Friday 14 Jestha, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

फुटाइएका मन्त्रालयमा कामको अन्योल

(0 votes)
काठमाडौं- सरकारले मन्त्रालय फुटाएर नयाँ बनाए पनि काम भने संयुक्त रूपमै सञ्चालन भइरहेको छ। फुटाइएका मन्त्रालयमा अझैसम्म काम बाँडफाँटसहितको आधिकारिक निर्णय पत्र नपुग्दा कुन काम कसले गर्ने भन्ने अन्योल देखिएको छ।

nepali-patro-may
मन्त्रालयको नाम, मन्त्री, सचिव छुट्टाछुट्टै बनाइएको छ। तर, मन्त्रालयका कर्मचारी भने पहिलेकै अवस्थामा काम भइरहेको बताउँछन्। भर्खर छुट्याइएको बाणिज्य तथा आपूर्ति मन्त्रालयको वेभसाइटमै बाणिज्य र आपूर्ति मन्त्रालयका छुट्टाछुट्टै मन्त्रीको फोटो राखिएको छ।

पशु विकास मन्त्रालयको वेभसाइट तयार भइसकेको छैन। मन्त्रालयको कार्यविभाजन भए पनि काम पहिलेकै अनुसार भइरहेको कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले बताए। उनले भने, 'विभागअनुसार आ–आफ्नै काम गर्दै आएका थियौं। बजेट शीर्षक पनि फरक थियो। कृषि र पशुसेवा विभागले गर्दै आएका काम निरन्तर चलिरहेका छन्।'

पशु र कृषिका कार्यक्रम छुट्याइएकाले जिल्ला, क्षेत्रमा कुनै द्विविधा नभएको उनले बताए। 'बजेट शीर्षक पहिलेदेखि फरक थिए,' उनले भने, 'विभागीय प्रमुख छुटाछुट्टै रहेको र संरचना छुट्टै भएकाले मन्त्रालय टुक््रयाउँदा कुनै अलमल छैन।' एउटै भवनमा कृषि र पशु विकास मन्त्रालय छन्।

नयाँ मन्त्रालय भएकाले कसरी कार्यक्रम गर्ने भन्नेबारे छलफल भइरहेको कृषि विकास मन्त्रालयका प्रवक्ता श्याम पौडेलले बताए। उनले भने, 'मन्त्रालय नयाँ भए पनि हाम्रा काम पहिलेदेखि नै फरक थिए। यस वर्ष स्वीकृत कार्यक्रम कृषिसँग समन्वय गरी काम गर्छौं।' विभागमातहत अपुग हुने जनशक्तिका विषयमा प्रक्रिया अगाडि बढेको बताए।

मन्त्री, सचिव बेग्लै भए पनि बाणिज्य मन्त्रालयमा कार्य विभाजन छलफलक्रममा रहेकाले पुरानै संरचनामा काम भइरहेको छ। मन्त्रालयबाट प्रस्तावित प्रतिवेदन संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति हुँदै मन्त्रिपरिषदबाट पारित हुनुपर्छ। बाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहेका सचिव ङइन्द्रप्रसाद उपाध्याय अहिले बाणिज्य सचिवको रूपमा कार्यरत छन्। आपूर्ति मन्त्रालयमा सचिव विष्णुप्रसाद लम्सालले पदभार ग्रहण गरिसकेका छनन्।

एउटै भवनमा उद्योग, बाणिज्य र आपूर्ति तीनवटा मन्त्रालय छन्। अब नयाँ संरचनामा आवश्यकताअनुसार शाखा, महाशाखा बनाउन बाँकी रहेको प्रशासन शाखा अधिकृत नवराज आचार्यले बताए। पहिले प्रस्ताव गरिएका कर्मचारी घटाउने विषयमा छलफल भइरहेको छ। सकेसम्म कम व्ययभारमा मन्त्रालय सञ्चालन गर्ने नीति रहेको उनले बताए। उनले भने, 'अहिलेसम्म यथावत रूपमै काम गरिरहेका छौं। हामी कुन मन्त्रालयका भन्ने आधिकारिक कुनै पत्र आइसकेको छैन।'

प्रतिक्रिया

प्याब्सनको गैरकानुनी प्रकाशन रोक्न शिक्षा विभागको निर्देशन

काठमाडौं- नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रको स्वीकृति विना ल्याइएको पाठ्यपुस्तकलाई रोक्न शिक्षा विभागले निर्देशन दिएको छ। पि.प्रकाशनको नाममा प्याब्सनले गैरकानुनी तवरले प्रकाशन गरि देशभर वितरण गरेको "प्यावसन साइन्स"नामक पुस्तकमा अविलम्ब...

संविधान सफलताको लागि पूर्वराष्ट्रपतिको शुभकामना

संविधान सफलताको लागि पूर्वराष्ट्रपतिको शुभकामना

जनकपुर-आठौं गणतन्त्र दिवसको पूर्वसँध्यामा पूर्व राष्ट्रपति डा.रामवरण यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको सफलताको कामना गरेका छन्।

संघीय गठबन्धनले देशब्यापी रिले अनसन गर्ने

काठमाडौं- नयाँ संविधानप्रति बिमति जनाउँदै आएको संघीय गठबन्धनले जेठ १७ गते पछाडी आफ्ना माग पुरा गराउनका लागि रिले अनसनको कार्यक्रम तयारी सुरु गरेको छ।

संसदीय सुनुवाइ सहमति प्रयास फेरि असफल

काठमाडौं—संसदीय सुनुवाइ कुरेर बसेका प्रधान न्यायाधीश, न्यायाधीशहरु एवं राजदूतहरुको नियुक्ति प्रक्रिया अझ अन्यौलमा परेको छ। शुक्रबार संसदीय सुनुवाइ विशेष समिति गठनबारे सहमति खोज्न बसेको बैठक बिना निष्कर्ष टुङ्गिँदा अन्यौल अझ...

नेपाललाई भारतको आँखाले हेर्दैनौं : अमेरिकी राजदूत

नेपाललाई भारतको आँखाले हेर्दैनौं : अमेरिकी राजदूत

काठमाडौं- 'अमेरिकाले पहिले नेपाललाई स्वतन्त्र आँखाले हेर्थ्यो, विदेशनीति स्वतन्त्र थियो तर भारतसँग रणनीतिक साझेदारीपछि अमेरिकाले नेपाललाई भारतकै आँखाले हेर्न थालेझैं लाग्छ। किन होला?'

मदनका नाममा गुट-राजनीति

काठमाडौं- नेकपा एमाले नुवाकोट जिल्ला कमिटीको गत फागुनमा सम्पन्न अधिवेशनमा अध्यक्ष प्रत्याशी विन्दा ढुंगाना पराजित भइन्। चैतमा मदन भण्डारी फाउन्डेसनको जिल्ला अध्यक्ष छानिइन्।

बसेन मोर्चा बैठक

काठमाडौं- संघीय गठबन्धनका संयोजक उपेन्द्र यादव र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा समयमै राजधानी आइनपुग्दा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बिहीबार बस्न सकेन।

कार्कीले दिएनन् सम्पत्ति विवरण

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफ्नो सम्पत्ति सार्वजनिक गर्न अस्वीकार गरेका छन्।