Sunday 19 Baishak, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

हावा र घामकाे बिजुलीले उज्यालाे भयाे भाेर्लेनी

(0 votes)
नवलपरासी– पाँच किलोवाट क्षमताका दुईवटा पङ्खाबाट १० किलोवाट र १५ किलोवाटको सौर्य ऊर्जाको मिश्रित प्रणालीबाट उत्पादित विद्युत् यहँँका १३१ घरपरिवारमा वितरण गरिएको छ।
nepalipatr-april
हाल बत्ती बाल्नका लागि मात्र उपयोग गरिएकोमा अब सौर्य प्रणालीलाई पनि जोडेपछि गाउँलेहरुले अन्य विद्युतीय उपकरण सञ्चालन गर्नसक्ने केन्द्रका प्राविधिक अधिकृत प्रकाश अर्यालले बताए। परियोजनाबाट उत्पादित विद्युत् लाई १७ हजार एम्पिएर आवरको ब्याट्रीमा सङ्कलन गरी ३० केभीको ट्रान्सफर्मरमार्फत थ्री–फेजको लाइनबाट घरघरमा वितरण गरिएको छ। देशका अधिकांश डाँडामा मात्र नभएर गहिरा खोँचमा पनि प्रशस्त हावा चल्ने स्थानहरु रहेकाले वायु ऊर्जाको सम्भावना रहेको बताउँदै अर्याल भन्छन्, 'केन्द्रीय प्रसारण पु¥याउन नसकिने दुर्गम स्थानमा यस्ता प्रविधिको विस्तार गरी ऊर्जाको पहुँच पुर्याउन सकिन्छ।'

वायु र सौर्य ऊर्जाको सम्मिश्रण गरी विद्युत् उत्पादन गरिएको यो देशको दोस्रो परियोजना भएपनि सरकार र समुदायको लगानीमा निर्माण गरिएको भने पहिलो ठूलो योजना हो । यसअघि नवलपरासीको धौवाडी गाविसमा एसियाली विकास बैंकको सहयोगमा केन्द्रले देशकै पहिलो १२ किलोवाट क्षमताको वायु तथा सौर्यउर्जा परियोजना निर्माण गरेको थियो ।

यस परियोजनाको सफलताको आधारमा देशका अन्य सम्भाव्य स्थानमा सौर्य÷वायु मिश्रित प्रणाली निर्माण गर्न सकिने र तत्कालै अछाम, सुर्खेत, सिन्धुलीमा स्थापना गर्न कार्य थालनी भइसकेको केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल बताउँछन्। गाउँ नजिकै प्राधिकरणको केन्द्रीय लाइनसमेत पुगेको र सो स्थानमा हावाको उच्च चाप रहेकाले थप विद्युत् उत्पादन गरी वरपरका गाउँमा पनि वितरण गर्ने र बढी भएको केन्द्रीय लाइनमा जोड्न सकिने सम्भावना रहेको उनकाे भनाइ छ।

केन्द्रीय प्रसारणको लाइन गाउँनजिकै आएपनि विद्युत् को उपयोगबाट वञ्चित रहेका भोर्लेनीवासी आफूलाई प्रकृतिले मात्र होइन, राज्यले पनि ठगेको अनुभव गर्दथे । गाउँमा सक्नेले साना क्षमताका सोलार राखेर घर उज्यालो बनाएपनि अधिकांशको गुजारा टुकी बालेर नै हुँदै आएको थियो । रातको समयमा प्रशस्त हावा चल्ने भएकाले टुकीबाट गाउँमा बर्सेनि आगलागीका घटना हुने गरेको स्थानीयबासी गोरखबहादुर केसी बताउनुहुन्छ ।

गाउँमा बिजुली आएपछि राति अबेरसम्म घरधन्दा गर्न सजिलो भएको अनुभव सुनाउँदै स्थानीय धनकुमारी तिमिल्सिना भन्नुहन्छ, "अहिले बिजुली आएपछि त स्वर्गै पुगेजस्तो भएको छ । घरमा टेलिभिजन हेरेर देश विदेशको समाचार देख्न पाइएको छ । 'मोबाइल चार्ज गर्न पहिले पल्लो गाउँमा जानुपर्ने समस्या पनि टरेको बताउँदै उहाँ कञ्चनपुरमा रहेका छोराबुहारीसँग मोबाइलबाट कुरा गर्न पाउँदा धेरै खुसी लागेको छ, भन्नुहुन्छ ।

