Sunday 24 Magh, 2072 |
Menu

राजनीति

istl

थाङ्नाले छेक्दैन सिरेटो

(0 votes)
थाङ्नाले छेक्दैन सिरेटो
दाङ- भुइँमा बिछ्याएको 'गुन्द्री' चिस्यानले निथ्रुक्कै बन्छ। तपतपी शीत चुहिरहन्छ। बाँसका 'चिरा' बाट छिर्ने सिरेटोले मुटु छेड्छ । थाङ्ना काखी च्यापेका भरमा हिउँद कटाउन सास्ती पर्दै छ तुलसीपुर–२०, मोतीपुरका कालुरामलाई। 'जाडो कटाउन गाह्रो भइसक्यो,' ६५ वर्षीय उनी भन्छन्।


nepalipatro-nagarik
रातभर पालमुनि कठ्यांग्रिने कालुराम बिहानै न्यानो खोज्न बाहिर निस्कन्छन्। तर, डमक्कै बस्ती ढाक्ने कुहिरोले मध्याह्न १२ नबज्दासम्म घाम छिर्न दिँदैन। चिसोले थलिएका उनले खोक्दै भने, 'दिउँसो एकैछिन मात्रै झुलुक्क मधुरो घाम लाग्छ, ज्यानै तातिन्न।' दिनानुदिन बढिरहेको चिसोले कालुरामलाई दमको समस्या देखिएको छ। पत्नीलाई झन् गलाउँदै लगेको छ। 'जहान पनि दमको बिरामी छ,' उनले भने, 'आफू कसरी बाँच्ने हो, जहान कसरी बचाउने हो, धौ भइसक्यो।'

२०७१ साउन २९ मध्यरातमा उर्लिएको बबई नदीले नांगेझार बनायो। सिरीखुरी बाढीमै गयो, धन्न ज्यान जोगियो। भग्नावशेष सम्याउँदै कालुरामले जेनतेन सानो टहरो हाले। तर, बाँस गाडेर त्रिपालले छाएको टहरोले पानी छेक्न सकेन। भल सोहोरेरै बर्खा कटाएका कालुराम अहिले चिसोले खेदिँदै छन्। 'हामीलाई सुख कहिल्यै नआउने भयो,' उनले भने, 'बर्खामा घरभित्रै भल सोहोर्थिम्, अहिले चिसोले कठ्यांग्रिने बनाउँछ।'

खुइता चौधरीको पाँच जनाको परिवार पनि चिसोले पूरै रात निदाउन सक्दैन। माथिबाट शीतले हान्छ, भुइँबाट ओसले शरीर भिज्छ। 'जति रात छिप्पिँदै गयो, उति चिसोले सताउँछ,' उनले भने, 'मध्यरातमा यति चिसो हुन्छ कि सुत्नै सकिन्न। अनि जागै बस्छम्।'

बाढीले विस्थापित बनाएको डेढ वर्ष बितिसक्दा पनि पीडितले न्यानो बास पाएका छैनन्। मोतीपुरकै जिउधन चौधरीलाई दुःख यति लामो समय रहला भन्ने फिटिक्कै लागेको थिएन। सरकारले पुनर्वास गराइदिने आस अब मर्दै गएको छ। सरकारी ढिलासुस्तीकै कारण उनीहरू डेढ वर्षसम्म सानो कोप्चेरोभित्र पिल्सिइरहनुपरेको छ। 'ओढ्ने–ओछ्याउने कपडा छैनन्,' उनले भने, 'न चिसो छेक्ने घर छ, परिवारलाई कसरी बचाउने भन्ने चिन्ता मात्रै लाग्छ।'

सुरुमा बस्ती ओइरिएका दाताले दिएका थाङ्ना च्यातिइसकेको उनी बताउँछन्। ओढ्ने र ओछ्याउने कपडा नहुँदा पीडित चिसो भुइँमै रात कटाउन बाध्य छन्।

मोतीपुरकै गोपीलाल चौधरीको १९ जनाको परिवारको एउटै ओत छ। सुत्न ठाउँकै अभाव हुन्छ। त्यसमाथि ओढ्ने–ओछ्याउने कपडाको अभाव। 'गुन्द्री मात्रै बिछ्याएर सुत्न खोज्छम्, ओढ्ने कपडा पनि छैनन्,' गोपीका छोरा शरदले भने, 'भुइँबाट पानी रसाएर गुन्द्री पूरै भिज्छ अनि रातभरि जागै।'

जिल्लाका बाढीले विस्थापित हरेक बस्तीको हालत उत्तिकै दयनीय छ। बसोबासको व्यवस्थापन नहुँदा उनीहरूलार्ए हिउँदको चिसो सिरेटो थेग्नै धौ भइसकेको छ। 'राती १२ बजेसम्म आगो तापेर बस्छम्,' डुरुवाका सेतबहादुर वलीले भने, 'सुत्न खोज्यो चिसोले निद्रै पर्दैन।' दाताले गत वर्षको हिउँदमा केही न्याना कपडा बस्ती पुर्याशए पनि ती च्यातिएर धुजा परिसकेका छन्। त्रिपालभरि प्वालैप्वाल परेको छ। यसपालि अहिलेसम्म एक जना दाता पनि गएका छैनन्।

