Thursday 21 Falgun, 2071 |
Menu

राजनीति

HUB

आतंकवादी टुन्डा नेपालमा पक्राउ परेका हैनन् : प्रहरी

(0 votes)
काठमाडौं— भारतको आतंकवादी सूचीमा रहेका अब्दुल करिम टुन्डा भारतमा पक्राउ परेको नेपाल प्रहरीले दाबी गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले टुन्डा काठमाडौंमा पक्राउ परेको दाबीसहितका समाचार सम्प्रेषण गरेपछि नेपाल प्रहरीले आधिकारिक धारणा सार्वजनिक गरेको हो।
टुन्डा गत शुक्रबार पक्राउ परेका थिए। भारतको दिल्ली प्रहरीले गत शनिबार पत्रकार सम्मेलन गरी भारतीय सुरक्षा निकायको मोस्ट वान्टेड सूचीमा रहेका टुन्डा भारत छिर्ने प्रयास गरिरहेको अवस्थामा महेन्द्रनगर–बनबासाको सीमामा पक्राउ परेको सार्वजनिक गरेको थियो।

द सन्डे मर्निङ हेराल्डलगायतले १० दिन अगाडि कराँचीबाट दुबई गएका टुन्डा दुबईबाट काठमाडौं आउनेक्रममा काठमाडौंमा पक्राउ परेको र नेपाली सुरक्षाकर्मीले नेपाल–भारत सीमामा लगेर हस्तान्तरण गरेको दाबी गर्दै समाचार प्रकाशन गरेका थिए।

प्रहरी प्रवक्ता नवराज सिलवालले भने टुन्डा भारतीय भूमिमै पक्राउ परेको दाबी गरे। 'टुन्डा नेपालमा पक्राउ परेका होइनन्,' आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'उनी भारतीय भूमिमा पक्राउ परेका हुन् तर कहाँ भन्ने सूचना हामीसँग छैन ।'

भारतीय सुरक्षा अधिकारीले उनलाई सन् १९९३ को शृंखलाबद्ध बम विस्फोटमा संलग्न, भारतले खोजी गरिरहेको दाउद इब्राहिम र जैस ए मोहम्मदका हाफिज सइदसँग निकट सम्बन्ध र अन्य विभिन्न विस्फोटका घटनामा संलग्न रहेको दाबी गर्दै आएको छ ।

भारतीय सुरक्षा अधिकारीले पत्रकार सम्मेलनमा शुक्रबार उनी दुबईबाट अब्दुल कसुदको नाममा जारी भएको पाकिस्तानी पासपोर्टमा काठमाडौं आएको र बनबासाबाट भारत प्रवेश गर्न लाग्दा पक्राउ परेको सार्वजनिक गरेका थिए ।

नेपाल प्रहरीको विशेष ब्युरोले पाकिस्तान, दुबईलगायत मुलुकबाट आउने मुस्लिममाथि कडा निगरानी राख्न पछिल्लो समय विमानस्थलमा विशेष टोली खटाउँदै आएको छ। सोही टोलीले साउनमा शंका गरेर पिछा गरेको दुईजना पाकिस्तानी पछि अन्तर्राष्ट्रिय कल छलीमा संलग्न रहेको खुलेको थियो।

सिलवालले टुन्डा नेपाल हुँदै बनबासा पुगेको भारतीय सुरक्षा अधिकारीको दाबीलाई खन्डन गरे।

'अन्तर्राष्ट्रिय अपराधी र आतंकवादी नेपालमा सुरक्षित छन् भन्नु पनि निराधार हो,' उनले सञ्चारकर्मीमाझ भने, 'त्यस्ता कोही नेपाली भूमिमा बसेको सूचना आए तत्काल पक्राउ गरेका छौं ।'

सत्ता पक्षसँग औपचारिक वार्ता थाल्ने मोर्चाको निर्णय

काठमाडौं–एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले सरकारपक्षसँग औपचारिक वार्ताको प्रयास गर्ने निर्णय गरेको हो। सहमतिबाटै संविधान जारी गर्ने र आफूहरुको माग सम्बोधन गर्ने गरी औपचारिक वार्ता गर्ने निर्णय गरेको हो।

राजतन्त्रबारे गिरिजाप्रसाद कहाँ सोध्न जानुस् नत्र मकहाँ आउनुहोस्: नेपाल

राजतन्त्रबारे गिरिजाप्रसाद कहाँ सोध्न जानुस् नत्र मकहाँ आउनुहोस्: नेपाल

चितवन-संविधान निर्माणको ढिलाईले अर्को किसिमको नयाँ ग्राण्ड डिजाईनको खतरा बढेको एमाले स्थायी कमिटी सदस्य माधव कुमार नेपालले बताएका छन्। पशुपति शमशेर , कमलथापा , पूर्व राजा ज्ञानेन्द्र लगायतले राजतन्त्र राख्ने...

यौनहिंसा पीडित संरक्षण गर्ने कानुन बनाउन परमादेश

काठमाडौं-सर्वोच्च अदालतले यौन हिंसामा परेका महिलाको संरक्षण गर्न अलग्गै कानुन बनाउन सरकारलाई आदेश दिएको छ। न्यायाधीश गोपाल पराजुली र चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासले बुधबार हिंसाबाट पीडितको संरक्षण र दोषीलाई कारबाही...

एमाओवादी वार्तामा आउन तयार

काठमाडौं-लामो समयदेखिको संवादहीनता अन्त्य गर्दै तत्काल औपचारिक वार्ता सुरु गर्न एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल तयार भएका छन्। प्रधानमन्त्री सुशील कोइराला, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेकपा एमाले...

महाधिवशेन प्रतिनिधिलाई प्रशिक्षण

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका १२ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिलाई आइतबारदेखि प्रशिक्षण दिने भएको छ। कांग्रेस उपसभापति रामचन्द्र पौडेल नेतृत्वको नीति तथा प्रशिक्षण प्रतिष्ठानले बुधाबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन...

उठी सुख न बसी सुख भाछ : अध्यक्ष दाहाल

पोखरा-एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले 'उठी सुख न बसी सुखको' अवस्था झेलिरहेको बताएका छन्। उनले संविधान लेखनका लागि सहमति वा आन्दोलनको जुनसुकै बाटो लिँदा पनि सुख पाउने अवस्था नरहेको सुनाए।

तनहुँको घाँसिकुवामा दाहाल र पौडेलबीच छलफल

काठमाडौं-पोखरा बाट काठमाडौं फर्कदै गरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलबीच तनहुँको घाँसिकुवामा वार्ता भएको छ। पोखरा जाँदै गरेका पौडेल र दाहालबीच करिव आधा घन्टा छलफल...

भट्टराईले भारतलाई हस्तक्षेप गर्न आमन्त्रण गरे : नेकपा–माओवादी (भिडियो सहित)

काठमाडौं–एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले भारत भ्रमणको क्रममा एक अंग्रेजी दैनिकलाई दिएको अन्तर्वातामा नेपालको शान्ति प्रक्रियाको भारत एउटा सम्बद्ध पक्ष भनी दिएको व्यक्तिको नेकपा–माओवादीले भर्त्सना गरेको छ।