समुदायले नै अपनत्व गरी परियोजनाको दिगो सञ्चालनका लागि गाउँलेले मासिक रु. ५०० महसुल निर्धारण गरेको सो परियोजनाका अध्यक्ष पद्मबहादुर घलानले जानकारी दिए। उनले छिटै सौर्य प्रणालीबाट पनि उत्पादित विद्युत् लाई गाउँका अन्य घरधुरीमा पनि विस्तार गरी देशकै नमुना गाउँको रुपमा विकास गर्न लागिएको बताए। गाउँलेहरुले यसपटकको तिहारमा देउसी भैलो खेलेर सङ्कलन गरेको करिब डेढ लाख रुपैयाँबाट विद्युत् गृह निर्माण थालेका छन्। टर्वाइन, विद्युत् गृह र सौर्य प्रणाली राख्न करिब पाँच कट्ठा जमिन पनि अध्यक्ष घलानले निःशुल्क उपलब्ध गराउने बताए। रासस

प्रतिक्रिया

भूकम्प प्रभावित जिल्लामा राप्रपा नेपालले स्वयंसेकव परिचालन गर्ने

काठमाडौं–राप्रपा नेपालले भूकम्प पुननिर्माण प्राधिकरणसँग समन्वय गरी भूकम्प प्रभावित जिल्लामा स्वंयसेवकको रुपमा कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको छ।

सहमति नभएपछि एमाले धरानको निर्वाचन हुँदै

धरान–सहमति जुट्न नसकेपछि एमाले धरान उपमहानगर विशेष इलाका कमिटीको ७ औं नगरअधिवेशन आइतबारसम्मको लागि लम्बिएको छ।

वीरगन्जका अगुवा भन्छन्, 'मधेस मुद्दा चाँडो टुंग्याऊँ'

वीरगन्जका अगुवा भन्छन्, 'मधेस मुद्दा चाँडो टुंग्याऊँ'

वीरगन्ज- मधेसमा देखिएका समस्या तत्काल समाधान गर्न वीरगन्जका अगुवाले सुझाएका छन्। मधेस आन्दोलन राजनीतिक मुद्दा भएकाले बेलैमा सम्बोधन नगरे गलत बाटोमा जान सक्ने उनीहरूले औंल्याए।

अखण्ड मगरात प्रदेश माग

चितवन- नेपाल मगर संघको ११ औं राष्ट्रिय महाधिवेशन शनिबार भरतपुरमा सुरु भएको छ। सभामुख ओनसरी घर्तीमगरले उद्घाटन गरेको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै बुधबार सकिनेछ। मगर समुदायको बाक्लो बसोबास रहेको...

मिथिला प्रदेश बनाउन कसरत

काठमाडौं- नयाँ संविधानले व्यवस्था गरेअनुसारको २ नम्बर प्रदेशलाई 'मिथिला प्रदेश' नामकरण गराउन र त्यहाँको सरकारी कामकाजको भाषा मैथिली कायम गराउन पहल थालिएको छ। मिथिला राज्य माग गर्दै आन्दोलनरत मिथिलाराज संघर्ष...

सर्वदलीय बैठकमा सत्तारुढबाटै ओलीको आलोचना

काठमाडौं- सरकारले संसदको बर्खे अधिवेशनमा विपक्षी मात्रै नभएर सत्तारूढ दलकै विरोध सामना गर्नुपर्ने भएको छ। अधिवेशनबारे प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा यसको संकेत देखिएको छ। बैठकमा सरकारी कार्यशैलीको...

असन्तुष्टि सार्थक संवादबाट टुग्यायौं: भट्टराई

इटहरी–नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले संविधानमा भएका असन्तुष्टिलाई सार्थक संवादबाट टुग्याउनुको बिकल्प नभएको बताएका छन् । उनले अहिले जारी भएको संविधानमा असन्तुष्ट दल वा समूहलाई सहमति र वार्ताका माध्यामबाट...

शीर्ष नेता सहभागी भए कमल थापा नेतृत्वको समितिमा जान्छौः कर्ण

काठमाडौ-सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल सहभागि भए आफूहरु पनि उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा गठित...