चिसो बढ्दै गएपछि फूलबारीकी बाढीपीडित सुन्दरी वादीको पनि बिचल्ली छ। चिसोले कठ्यांग्रिँदै रात बिताउनुपरेको उनी बताउँछिन्। चिसोबाट बचाउन दुई नातिसहित बुहारीलाई माइत बस्न पठाइदिएकी छन्। 'त्रिपालले चिसो फिटिक्कै छेक्दैन, नाति बिरामी पर्न थाले,' उनले भनिन्, 'हिउँदभर उतै बस्नू भनेर माइत पठाइदिएँ।'

विस्थापित बस्तीमा चिसोका बिरामी बढेका छन्। अधिकांश बालबालिकालाई ज्वरो तथा वृद्धवृद्धालाई दम, खोकी र हातगोडा दुख्ने समस्या रहेको उनीहरू बताउँछन्।

सरकारले पुनर्वासका लागि घोषणा गरेको रकम दिलाए राहत मिल्ने विस्थापितको आस छ। आयस्रोत भएका विस्थापितले त्यसैबाट बास जोहो गरिसकेका भए पनि केही नहुनेहरू निरन्तर पीडामा बाँचिरहेका छन्। 'हामीलाई खानै मुस्किल छ,' सुन्दरीले भनिन्, 'घर बनाउने पैसा कहाँबाट ल्याउने हो? सरकारले दिने भनेको पूरै पैसा दिए पनि धेरै राहत हुन्थ्यो।'

सरकारले विस्थापितलाई तत्काल पुनर्वासको व्यवस्था गर्ने आश्वासन बाढी पसेको भोलिपल्टै दिएको थियो। पर्वखर्चका नाममा कनिकासरह न्यून आर्थिक सहयोग गरेको सरकारले उनीहरूको पुनर्वासका लागि भने डेढ वर्ष पुगिसक्दा पनि गतिलो कार्यक्रम ल्याउन सकेको छैन।

पुनःस्थापना नहुँदा मानसिक तनाबले ज्यान गुमाएका उदाहरण पनि छन् विस्थापित बस्तीमा। गोल्टाकुरीका झग्गु वलीले पत्नी हुमालाई गुमाए। 'जहिले पनि घर कहिले बन्छ भनेर मात्रै सोध्थी,' उनले भने, 'पछि यही तनाबले सिकिस्त बन्दै गई, भारत पुर्या।उँदा पनि निको भएन।' गत फागुन ८ गते हुमाको निधन भएको थियो।

गत असारमा सरकारले नम्बरी जमिन नभएका विस्थापितलाई १ लाख २५ हजार र नम्बरी जमिन भएकालाई ७५ हजार रूपैयाँ राहतको घोषणा गर्योभ। सोहीअनुरूप पहिलो किस्ताबापत जग्गा नहुनेलाई ५० हजार र जग्गा हुनेहरूलाई २५ हजार रूपैयाँ दियो। तर, साउनभित्रै थप रकम दिलाउने भनेर आश्वासन दिएको सरकारले अहिलेसम्म त्यो रकम दिन सकेको छैन।

प्रतिक्रिया

कांग्रेस बागलुङमा संस्थापन बलियो

बागलुङ-नेपाली कांग्रेसको क्षेत्रीय महाधिवेशनमा बागलुङमा संस्थापन पक्ष बलियो देखिएको छ। बागलुङका तीन निर्वाचन क्षेत्रका ३६ महाधिवेशन प्रतिनिधि मध्ये बहुमत बढि प्रतिनिधि संस्थापन निकट रहेका छन्।

सिन्धुलीमा सभापतिका आकांक्षी नै पराजित

सिन्धुली- नेपाली कांग्रेसमा १३औं महाधिवेशन नजिकिँदै गर्दा जिल्ला सभापतिका दाबी गर्ने नेतालाई क्षेत्रमै पराजित गरिएको छ। देउवा पक्षधर नेता माणिक ढकाललाई क्षेत्रमै पराजित गरिएको हो।

पाँचथरमा संस्थापनकोे पकड बलियो

पाँचथर–जिल्लाको दुवै क्षेत्रमा भएको नेपाली कांग्रेसको अधिवेशनमार्फत महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षको राम्रो पकड कायम भएको छ।

सरकारले राष्ट्रघात हुने कुनै सम्झौता गर्दैनः सञ्चारमन्त्री

सरकारले राष्ट्रघात हुने कुनै सम्झौता गर्दैनः सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकारले भारत र चीनसँगको सम्बन्ध नयाँ उचाईमा पुर्याउने गरी काम गरिरहेको बताएका छन्।  

ताप्लेजुङमा देउवा पक्ष बलियो

ताप्लेजुङ–नेपाली काग्रेस ताप्लेजुुङबाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुुङगो निर्वाचनबाट लागेको छ।

अध्यक्षले एकलौटी सरकार चलाए : नेता नेपाल

पाल्पा—नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले (नेकपा) पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा सरकार सञ्चालन गरिरहेको आरोप लगाएका छन्।

गुल्मीबाट महाधिवेशन प्रतिनिधिमा को आए ?

गुल्मी–जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा कांग्रेसको महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि र क्षेत्रीय कार्य समितिको निर्वाचन सम्पन्न भएको छ। शनिबार राति सम्पन्न निर्वाचनमा क्षेत्रीय सभापतिहरुमा क्षेत्र नम्बर एकबाट पारिश्वर ढकाल, दुईबाट अशोक...

पर्वत कांग्रेसमा संस्थापनकै पकड

पर्वत–नेपाली कांग्रेसको १३ औ महाधिवेशन अन्र्तगत पर्वतमा अधिकांश संस्थापन पक्षका उम्मेदवार बिजयी भएका छन्।