्टीले दुरसञ्चार सेवाप्रदाक कम्पनी एनसेललाई कानुन बमोजिम कर नतिरे बहिष्कार गर्ने चेतावनी दिएको छ। कर तिर्न अटेर गरे कम्पनी सञ्चालनमै रोक लगाएर कानुनी कारबाही गर्न उक्त पार्टीले...

आफैंले बोलाएको बैठकमा प्रधानमन्त्रीको चर्को आलोचना

आफैंले बोलाएको बैठकमा प्रधानमन्त्रीको चर्को आलोचना

काठमाडाैं-प्रधानमन्त्री केपी ओलीले बोलाएको संसदमा प्रतिनिधित्व गर्ने दलको बैठकमा सरकारको चर्को आलोचना भएको छ। शनिबार विहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा सरकार र प्रधानमन्त्रीको चर्को आलोचना भएको हो।

उजुरी लिने कार्यले माओवादीलाई अत्यायोः नेता नेपाल

धनकुटा–पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले माओवादीलाई अत्याउने कार्य गरेर शान्ति प्रक्रिया सफल नहुँने बताएका छन्।

मतसंख्या हेरेर दललाई पैसा

काठमाडौं- जनताले दिएको मतका आधारमा राजनीतिक दलले सरकारी रकम पाउने भएका छन्। राजनीतिक दलसम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो।

वैद्य माओवादीमा दुई चिरा

काठमाडौं- माउ पार्टीसँग एकता अजेन्डामा मोहन वैद्य नेतृत्व माओवादी विभाजनको संघारमा देखिएको छ। अध्यक्ष वैद्यलाई छाडेर प्रभावशाली नेता रामबहादुर थापासहित पुराना नेतापंक्ति एकीकृत माओवादीसँग एकतानजिक पुगेका हुन्।

भूकम्पपीडितलाई बाँड्न थप रकम

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई पहिलो किस्ता अनुदान दिन ११ अर्ब ६७ करोड ७९ लाख रुपैयाँ थप रकम निकासा गरेको छ।